पतारी (उर्दु: پٹاری) एक पाकिस्तान सङ्गीत प्रवाह सेवा हो जसलाई फेब्रुअरी २०१५ मा खलिद बजवा, फैसल सेरजन, इक्बल तलात भाट्टी र हुमायुन हरूनले संयुक्त रूपमा स्थापना गरेका थिए।[१][२][३] यसले पाकिस्तानी सङ्गीतहरू प्रदान गर्दछ र यो पाकिस्तानको सबैभन्दा ठूलो सङ्गीत प्रवाह सेवा पनि हो। यसको प्रधान कार्यालय पाकिस्तानको एक प्रमुख सहर लाहोरमा रहेको छ।[४][५] [६]

पतारी
پٹاری
पतारीको लोगो
व्यवसायको प्रकारनिजी
उपलब्ध भाषा
संस्थापितफेब्रुअरी २०१५; ९ वर्ष अघि (२०१५-०२)
मुख्यालयहरू
लाहोर, पञ्जाब
,
उद्गम देशपाकिस्तान
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)
  • खलिद बाजवा
  • हुमायुन हरून
  • इकबल तलात भाटि
प्रमुख कार्यकारी अधिकृतराबिल वारेच (अन्तरिम कार्यकारी)
मुख्य व्यक्तिहरू
  • खलिद वाजवा (सह-संस्थापक र पूर्व कार्यकारी)
  • हुमायुन हरून (सह-संस्थापक, मोबाइल विकास)
  • इकबल तलात भाटी (सह-संस्थापक, प्रमुख प्रविधि अधिकारी)
  • फैसल शेरजान (सह-संस्थापक, प्रमुख रणनीति अधिकारी)
उद्योगप्रवाह सेवा
युआरएलpatari.pk Edit this at Wikidata
अलेक्सा क्रमह्रास ५,०७६ (पाकिस्तान, अगष्ट २०१९)
दर्तावैकल्पिक
वर्तमान स्थितिचालुू
Native client(s) on

इतिहास सम्पादन गर्नुहोस्

पतारीका प्रमुख रचना अधिकृतका अनुसार, सुरुवातमा यस वेबसाइटलाई अनलाइन पाकिस्तानी नाटक शृङ्खला पोर्टल बनाउने योजना रहेको थियो। तथापि, यो प्रयास असफल भए पश्चात्, जाङ समूहका प्रमुख रणनीतिक अधिकारी फैसल सेरजनले पतारीका संस्थापकहरूलाई प्रोत्साहन दिँदै सङ्गीतमा ध्यान केन्द्रीत गर्न सल्लाह दिएका थिए।

बाजवाका अनुसार: " हाम्रो सुरुवाती योजना भनेको पाकिस्तानी नाटक शृङ्खला अनलाइन पोर्टल बनाउनु थियोे। जोङ समूहका प्रमुख रणनीतिक अधिकारीसँगको भेट पश्चात् उहाँले हामीलाई वेबसाइटलाई सङ्गीत प्रवाह सेवा बनाउनका लागि प्रोत्साहन दिनु भएको थियो जसले गर्दा हामीले सुरुवाती योजनालाई परिवर्तन गर्दै यसैमा ध्यान केन्द्रित गरेका थियौँ"।[७][८][९]

सुरुवात सम्पादन गर्नुहोस्

पतारी फेब्रुअरी २०१५ मा परीक्षण संस्करणको साथ (बिटा) सुरुवात गरिएको थियो जसमा यसमा २०,००० गीतहरू र ६०० कलाकारहरू समावेश गरिएको थियो र निमन्त्रणा मार्फत मात्र पहुँच योग्य थियो। यसलाई पछि दर्ता मार्फत पनि पहुँच योग्य बनाइएको थियो जसले गर्दा यो पछि पाकिस्तानमा पूर्ण पहुँच योग्य बनेको थियो।[१०]

"हामीले इमानदारीपूर्वक हाम्रो शिर तल राख्यौं र यस काममा लागिरह्यौं। मानिसहरूले पर्दा चित्रणहरू साझा गर्ने क्रम चलिरहेको थियो र यसका साथै मानिसहरूले आफ्नो धारणा तथा योजनाहरूको पनि साझेदारी गरेका थिए। मानिसहरूले व्यापारीक सुझावहरू पनि साझेदारी गर्दै कसरी निमन्त्रित हुने र देशव्यापी रूपमा पाकिस्तानी सङ्गीत र पतारीलाई उकास्ने काम गरिरहेका छन्" खलिद बजावाको भनाई[११][१२]

पतारी ४ सेप्टेम्बर २०१५ मा, सार्वजनिक रूपमा पहुँच योग्य बनाइएको थियो।[१३][१४]

अनुप्रयोगहरू सम्पादन गर्नुहोस्

अगष्ट २०१५ मा, पतारी एन्ड्रोइडआइओएसमा सुरुवात गरिएको थियो। यसको अनुप्रयोगलाई भविष्यमा विन्डोज सञ्चालन प्रणालीमा पनि सुरुवात गर्ने योजना रहेको छ।[१५][१६]

कोष सम्पादन गर्नुहोस्

३० डिसेम्बर २०१६ मा, पतारीले ठूलो लगानी कम्पनी सरमयकार मार्फत २ लाख अमेरिकी डलर कोष प्राप्त गरेको थियो।[१७]

साप्ताहिक एकल चार्ट सम्पादन गर्नुहोस्

पतारी हप्तानामा, पाकिस्तानी शीर्ष २० एकल चार्ट हो जून हरेक बिहीवार पतारी डट पिकेमा प्रकाशन हुने गर्दछ।[१८][१९]

कानुनी समस्यहरू सम्पादन गर्नुहोस्

जून २०१५ मा, इएमआई पाकिस्तानले पतारीलाई यसको वेबसाइटबाट सबै सामग्री हटाउन अनुरोध गरेको थियो। इएमआईले ६०,००० भन्दा बढी पाकिस्तानी कलाकारहरूको लागि अनुमति पत्र लिएको छ र यसले पाकिस्तानको कुल सङ्गीतको ७० प्रतिशत नियन्त्रण गर्दछ। इएमआई पाकिस्तानका महाप्रबन्धक जिसम चौधरीका अनुसार," हामी पतारीको विरुद्धमा छैनौँ। म कुनै पनि अवैध सामग्रीहरू प्रदान गर्ने पोर्टल, वेबसाइट वा मञ्चको विरुद्धमा छु। त्यस पछि, पतारी र इएमआईले समस्यहरूको समाधान गरी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए जसले गर्दा इएमआई पतारीको मञ्चमा आएको थियो।[२०][२१][२२][२३]

यौन उत्पीडनको आरोप सम्पादन गर्नुहोस्

पतारीका प्रमुख कार्यकारी अधिकृत खालिद बाजवालाई सार्वजनिकका तीन सदस्यहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको थियो।[२४][२५][२६][२७] यसको जवाफमा पतारीले एक विज्ञप्ति जारी गर्दै , "हालका घटनाक्रमहरूको आधारमा पतारी प्रमुख कार्यकारी अधिकृत खालिद बाजवा तत्काल पद त्याग गर्नु पर्ने बताएको थियो। आरोपहरूको बारेमा छानबिन भैसकेको थियो।[२८] खालिद बाजवा १२ अप्रिल २०१८ मा आफ्नो पदबाट हटे र उनले आफ्नो टुइटर खाता पनि निष्क्रिय गरेका थिए। पछि कम्पनीले विज्ञप्ति जारी गरी, बजवा कम्पनीको भाग नरहने कुरा जानकार दिएको थियो र सार्वजनिक अभियोग लगाउनु अघि कम्पनीले उनी विरुद्ध यस्तै अनुसन्धान गरिरहेको कुराको पनि खुलासा गरेको थियो।[२९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The visionary ways of Patari | TNS - The News on Sunday", टिएनएस डट द न्युज डटकम डटपिके (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-११-२५ 
  2. तारिसी भर्मा (१९ अप्रिल २०१५), "Love Pakistani music? Here's how to lay your hands on it", हिन्दुस्तान टाइम्स, नयाँ दिल्ली, भारत, अन्तिम पहुँच ३० जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १२ सेप्टेम्बर २०१५ मिति
  3. "Patari.pk will please the music audience in Pakistan", डिसप्याच न्युज डेक्स, पाकिस्तान, १० मार्च २०१५, अन्तिम पहुँच ३० जुन २०१५ 
  4. आइदा (४ फेब्रुअरी २०१५), "Patari contains the biggest Pakistani music collection ever", प्लान ९, पाकिस्तान, अन्तिम पहुँच ३० जुन २०१५ 
  5. जाहारा सलाहहुदिन (१२ मार्च २०१५), "Patari: This new Pakistani music site could be a game changer", डाउन, पाकिस्तान, अन्तिम पहुँच ३० जुन २०१५ 
  6. "The visionary ways of Patari | TNS - PackagesPoint", प्याकेज पोइण्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-२५ 
  7. फतिमा रिजवान (९ मार्च २०१५), "پاکستانی شروعات ، پٹاری ، آپ کی موسیقی کی تمام پریشانیوں کا جواب ہے", टेक जुस, पाकिस्तान, अन्तिम पहुँच ३० जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण ११ मार्च २०१५ मिति
  8. "Is Local Music Streaming 'Patari' Pakistan's Answer to Spotify?", प्रो पाकिस्तानी, ६ मार्च २०१५, अन्तिम पहुँच ३० जुन २०१५ 
  9. हासान बेलाल जैदि (२६ मार्च २०१५), "Preserving music never heard online before", डाउन, पाकिस्तान, अन्तिम पहुँच ३० जुन २०१५ 
  10. "Patari contains the biggest Pakistani music collection ever", मोर म्यागजिन, ४ फेब्रुअरी २०१५, अन्तिम पहुँच ३० जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण २८ जुन २०१५ मिति
  11. बाबर खान जाभेद (१६ मार्च २०१५), "Online music service Patari's founders confident of success", द एक्सप्रेस ट्रि्ब्युब, पाकिस्तान, अन्तिम पहुँच ३० जुन २०१५ 
  12. हसिब सुल्ताा अब्दुल (१८ मार्च २०१५), "Will Patari.pk be successful in a country like Pakistan?", द एक्सप्रेस ट्रि्ब्युब, पाकिस्तान, अन्तिम पहुँच ३० जुन २०१५ 
  13. "پٹاری عوام کے لئے کھلتی ہے", द एक्सप्रेस ट्रि्ब्युब, सेप्टेम्बर ४, २०१५, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१५ 
  14. बुस्रा सुल्ताना (अगस्ट १६, २०१५), "Stream the night away: Pakistani music goes online", टिएनएस - द न्युज अन सण्डे, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१५ 
  15. मारयाम दुधि (अगस्ट ४, २०१५), "Patari launches beta apps for Android and iOS — We go hands on!", टेक जुस, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१५ मिति
  16. रियाहेन अलि (Aug ९, २०१५), "Patari An App for Pakistani Music", फोन वर्ल्ड, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१५ 
  17. "Pakistan's Music Streaming Platform Patari Raises $200,000 in Seed Funding", टेक लिष्ट, डिसेम्बर ३०, २०१६ – टेकलिष्ट डटपिकेद्वारा। 
  18. http://haftanama.patari.pk/index.php/category/haftanama/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-०२ मिति
  19. http://enlighten.pk/2016/01/22/patari-haftanama-will-cheer-every-week/ वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२७ मिति
  20. राफी महमद (१२ जुन २०१५), "Patari takes a hit as country's biggest record label threatens legal action", द एक्सप्रेस ट्रिब्युन, पाकिस्तान, अन्तिम पहुँच ३० जुन २०१५ 
  21. नबिल अहमद (४ जुन २०१५), "Patari aims to bring dawn of music industry in Pakistan", पाकिस्तान डिजिटल रिभ्यु, अन्तिम पहुँच ३० जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ जनवरी २०१६ मिति
  22. "What's rattling around in the patari?", द एक्सप्रेस ट्रि्ब्युन, सेप्टेम्बर १२, २०१५, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१५ 
  23. "پاکستانی موسیقی کی ویب سائٹ کے لئے پٹیاری ایک ایپ", प्याकेजेज पोइन्ट, Oct १२, २०१९, अन्तिम पहुँच १२ Oct २०१९ 
  24. "Patari co-founder resigns amid sexual harassment complaints", www.pakistantoday.com.pk, अन्तिम पहुँच ११ अप्रिल २०१८ 
  25. सलाहहुदिन, Zahra (१२ मार्च २०१५), "Patari: This new Pakistani music site could be a game changer", डाउन डटकम, अन्तिम पहुँच ११ अप्रिल २०१८ 
  26. "Patari CEO Khalid Bajwa steps down amidst sexual harassment allegations", डेली पाकिस्तान ग्लोबल, अन्तिम पहुँच ११ अप्रिल २०१८ 
  27. सहयोगी, इमेज (११ अप्रिल २०१८), "پٹاری کوفائونڈر خالد باجوہ نے جنسی بدعنوانی کی سطح کے ثبوت کے طور پر استعفیٰ دے دیا", इमेज, अन्तिम पहुँच ११ अप्रिल २०१८ 
  28. "Patari CEO Khalid Bajwa steps down following harassment accusations - The Express Tribune", द एक्सप्रेस ट्रिब्युन, ११ अप्रिल २०१८, अन्तिम पहुँच ११ अप्रिल २०१८ 
  29. https://tribune.com.pk/story/1682980/4-patari-ceo-khalid-bajwa-steps-following-harassment-accusations/

बाह्य कडीहरू सम्पादन गर्नुहोस्