पञ्चरक्षा बौद्ध धर्मको वज्रयान सम्प्रदायसँग सम्बन्धित धर्मग्रन्थ हो । वज्रयानका सन्दर्भमा सबैभन्दा बढी प्रयोगमा ल्याइएको र लोकप्रिय ग्रन्थका रूपमा पञ्चरक्षा रहिआएको छ । 'पारिवारिक र सामाजिक जीवनमा आइपर्ने समस्या निराकरणका लागि वज्राचार्यले पढ्नैपर्ने भनिएको यस ग्रन्थमा परचक्र भय हटाउने सूत्र उल्लेख छ |