नयाँ सडक, काठमाडौँ

(न्यु रोड, काठमाडौँबाट अनुप्रेषित)

नयाँ सडक नेपालको राजधानी काठमाडौँ एउटा बजार हो। यो धैरै ब्यस्त सडक पनि हो। यसलाई न्युरोडको नामबाट पनि चिनिने गर्दछ। यो सारै व्यस्त र ठुलो ब्याबसाय हुने क्षेत्र हो।

न्युरोड

नयाँ सडकको निर्माण विक्रम सम्वत १९९० को महाभुकम्प पछि जुद्ध शमशेरको प्रधानमन्त्री कालमा भएको हो।[१] यसलाई जुद्ध शमशेरको सम्मानमा जुद्ध सडक पनि भनिन्छ। यस सडकबाट राजपरिवारको बसोबास हुने पुरानो दरबारमा पुगिने भएकाले यसलाई पुरानो दरबार मार्ग पनि भनिन्छ।

नयाँ सडकका प्रायः बासिन्दाहरू नेवार समुदायका छन्।

न्युरोड नेपालको सहरी विकासको इतिहासमै एक महत्त्वपूर्ण क्षेत्र हो। १९९० सालको महाभूकम्प अघिसम्म विभिन्न पोखरी र पाखो ठाउँका रूपमा रहेको यो ठाउँमा भूकम्पपछि तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले पिच सडक निर्माण गरेका थिए । जसको खास नाम जुद्ध सडक हो। तर, त्यो काठमाडौँको सबैभन्दा नयाँ सडक भएकाले पछि त्यसलाई ‘नयाँ सडक, न्युरोड वा न्हू सतक’ भन्न थालियो । नयाँ सडक नेपालकै पहिलो पिच सडक हो।

न्युरोडसँगै रहेको भूगोल पार्कचाहिँँ नेपालकै पहिलो व्यवस्थित पार्क हो, त्यसको ठीक पछाडि नेपालकै पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय अवस्थित छ ।

न्युरोडमै नेपालको पहिलो सिनेमा भवन ‘जनसेवा सिनेमा’ निर्माण गरिएको थियो, जो पछि आगलागिमा परी ध्वस्त भयो । त्यही ठाउँमा अहिले विशालबजार निर्माण गरिएको छ । विशालबजार नेपालकै पहिलो डिपार्टमेन्ट स्टोर हो ।

प्रधानमन्त्री जुद्ध शमशेरले न्युरोडमै नेपालको पहिलो दमकल सेवा ‘जुद्ध वारुणयन्त्र’ स्थापना गरेका थिए ।

यस्तै, आगलागि हुँदा जमिनबाट पानी निकालेर फाल्ने पहिलो फायर हाइड्रेण्ड न्युरोडमा नै छ। विदेशबाट सामान आयात गरी बिक्री गर्ने पहिलो सप्लायर्स पसल छाता भण्डार न्युरोडबाट नै सुरु भएको थियो ।

सडकको सिमाना चारकिल्ला सम्पादन गर्नुहोस्

पूर्व: टुँडिखेल
पश्चिम: बसन्तपुर
उत्तर:प्युखा, फसीक्येबा
दक्षिण: पाको, खिचापोखरी, टेबाहाल
 
न्यु रोड, जुद्ध शालिक
  • यसको पूर्वी बिन्दुमा प्रवेशद्वार गेट रहेको छ। जसलाई न्युरोड गेट भनिन्छ।
  • नयाँ सडकको पश्चिमी अन्तमा महाराज जुद्ध शमशेरको शालिक छ जसलाई जुद्धशालिक भनिन्छ। भूकम्प–पीडितको उद्धारमा धेरै ठुलो काम गरेपछि उनको सम्मानमा जनताबाट चार–चार दाम चन्दा उठाएर त्यो सालिक बनाइएको हो। पछि जुद्धले जनताको सबै दाम फिर्ता गरिदिए।[२]
  • दक्षिन पश्चिममा भूगोल पार्क छ जुन १९९० को महाभुकम्पको अभिलेख राखिएको थियो।
  • दक्षिण पश्चिममा जुद्ध वारुण यन्त्र को कार्यालय छ।
  • गोरखापत्र संस्थान को केन्द्रीय कार्यालय
  • नेपाल बैङ्क लिमिटेडको मुख्य कार्यालय
  • बसन्तपुर दरबार-पुरानो शाही निवास
  • उत्तर पश्चिममाविशाल बजार- नेपालको पहिलो सुपरमार्केट छ।
  • उत्तरमा रञ्जना सिनेमा हल छ।
  • उतार पूर्वमा दुगम्बाही टोल

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Tuladhar, Kamal Ratna (१ जुन २०१२), "New Road, New Road", The Kathmandu Post, अन्तिम पहुँच २४ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण ११ फेब्रुअरी २०१५ मिति
  2. स्मरण अस्कलका अमृतप्रसाद