नोह, नो वा नोअ (जापानी:能 नो वा 能楽 नोगाकु ) चौधौँ शताब्दीमा विकास भएको जापानी सांगीतिक नाटक हो । कानिमि र उनका छोरा जिएमीले जापानको मुरोमाची काल देखि विकास गर्दै ल्याएको भनिने यस नाट्य शैली हालसम्म पनि कायम रहेको पुरानो नाट्य कला हो ।[१] यसमा नृत्य, नाच र गीतको सम्मिश्रण रहन्छ । प्रदर्शकहरू मुकुन्डो (मास्क) लगाउँछन् र बिस्तारै नाच्दछन् ।

नोह प्रदर्शन गरिदैँ
Kuruma okina mai.jpg

नोह, धेरैजसो जापानी लोक साहित्यमा आधरित हुन्छन् । विभिन्न नकाप मास्क, वस्त्रहरूले विभिन्न पात्रहरू जनाउँछन् भने नृत्यमा भावहरू प्रकट गरिन्छन् ।

इतिहाससम्पादन

 
नोह नाटक मञ्चन भएको सबैभन्दा पुरानो नाट्य घर, मियाजीम, होन्सु

नोहको अर्थ कला, तरिका भन्ने अर्थ हो । नोहले मध्य चौधौँ शताब्दीमा उत्पत्ति भएको नाट्य विधालाई बुझाउँछ । चौधौँ शताब्दीको अध्ययनले यस विधाका लागि केही परिवारहरू नै लागि पर्ने बुझिएको छ ।

अभिनयकर्ताहरूसम्पादन

नाट्य तयारी अभिनय कर्ताहरूले सानै देखि सिक्न सुरु गर्दछन् । एतिहासिक रुप देखि पुरुषहरू मात्रै कला कर्मीका रूपमा आए पनि सन् १९४० को दशक देखि भने महिलाहरू पनि यसमा अग्रसर भएका छन् । सन् २००९ सम्म १२०० पुरुष तथा २०० महिला नोह कलाकारहरू थिए ।[२]

भूमिकाहरूसम्पादन

मुख्य रूपमा अभिनयकर्ताहरू चार समूहमा बाँडिन्छन्: सिते (मुख्य पात्रका रूपमा), वाकी (खल पात्रका रूपमा), क्योजेनहायसी (बाद्यबाधक)

नाट्य सामग्रीसम्पादन

मुकुन्डोसम्पादन

 
एकै मुकुन्डोले पनि प्रकाशको मदतले विभिन्न मानसिक भाव प्रदर्शन गरेको छ ।

अभिनय समयमा लगाइने विशेष मुकुन्डोहरू विभिन्न किसिमका हुन्छन् । मुकुन्डोहरू पात्र/भुमिका अनुसार उमेर, लिङ्ग, तह वा अन्य पात्रहरू बताउँछन् । धेरै नाटकहरूमा सिते (मुख्य पात्र) ले मात्र मुकुन्डो लगाएका हुन्छन् ।

मुकुन्डो लगाइनुको अर्थ मुख्य पात्रको भावना लुकाउनु नभई दर्शकमाझ भावनात्मक परिकल्पना गराउनु हो । मुकुन्डोले पात्रलाई अर्थपूर्ण बनाउँछ । केही मुकुन्डोले प्रकाशको प्रयोगद्वारा विभिन्न भावनाहरू प्रस्तुत गर्न सक्दछ; प्रकाशको चहकमा मुकुन्डोले खुसी/हाँसेको अर्थ दिन सक्दछ भने अभिनय कर्ताले शिर निहुराउँदा प्रकाश कम पर्नुले दुखि क्षणको अर्थ दिन्छ ।[३]

 
बूढो पात्र जनाउने, मुकुन्डो

नाट्य घरसम्पादन

 
नोह नाटक शैलिगत नाट्य घर

नोह नाटक घरमा अन्य नाटक घरमा जस्तै पर्दाहरूको प्रयोग भएको हुदैँन । कलाकारहरू नाट्य शालामा प्रवेश गरेको र बाहिरिएको देख्न सकिन्छ ।

नाटक घरहरू भित्रै पनि नाट्य शाला (स्टेज) भन्दा माथि छाना हुनु नोह नाटक घरहरूको मुख्य विशेषता हो । नाटक घरहरूमा सजावट पनि गरिएको हुदैँन ।

वस्त्रसम्पादन

  नोहमा वस्त्र पात्र अनुसारको हुने गर्छन् ।

संगीत तथा धुनसम्पादन

नोहमा संगीत, धुन हुने भएकाले जापानी ओपेरा नाम पनि दिने गरेका छन् । वाक्यहरू कवितात्मक र अर्थपूर्ण हुने गर्दछन् ।

अन्यसम्पादन

 
नोह नाटकमा सबै पात्रहरूले हाते-पङ्खा लिएका हुन्छन् ।

नाटकसम्पादन

नाट्य विषयसम्पादन

नाटकका विषय लौकिक र पारलौकिक हुने गर्दछन् ।

नाट्य शैलीसम्पादन

पश्चिम मुलुकमा प्रभावसम्पादन

परिचित नोह नाटकसम्पादन

हाल जापानमा ७० वटा नोह नाटकघर रहेका छन् ।[४]

सन्दर्भ सामग्रीसम्पादन

  1. Bowers, Faubion (१९७४), Japanese Theatre, Rutland, Vermont: Charles E. Tuttle Co.। 
  2. Suzumura, Yusuke (Mar ८, २०१३), "Players, Performances and Existence of Women's Noh: Focusing on the Articles Run in the Japanese General Newspapers", Journal of International Japan-Studies, अन्तिम पहुँच Nov ८, २०१४ 
  3. Rath, Eric C. (२००४), The Ethos of Noh - Actors and Their Art, Cambridge, MA: Harvard University Asia Center, आइएसबिएन 0-674-01397-2 
  4. "Noh Theater Search", The Nohgaku Performers Association, अन्तिम पहुँच १४ डिसेम्बर २०१४ 

बाह्य लिङ्कहरूसम्पादन

"https://ne.wikipedia.org/w/index.php?title=नोह&oldid=879400" बाट अनुप्रेषित