नेपाल सद्भावना पार्टी (युनाइटेड)

नेपाल सद्भावना पार्टी (युनाइटेड) नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान उपाध्यक्ष भाष्कर गुप्ता हुन्। नेपाल सद्भावना पार्टी (युनाइटेड)को केन्द्रीय कार्यालय ललितपुरको कुसुन्तीमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह घडी थियो।[१] नेपाल सद्भावना पार्टी (युनाइटेड)ले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १,२८५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,५७८ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०