नेपाल राष्ट्रिय यातायात विकास दल

नेपाल राष्ट्रिय यातायात विकास दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष शरदचन्द्र भट्टराई हुन् । नेपाल राष्ट्रिय यातायात विकास दलको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह टेम्पो थियो।[१] नेपाल राष्ट्रिय यातायात विकास दलले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १२ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,९५२ मत प्राप्त गरेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०