संस्थागतरूपमा खाद्यान्न आपूर्तिकार्यमा संलग्न रहेको नेपाल खाद्य संस्थान २०३१ साल मंसिर १७ गते स्थापना भएको हो। नेपाल खाद्य संस्थानको गठन हुनुअगाडि २०२१ सालमा खाद्य व्यवस्था संस्थान र २०२९ सालमा कृषि खरीदबिक्री संस्थानमार्फत खाद्यान्न आपूर्ति हुने गरेको थियो। नेपाल खाद्य संस्थानको कार्य प्रणाली श्री ५ को सरकारबाट स्वीकृत विनियमावलीद्वारा व्यवस्थित गरिएको छ। संस्थानको नीति तथा कार्यक्रम संचालक समितिले स्वीकृत गरेबमोजिम हुन्छ। संस्थानको काम कारोबार व्यवस्थित गर्ने, रेखदेख र नियन्त्रण गर्ने, मूल्यांकन तथा अनुगमन गर्नेजस्ता कार्यहरू प्रधान कार्यालयले गर्दछ।

नेपाल खाद्य संस्थान
नेपाल खाद्य संस्थान
गठन२०३१ साल मंसिर १७
प्रकारसरकारी संस्थान
प्रधान कार्यालयकाठमाडौँ
महाप्रबन्धक
योगेन्द्र गौचन
मुख्य अङ्ग
संचालक समिति
मूल सङ्गठनहरू
आपूर्ति मन्त्रालय, नेपाल सरकार
वेबसाइटhttp://www.nfc.com.np/
पूर्व नाम
रशद गोदाम अड्डा
खाद्य ब्यवस्था संस्थान

नेसनल ट्रेडिङ लिमिटेडनेपाल खाद्य संस्थानलाई गाभेर नयाँ सरकारी कम्पनीका रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ” गठन गर्ने नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६/०२/१०को निर्णयअनुसार मिति २०७६ श्रावन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ” स्थापना भएको छ ।[१]

इतिहास सम्पादन गर्नुहोस्

नेपालमा खाद्यान्न कारोवार र त्यसको आपूर्तिको संस्थागत व्यवस्था सरकारी स्तरमा तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुरको पालामा भएको पाइन्छ । गुठी र रैकर जग्गाहरूबाट तिरो भरोका रूपमा त्यसवेला जिन्सी धाननै सङ्कलन हुने प्रचलन थियो । संकलित धान जभी र निजामति कर्मचारीहरुका अतिरिक्त धार्मिक कार्यहरु र पाकशालामा उपलब्ध गराउनको लागि थापाथलीमा रशद गोदाम अड्डा -हाल अञ्चल कार्यालय रहेको स्थानको स्थापना गरी त्यसको प्रमुखमा प्रधान सेनापति रहने ब्यवस्था भएको देखिन्छ ।[२]

कार्यहरु सम्पादन गर्नुहोस्

  • दशैंमा खसी बोका किन्ने तथा बेच्ने

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड; परिचय
  2. परिचय वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-३० मिति