नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र)
(नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र)बाट अनुप्रेषित)
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र, अथवा छोटो रूपमा नेकपा मालेमा केन्द्र नेपालको एक साम्यवादी राजनीतिक दल थियो। २०६२ कात्तिक २९ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी) र नेपाल साम्यवादी पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी)को एकीकरणबाट यो दलको स्थापना गरिएको थियो। कृष्णदास श्रेष्ठ पार्टीको अध्यक्ष थिए र नन्दकुमार प्रसाईँ पार्टीको महासचिव थियो। नेकपा (मालेमा केन्द्र) संयुक्त वाममोर्चाको सदस्य थियो।
नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र | |
---|---|
स्थापना | २०६२ कात्तिक २९ |
विघटन | २०६४ असोज |
अग्रकालीन | नेकपा (माओवादी केन्द्र) |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद |
राजनीतिक स्थान | वामपन्थी |
२०६४ असोजमा, यो दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग एकिकृत भएको थियो।