नेपाली भाषाका चलिचत्रका महिला निर्देशकहरू

नेपाली भाषाका महिला चलचित्र निर्देशकहरू भन्नाले नेपाली चलचित्र उद्योगमा संलग्न नेपाली महिला चलचित्र निर्देशकहरूलाई बुझाउँछ ।

इतिहास सम्पादन गर्नुहोस्

नेपाली चलचित्रको इतिहास वि.सं. २००८ सालमा प्रदर्शनमा अएको नेपाली भाषामा बनेको पहिलो चलचित्र ''सत्य हरिशचन्द्र''बाट शुरू भएको मानिन्छ। यद्यपी यो नेपालमा नभएर भारतको कलकत्तामा बनेको थियो। नेपालमै बनेको पहिलो चलचित्र भने आमा हो जुन वि.सं. २०२२ सालमा प्रदर्शन भएको थियो।

नेपालमै चलचित्र बन्न थालेको इतिहासलाई हेर्दा पनि पाँच दशकभन्दा बढी भैसकेको छ। यो अवधिमा चलचित्रका निर्माण, अभिनय, श्रङ्गार, प्रविधि लगायतका विभिन्न पाटोमा महिलाको सहभागिता रहे पनि निर्देशनमा पुरूष निर्देशककै बाहुल्यता छ। अहिले बार्षिक करिब २०० को हाराहारीमा नेपाली चलचित्र बन्ने गरेका छन्। [१] तर निर्देशनमा महिलाले पाउने अवसर भने एकदमै कम छ।

अवस्था सम्पादन गर्नुहोस्

नेपालमै चलचित्र बन्न थालेको ३६ वर्षपछि वि.सं. २०५८ सालमा चलचित्र प्रेमयुद्ध मार्फत सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला निर्देशक भएकी थिइन्। उनले यसअघि टेलि-श्रङ्खला सहारा, समर्पणभाइटीकाको निर्देशन र लेखन गरेकी थिइन्।[२] उनले योङ एसिया टेलिभिजनका लागि वृतचित्र पनि निर्देशन गरेकी छिन्। यसका साथै उनले टेलिचलचित्र [३] मा मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन्। उनले निर्देशन गरेको दोस्रो नेपाली चलचित्र को कसको हो। उनी २०७३ सालमा [४] पनि निर्वाचित भएकी छिन्।

चर्चित टेलिचलचित्र तितो सत्यमा मुख्य सहायक निर्देशक दिपाश्री निरौला मानिन्छिन्। उनको पहिलो चलचित्र छक्का पञ्जाले अहिलेसम्मै सबैभन्दा बढी पैसा कमाउन सफल भएको छ।[५] छक्का पञ्जाले कार्तिक २०७३ सम्म १५ करोड कुल सङ्कलन गरेको थियो।[६] जुन नेपाली चलचित्रले गरेको व्यापारमा अहिलेसम्मकै सबैभन्दा बढी हो। दिपाश्रीले चलचित्र छ एकान छवडा नं. ६ को निर्माणपछि निर्देशनमा हात हालेकी थिइन्।

 
रेखा थापा

नेपालकी चर्चित नायिक रेखा थापाले दर्जनौ चलचित्रको अभिनयपछि हिम्मतवालीको निर्देशन गरेकी थिइन्। वि.सं. २०७१ सालमा प्रदर्शनमा आएको हिम्मतवाली व्यापारिक हिसाबले सफल मानिएको चलचित्र हो।[७]

भिजुअल एडिटरको लामो अनुभवपछि चलचित्र निर्देशनमा आएकी दीपा बस्नेतले निर्देशन गरेको पहिलो चलचित्र अन्तराल हो।[८] उनलाई पढेर आएकी निर्देशक पनि भनिन्छ। उनले काठमाडौंको आेस्कार कलेज अफ फिल्म स्टडिज्बाट चलचित्र निर्देशनमा स्नातक गरेकी थिइन्।[९] उनको दोस्रो चलचित्र ''श्री ५ अम्बरे'' हो ।

सम्झना उप्रेती रौनियारद्वारा निर्देशित पहिलो चलचित्र मेघा हो।[१०] वीर गणेशमान, मामाघर, मनमन्दिर, सिउँदोको सिन्दुर जस्ता चलचित्रमा सहायक निर्देशक हुँदै रौनियारले बलिउडका जेनिफर, राइट या रंग जस्ता हिन्दी र भोजपुरी चलचित्र खेलामा सहायक निर्देशकको अनुभव बटुलिसकेकी छिन्।[११]

एकदशक लामो सम्पादनको अनुभव पछि रक्षा सिंहले चलचित्र दम गेमबाट निर्देशन शुरू गरेकी हुन् ।[१२] फिल्म निर्देशन अघि सिंहले करिब ३ दर्जन चलिचत्रको सम्पादन गरेकी उनी नेपाली चलचित्रकी पहिलो महिला सम्पादक पनि हुन्।[१३]

छोटो चलचित्र कागजबाट चर्चा बटुलेकी निलु डोमा शेर्पाले चलचित्र हाउफन्नी निर्देशन गरेकी छिन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्