नेपालमा मृत्युदण्ड सजाय अन्त्य भएको छ ।[१]

हिन्दु धर्ममा आधारित नेपालको परम्परामा ब्राह्मण र महिलालाई मृत्युदण्ड बर्जित थियो। .सं. १९१० मा जारी भएको मुलुकी ऐनमा गैर ब्राह्मणलाई मृत्युदण्डको सजायको प्रावधान थियो भने ब्राह्मण जातिलाई जातिच्युतको सजाय हुन्थ्यो। देशको साझा कानूनअन्तर्गतका अपराधहरूका, १९८८ श्रावण ४ मा भीम शमशेरद्वारा जारी भएको सनदमा राजकाज मुद्धा बाहेक अन्य मुद्दामा मृत्युदण्ड नदिइने व्यवस्था गरियो ।[२] यो सनद जारी भएर पनि सो बमोजिम जाहेर गर्नु पर्ने अदालत जमानीहरू मा परेका मुद्धाहरुको ५ वर्षको विवरण धेरै अड्डाअदालतले नपठाएको र अपूर्ण विवरण पठाएकाले निश्चित र तथ्यपूर्ण तथ्यांक नआएकाले र सनद जारी भएपछी अपराधको घटबढ भएकाले पहिलेको सनद बमोजिम ५ वर्षको परीक्षनात्मक अध्ययन गरेर १९९३ मा अर्को सनद जारी गरियो.[३][२]

यसलाई पछि सन् १९८५ मा हत्या र आतङ्कवादको विरुद्धको लागि पुनर्स्थापित गरियो।[४] २०४७ कार्तिकमा नेपाल अधिराज्यको संविधान २०४७ लागु भएपछि पूर्ण उन्मूलन लागु भयो।

नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२ मा भनिएको छः " कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण हुने छैन र मृत्युदण्डको सजाय हुने गरी कुनै कानून बनाइने छैन । "[५][६] २०७२ संविधानमा पनि संविधानको भाग ३ को मौलिक हक र कर्तव्य धाराअन्तर्गत ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ को दोस्रो बुँदामा ‘कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन’ भनेर लेखिएको छ ।

नेपालमा अन्तिम मृत्युदण्ड सन् १९७९ मा भएको थियो।[६]

मृत्युदण्डको माग

सम्पादन गर्नुहोस्

नेपालको संविधानमा मृत्युदण्डको प्रावधान छैन । तर, संघीय सांसदहरुले नै बलात्कारीलाई मृत्युदण्ड दिने कानुनको माग गर्न थालेका छन् । संसदीय समितिमा बलात्कारीको लिंग छेदन गर्ने कि मृत्युदण्ड दिने बहस हुन थालेको छ ।

सुनुवाईद्वारा मृत्युदण्ड प्राप्त व्यक्तिहरू

सम्पादन गर्नुहोस्
आरोपी फैसला सुनाइएको मृत्युदण्ड दण्डको विधि
शुक्रराज शास्त्री १९९७ माघ ६ १९९७ माघ १०    फाँसी
धर्मभक्त माथेमा १९९७ माघ ६ १९९७ माघ १२    फाँसी
दशरथ चन्द १९९७ माघ ६ १९९७ माघ १३    गोली
गङ्गालाल श्रेष्ठ १९९७ माघ १९९७ माघ १३    गोली
दुर्गानन्द झा २०१९ भदौ १९ २०२० माघ १५    फाँसी
भीमनारायण श्रेष्ठ २०३३ फागुन ६ [७] २०३५ माघ २६    गोली

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Death Penalty | Amnesty International", Amnesty.org, २०१४-०३-१५, अन्तिम पहुँच २०१५-०३-२९ 
  2. २.० २.१ कानुन आयोग, नेपाल, "यसरी निरुत्साहित गरियो मृत्युदण्ड कार्यान्वयनलाई भीमशमशेर (१९८८ साल)", नेपाल कानुन आयोग 
  3. सिवाकोटी, शेषराज, "नेपालमा मृत्युदण्ड उन्मूलन गर्ने सम्बन्धी वि. सं. १९९३ सालको अप्रकाशित सनद", प्राचीन नेपाल 
  4. "Down with the death penalty" 
  5. कानुन आयोग, नेपाल, "नेपाल अधिराज्यको संविधान, २०४७" 
  6. ६.० ६.१ "HANDS OFF CAIN against death penalty in the world", Handsoffcain.info, अन्तिम पहुँच २०१५-०३-२९ 
  7. अधिकारी, रमेशचन्द्र (भाद्र ११, २०८०), "४७ वर्षअघि भीमनारायणलाई दिइएको मृत्युदण्डको त्यो फैसला", कान्तिपुर