नूतन समर्थ बहल (४ जुन, १९३६ - २१ फेब्रुअरी, १९९१) भारतीय चलचित्र क्षेत्रकी एक बहुप्रसिद्ध अभिनेत्री थिइन्। नूतनले ७० भन्दा बढी चलचित्रमा अभिनय गरिन् र उनलाई भारतीय चलचित्र इतिहासमा सबभन्दा सफल अभिनेत्री मध्ये एक मानिनछ।

नूतन
Nutan
जन्मनूतन समर्थ बहल
(१९३६-०६-०४)जुन ४, १९३६
मुम्बई, बम्बे प्रेसिडेन्सी, भारत
मृत्यु२१ फेब्रुअरी १९९१(1991-02-21) (उमेर ५४)
भारत
कार्यकाल१९५०-१९९१
जीवनसाथीरजनीश बहल (१९५९-१९९१)

सन १९५०मा १४ वर्षको आयुमा नूतनले "हमारी बेटी" भन्ने चलचित्रबाट आफ्नो व्यवसायिक जीवनको शुरुवात गरिन्। उक्त चलचित्र नूतनकी आमा शोभना समर्थले निर्देशन गरेकी थिइन्। नूतनले सीमा (१९५५), सुजाता (१९५९), बन्दिनी (१९६३), मिलन (१९६७), मैं तूलसी तेरे आँगन की (१९७८) जस्ता चलचित्रमा आफ्नो सशक्त अभिनयको परिचय दिइन्। नूतनका नाममा फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्री सबैभन्दा बढी (५ पटक) जित्ने किर्तिमान छ जुन उनकी भाञ्जी काजोलले बराबरी गरेकी छिन्। साथै उनले फिल्मफेयरमा सबैभन्दा पुरस्कृित अभिनेत्रीको किर्तिमान (६ पटक) जया बच्चनसँगै बाडेकी छिन्।

नूतनको विवाह रजनीश बहलसँग १९५९मा भएको थियो र उनका छोरा मोहनिश बहल टेलिभिजन र चलचित्रका परिचित अभिनेता हुन्। सन् १९९१मा स्तन क्यानसरले नूतनको मृत्यु भयो।

बाल्यकाल सम्पादन गर्नुहोस्

नूतनको जन्म एउटा मराठी परिवारमा भएको हो। उनका पिता कुमारसेन समर्थ निर्देशक र कवि थिए भने आमा सोभना अभिनेत्री थिइन्। उनी ४ सन्तानमध्ये सबैभन्दा जेठी थिइन्। उनकी दुईवटा बहिनी: अभिनेत्री तनुजा र चतुरा थिइन् भने भाइ जयदिप थिए। जयदिपको जन्म अगावै नूतका आमा बुवाले सम्बन्ध विच्छेद गरेका थिए।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्