नीरजा भनोट (७ सेप्टेम्बर १९६३- ५ सेप्टेम्बर १९८६[१]) मुम्बईमा प्यान एम एयरलाइन्सको विमान परिचारिका थिइन् । ५ सेप्टेम्बर १९८६ मा मुम्बई देखि न्युयोर्क जादै गरेको प्यान एम विमान ७३ को अपहृत विमानमा यात्रीहरूको सहायता र सुरक्षा गर्दै जाँदा उनी आतंकवादीहरूको बन्दुकको गोलीको शिकार भएकी थिइन् ।[१] उनको बहादुरीको लागि मरनोपरान्त उनलाई भारत सरकारले शान्ति कालको आफ्नो सर्वोच्च वीरता पुरस्कार अशोक चक्रले सम्मानित गरेको थियो र साथै पाकिस्तान सरकार र अमेरिकी सरकारले पनि उनलाई यो वीरताको लागि सम्मानित गरेका थिए ।

नीरजा भनोट
नीरजा भनोट (१९६३ – १९८६)
जन्म(१९६३-०९-०७)७ सेप्टेम्बर १९६३
चन्डीगढ, भारत
मृत्यु५ सेप्टेम्बर १९८६(1986-09-05) (उमेर २२)
कराची, पाकिस्तान
राष्ट्रियताभारत
अन्य नामलाडो
पेशाविमान परिचारिका

वर्ष २०१० मा उनीमाथि एक चलचित्रको निर्माण गर्ने घोषणा भयो जसमा उनको भूमिका सोनम कपूरले निर्वाह गर्दै छिन् ।[२] नीरजा भनोट चलचित्रको सुरुवात सन् २०१५ मा भएको हो र यस चलचित्रलाई सन् २०१६ को १९ फेब्रुअरी मा प्रदर्शन गरिंदैछ।

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Brave in life, brave in death by Illa Vij", The Tribune, १३ नवम्बर १९९९। 
  2. "सोनम बनेंगी जान पर खेलने वाली 'नीरजा'", बी बी सी (हिन्दी), ५ मई २०१५, अन्तिम पहुँच ११ जून २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्