निकोलाइ दिमत्रिएभिच आभ्क्सीन्त्येभ

निकोलाई दिमत्रिएभिच आभ्क्सीन्त्येभ (सन् १८७८-१९४३) - रुसी एसेर (सामाजिक-क्रान्तिकारी) पार्टीका एकजना नेता र यस पार्टीको केन्द्रीय समितिका सदस्य । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् अखिल रसियाली किसान प्रतिनिधि सोभियतका अध्यक्ष, केरेन्स्की सरकारका गृहमन्त्री र त्यसपछि प्रतिक्रान्तिकारी 'रसियाली गणतन्त्रको अस्थायी सोभियत' (संसद्)का अध्यक्ष । अक्टोबर समाजवादी क्रान्तिपश्चात् प्रतिक्रान्तिकारी विद्रोहका आयोजनाहरूमध्ये एकजना ।[१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८४