नादाम (मङ्गोलियन: Наадам , शास्त्रीय मङ्गोलियन: Naɣadum, [ˈnaːdəm], शाब्दिक "खेल") मङ्गोलियाको एक परम्परागत पर्व हो । यस पर्वलाई स्थानियहरले "इरिइन गुरभान नादाम" (эрийн гурван наадам) "पुरुष तीन खेल" भन्ने गरिन्छ । खेलहरूमा मङ्गोलियन कुस्ती, घोडा दौड, र धनुविद्या हुन र मध्य गृष्मा देशभर आयोजना गरिन्छ । मङ्गोलियन कुस्ती बाहेकमा महिलाहरूले धनुविद्या तथा बालिकाहरूले घोडा दौडमा सहभागिता जनाउन शुरू गरेका छन् ।

सन् २००६ उलानबाटरमा नादाम उत्सव

सन् २०१० मा यूनेस्कोले नादामलाई मानवताको अदृश्य सांस्कृतिक सम्पादनको प्रतिनिधी सूचीमा सूचीकृत गरेको थियो । 

पृष्ठभूमि सम्पादन गर्नुहोस्

नादाम मङ्गोलियाको सबैभन्दा बढि हेरिने उत्सव हो र यो उत्सव शताब्दि देखि चलि आएको मान्यता रहेको छ । नादामको शुरूवात सैन्य परेड र खेल प्रतियोगिताहरू जस्तैः धनुविद्या, घोडा दौड तथा कुस्ती जस्ता गतिविधिहरूबाट भएको हो । पछि  सैनिकहरूलाई युद्धको लागि तयार गर्ने गरी यसको प्रयोग भएको थियो । कुस्ती, घोडा दोड तथा धनुविद्या १३ औँ शताब्दीको किताव द सिकरेट हिस्ट्रि अफ द मङ्गोलस मा समेत उल्लेख गरिएको छ । किंगको शासनको समयमा नादमलाई आधिकारिक उत्सवको रूपमा बनाइएको थियो । हाल यो मङ्गोलियाले चीनबाट स्वतन्त्र भएको घोषणा गरेको सन् १९२१ को क्रान्तिको औपचारिक सम्झनाको रूपमा रहेको छ । नादाममा नयाँ राज्यको उपलब्धि समेत मनाइन्छ । [१]

तीन खेलहरू सम्पादन गर्नुहोस्

मंगोलियन कुस्ती सम्पादन गर्नुहोस्

 
सन् २००५ मा नादाम उत्सवमा कुस्ती खेलिदै

जम्मा ५१२ वा १०२४ पहलमानहरू नौ वा दश चरणसम्म चल्ने प्रतियोगितामा सहभागि हुने गर्दछन् । मंगोलियनको पारम्परिक कुस्ती समय सिमित नभएको प्रतियोगिता हो, जसमा पहलमानको शरिरको खुट्टा तथा हात बाहेक कुनै पनि अंगले भुईमा छुएको अवस्थामा उसको हार हुने गर्दछ । यस खेलमा पहलमानहरूले विपक्षीलाई छनौट गर्दा बढि प्रख्यात पहमानले छनौट गर्ने प्राथमिकता पाउने गर्दछ । पहलमानहरूले यस खेलमा दुई वटा वस्त्र लगाउने गर्दछ । यस खेलमा पुरूष खेलाडीहरूलाई मात्र सहभागिताको अनुमति रहेको छ ।

घोडा दौड सम्पादन गर्नुहोस्

पश्चिम राष्ट्रहरूमा हुने घोडा दौड जुन बढिमा २ किलोमिटरको हुने गर्दछ भन्दा फरक नादाममा प्रमुख खेलकोमा रूपमा हुने मंगोलियन घोडा दौड अन्तर क्षेत्र प्रतियोगिता हो, यस १५ देखि ३० किलोमिटर लामो हुन्छ । हरेक दौडको लम्बाई उमेर वर्ग अनुसार तय गरिन्छ । मंगोलियको विभिन्न स्थानहरूको १००० घोडाहरूलाई सहभागिताको लागि चयन गरिन्छ । दौडमा सहभागि हुने घोडालाई विशेष आहार खुबाइन्छ ।

५ देखि १३ वर्षसम्मको बच्चाहरूलाई घोडसवारको रूपमा चयन गरिन्छ र दौड हुनु भन्दा १ महिना अगावै दौडको लागि तालिम दिने गरिन्छ । यस दौडमा घोडसवारको भूमिका अहम भएता पनि यस दौडको मुख्य उद्देश्य घोडाको विशेषता मापन गर्नु हुन्छ । [२]

दौड शुरू हुन भन्दा पहिला दर्शकहरूले परम्परागत गित गाउछन भने घोडसवारले गिन्गो गित गाउने गर्दछ ।

धनुविधा सम्पादन गर्नुहोस्

 
सन् २००५ को नादाम उत्सवमा महिला धनु खेल

यस विधामा पुरूष तथा महिला दुबै सहभागित हुन पाउदछन् । यो खेल १० चरणमा खेल्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Atwood Christopher Pratt, 1964-Encyclopedia of Mongolia and the Mongol Empire, Facts On File, Ink
  2. "Naadam Festival." The Center for the Study . 16 Apr 2008 <http://www.csen.org/Mongol.Nadaam/Mongol.text.html