प्रेमध्वज प्रधान

प्रेमध्वज प्रधान प्रसिद्ध नेपाली गायक हुन्। वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे। उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरु भइरहन्थ्यो। यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूची राख्न थाले।

प्रेमध्वज प्रधान
वास्तविक नामप्रेमध्वज प्रधान
जन्मचौतारा , नेपाल
किसिमलोक, आधुनिक
पेशागायन


आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

व्यक्तिगत जीवनसम्पादन

प्रेमध्वज प्रधानको जन्म नेपालको चौतारा मा भएको थियो ।

केही चर्चित गीतहरूसम्पादन

  • घुम्तीमा नआउ है
  • तिमीलाई अचेल कहाँ देखुँ
  • गोरेँटो यो गाउँको
  • पर लैजाउ फुलहरु

सन्दर्भसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

[१]