लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरी दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै शेयर, ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । शेयर, ऋणपत्र जस्ता वित्तीय सम्पतीहरूलाई नै प्रतिभूति वा धितोपत्र (अङ्ग्रेजी: securities) भनिन्छ ।[१]

विशिष्ट विशेषताहरु सम्पादन गर्नुहोस्

  • मुद्रापन
  • पूर्ण रूपमा विभाज्य
  • नगद प्रवाह
  • परिपक्व अवधि
  • परिवर्त्यता
  • मुद्रा
  • तरलता
  • बजारयोग्य
  • हस्तान्तरणयोग्य
  • कर अवस्था

प्रतिभूतिहरूको विशेषताले कारणले प्रतिभूतिलाई लगानीको सरल र आकर्षक विकल्प मानिन्छ ।

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्

नेपाल धितोपत्र बोर्ड

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स