धिताल नेपालको पहाडी ब्राह्मण जाति खस बाहुनको थर हो ।

धितालहरूको उद्गम स्थल

सम्पादन गर्नुहोस्

धिताल शब्दको उत्पत्तिमा विचार गर्दा यो शब्द नेपालको जुम्ला जिल्लाको सिंजामा पर्ने धिंतामा बस्नेहरूलाइ धिताल भनिएको हो भनि अहिलेसम्मका प्रमाण तथा खोज र विश्लेषणबाट पुष्टि हुन्छ । खास गरी कालिकोट जिल्लाको सान्नी भन्ने ठाउँमा बस्ने गौतम गोत्री सञ्ज्यालहरूको पूर्खाहरू मध्य एक भाइ जुम्लाको धिता गई बसेको र उनिहरू बसेको ठाउँको आधारमा धिताल भनिएको भन्ने पुष्ट प्रमाण छ । त्यही धिताबाट विभिन्न राम्रा तथा नराम्रा कारणहरूले धिताल भनिने गौतम गोत्री सञ्ज्यालहरू नेपालका विभिन्न जिल्लाहरूमा गएको इतिहास देखिन्छ ।[]

धितालहरूको बस्ती

सम्पादन गर्नुहोस्

जुम्लाको धिताबाट गएका गौतम गोत्री सञ्ज्यालहरूलाई धिताबाट अन्यत्र गएका हुनाले धिताल हो । धिताका धितालहरू विभिन्न समयमा विभिन्न कारणले नेपालको पूर्वी भू-भागतिर लागेका थिए । धिता छोडेर अन्यत्र गएका धितालहरू पूर्व काभ्रे, सिन्धुपाल्चोक काठमाडौंसँग जोडिएका क्षेत्रहरूमा, काडमाडौंको उत्तर-पश्चिमी काठ क्षेत्रमा फैलिएको पाइन्छ । त्यस्तै भक्तपुरमा पनि गौतम गोत्री धितालहरू रैथाने भई बसेको पाइन्छ । []

जुम्ला धितालिहीका धितालहरू त प्रष्टरूपमा सान्नीका सञ्ज्याल नै भएको प्रमाणित छ, यसको प्रमाण रूपमा अहिले पनि सान्नीका गौतम गोत्री सञ्ज्यालहरू "एक भाइ धिताल, एक भाइ सञ्ज्याल" भनेर उखानै गर्दछन् । तर कतिपय धितालहरूले अर्कै गोत्र भन्ने गरेको पनि पाइएको छ । यदी जुम्लाको धितालिहीको धितालसँग पुर्खा जोडिन्छ भने त्यो नितान्त गौतम गोत्री धिताल हो । किनकी धिताका धितालहरू भनेका कालिकोटको सान्नीबाट गएका जुम्ला तर्फ गएका सञ्ज्याल नै हुन् । अहिलेसम्म कर्णाली अञ्चलमा धिताल र सञ्ज्याल भाई-भाई भइ बसेको इतिहास प्रष्ट छ । तसर्थ आफ्नो पुर्खा जुम्ला धिताली बताउने नेपालका जुनसुकै ठाउँका धिताल भए पनि ति निसन्देह गौतम गोत्री धितालहरू हुन् । []

यस थरका व्यक्तिहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण, लेखक राजेश कुमार बटाला