धर्मको मानवशास्त्र भनेको सामाजिक संस्थाहरूको सम्बन्धमा धर्मको अध्ययन र धार्मिक विश्वास तथा विविध संस्कृति प्रचलनहरूको तुलना हो।[]

संकेतात्मक चित्र

१२औँ शताब्दीको शुरुमा अबु रेहन बरानी (सन् ९७३- सन् १०४८) ले भूमध्यसागर (तथाकथित 'मध्य पूर्व' सहित) र भारतीय उपमहाद्वीपमा धर्म र संस्कृतिहरूको मानवविज्ञानको बारेमा विस्तृत तुलनात्मक अध्ययन गरेका थिए। [] उनले भारतीय उपमहाद्वीपका मानिस, रीतिथिति र धर्मको बारेमा छलफल गरी आफ्ना कुरा अघि ल्याएका थिए।

१९औँ शताब्दीमा संस्कृतिक मानवशास्त्र सांस्कृतिक विकासबाट प्रभावित थियो। अधिकांश मानवशास्त्रविद्हरूले 'आदिम' र 'आधुनिक' धर्मको बीचचको फरकबाट धर्मको यो जटिल विकास कसरी भयो भनेर लेखा जोखा प्रदान गर्ने कोशिस गरेका थिए।[स्रोत नखुलेको] २०औँ शताब्दीका अधिकांश मानवशास्त्रविद्हरूले यस दृष्टिकोणलाई अस्वीकार गरेका थिए। आज धार्मिक मानवशास्त्रले कार्ल मार्क्स (सन् १८१८- सन् १८८३), सिग्मुन्ड फ्रायड (सन् १८५६- सन् १९३९), इमेल डुर्खिम (सन् १८५८- सन् १९१७), र म्याक्स वेबर (सन् १८६४- सन् १९२०) जस्ता सिद्धान्तकारहरूको सैद्धान्तिक प्रभावलाई प्रतिबिम्बित गर्दछ। उनीहरूकै बिचारबाट यो मानवशास्त्र फल्दो फुल्दो छ। मानवशास्त्रीहरू खास गरि धार्मिक विश्वास र अभ्यासहरूले कसरी राजनीतिक वा आर्थिक शक्ति झल्काउन सक्छ भनेर अध्ययन गर्ने गर्छन्; धार्मिक विश्वास र अभ्यासहरूको सामाजिक कार्यहरूका आधारमा धर्मको मानवशास्त्र अगाडि बढेको पाइन्छ।[]

सन् १९१२ मा, इमेल डुर्खिमले लुडविग फेउरब्याचको सिद्धान्तमाथि ('धर्म' समाजको सामाजिक मूल्य मान्यताको प्रक्षेपण) काम गरेका छन्, उनका अनुसार 'सङ्क्षेपमा भन्नुपर्दा, समाजले आफैँले निर्माण गरेको भगवान आफैँले पूजा गर्छ, एक अर्थमा स्वयंको पूजा गर्छ' भनेर भनेका छन्।[] [] 

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Adams 2017; Eller 2007, p. 2.
  2. Walbridge 1998.
  3. Eller 2007.
  4. Nelson 1990.
  5. Durkheim, p.266 in the 1963 edition