धनराज आचार्य

पोखरा महानगरपालिकाका मेयर

धनराज आचार्य नेपाली राजनीतिज्ञ तथा पोखरा महानगरपालिकाका वर्तमान नगर प्रमुख हुन्। उनी नेकपा एकिकृत समाजवादीका तर्फबाट वि.सं २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित भएका थिए। धनराज आचार्य नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला अध्यक्ष हुनुका साथै केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका छन्। वि.सं २०३९ मा मात्र १३ वर्षको उमेरमा उनले भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यता लिएर विद्यार्थी राजनीतिमा आफ्नो उपस्थिति जनाएका थिए। राजनीति क्षेत्रबाहेक उनी विविध व्यवसायिक क्षेत्रमा संलग्न रहेका छन्।

धनराज आचार्य
१६औँ पोखराको नगर प्रमुख
सहायकमञ्जुदेवी गुरुङ
पूर्वाधिकारीमान बहादुर जिसी
व्यक्तिगत विवरण
जन्म (1970-03-30) ३० मार्च १९७० (उमेर ५४)[१]
पोखरा, कास्की
राजनीतिक दलनेकपा माले (२०४२ -२०४७)
नेकपा एमाले (२०४७-२०७८)
नेकपा -एकीकृत समाजवादी (२०७८)
जीवन साथीपुष्पकुमारी आचार्य
सन्तान(हरू)उज्जवल आचार्य र आश्मा आचार्य
अभिभावकs
  • ऋतुनाथ आचार्य (पिता)
  • जमुना देवी आचार्य (आमा)
मातृ शिक्षाप्रतिष्ठानएमबिए, एमएड
पेशाउद्योग व्यवसाय, समाजसेवा, राजनिती
वेबसाइटधनराज आचार्य

नेपाल पुस्तक तथा व्यवसायी महासङ्घको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घको कार्यकारी सदस्य, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्यपुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रूपमा उनले कार्य गरिससकेका छन्।[२]

राजनीतिक पृष्ठभूमि सम्पादन गर्नुहोस्

वि.सं २०३९ सालमा साधारण सदस्याता प्राप्त गरेर राजनीतिक थालेका आचार्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको विद्यालयतर्फ प्रारम्भिक कमिटीको साधारण सदस्यहुँदै वि.सं २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको सभापति हुनुका साथै अन्य विभिन्न महत्वपूर्ण पदमा जिम्मेवारी वहन गरी वि.सं २०५४ सालमा केन्द्रीय सचिवालय सदस्य (विभागीय प्रमुख) भएका थिए। विद्यार्थी जीवनपछि सक्रिय राजनीतिमा लागेका आचार्य नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला अध्यक्ष हुनुका साथै केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

पोखरा महानगरपालिकाको नगर प्रमुख सम्पादन गर्नुहोस्

वि.सं २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा धनराजलाई सत्तारूढ पाँच दलको गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजावदी, जनता समाजवादी र जनमोर्चा)को समर्थन रहेको थियो। धनराजले ५८ हजार ८९३ मत पाएर पोखराको १५औँ नगर प्रमुख निर्वाचित भए।[३]

पोखरा महानगरमा २ लाख ७ हजार मतदता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो। उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका थिए। कृष्णले भन्दा मेयर निर्वाचित धनराजले ६ हजार ४५ मत बढी पाएका थिए।[२]

पोखरा महानगरपालिका स्थानीय तह निर्वाचन, २०७९ को मतपरिणाम
उम्मेदवार मत उमेर दल परिणाम
धनराज आचार्य ५८८९३ ५२ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) निर्वाचित
कृष्ण बहादुर थापा ५२८४८ ६२ नेपाल कम्युनिष्ट पार्टी (एमाले)
शंकर खराल ५६७४ ५० राष्ट्रिय प्रजातन्त्र पार्टी
खडक राज पौडेल ३०३० ४२ स्वतन्त्र
प्रेम प्रसाद गुरुङ्ग ५४६ ३८ मङ्गोल नेसनल अर्गनाइजेसन
शुसिला के.सी. (अधिकारी) ३३८ ५० विवेकशील साझा पार्टी
मुना बानियाँ १४९ ३७ आमूल परिवर्तन मसिहा पार्टी नेपाल
किशान सिहं गुरुङ १३५ ६५ स्वतन्त्र
अन्य बाँकी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "धनराज आचार्य", पोखरा महानगरपालिका, पोखरा महानगरपालिका, अन्तिम पहुँच ११ भाद्र २०७९ 
  2. २.० २.१ "को हुन् पोखराको मेयरमा विजयी भएका धनराज आचार्य ?", नेपालपत्र डट कम, नेपालपत्र डट कम, ११ जेष्ठ २०७९, अन्तिम पहुँच ११ भाद्र २०७९ 
  3. "पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज, उपमेयर एमालेकी मञ्जुदेवी विजयी", Setopati, Setopati Sanchar Pvt. Ltd., ११ जेष्ठ २०७९, अन्तिम पहुँच ११ भाद्र २०७९