धनगढी क्रिकेट लिग (डीसीएल) धनगढी मा सञ्चालन हुने क्रिकेट प्रतियोगिता हो।धनगढी क्रिकेट लिगको तेस्रो संस्करण 2072 फागुन 22 गते देखि धनगढीमा सञ्चालन भएको थियो। यसलाई सगरमाथा सिमेन्टले प्रायोजन गरेको हो।यो प्रतियोगिता 2072 चैत्र 13 गते सम्म चलेको थियो।प्रतियोगिताका सम्पुर्ण खेलहरू सेति अञ्चल प्रहरीको मैदानमा सञ्चालन भएका थिए। प्रतियोगिताको अन्तिम खेल नेपाली समय अनुसार विहान 11:00 बजे (2072/12/13) मा टिम चौराहा र सिवाईसि अत्तरियाका बिच सञ्चालन भएको थियो।

तेस्रो संस्करण विजेता सम्पादन गर्नुहोस्

धनगढी क्रिकेट लिगको तेस्रो संस्करणको अन्तिम खेल सेति अञ्चल प्रहरीको मैदानमा 2072 चैत्र 12 गते विहान 11 बजे देखि सुरू भएको थियो।जसमा अत्तरियाको टिम सिवाइसि अत्तरिया र धनगढीको टिम चौराहा बिच प्रतिसप्रधा भएको थियो।20 ओभरको खेलमा पहिलो ब्याटि टिम चौराहाले गरेको थियो।टिम चौराहामा भुवन कार्की प्रमुख खेलाडी थिए।टिम चौराहाले 20 ओभरको समाप्ति संगै 146 रन बनाएको थियो।खेलको दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको टिम सिवाइसि अत्तरियाका तर्फबाट ओपनर प्रेम तामाङले अभिजित 62 रन जोडेका थिए।त्यस्तै अत्तरिया टिमबाट महबुब आलम, विनोद भण्डारी लगाएत खेलाडी समावेश थिए।खेलको अन्तिम ओभर सकिन 1 बल बाँकी छदा सिवाइसि अत्तरियाको खातामा 140 रन थियो।किरन ठगुन्नाको बललाई सामना गर्दै सिवाइसिका खेलाडीले बललाई दिशा दिएपछि 3 रन बनाउन टिम अत्तरिया सफल भएको थियो।दुबै टिमको समान 146 रन बनाएपछि खेल मैदानको मावलमा फेरी रौनकता थपिएको थियो। यसपछि खेल सुपर ओभरमा प्रवेश भएको थियो।सुपर ओभरमा पहिलो ब्याटिङ पाएको टिम सिवाईसिका तर्फबाट विनोद भण्डारी र महबुब आलम क्रिजमा उत्रिएका थिए।विनोद भण्डारी पहिलो बलमै बोल्ड भए र अर्का ब्याट्सम्यान प्रेम तामाङ स्ट्राइकमा उत्रिएद सिवाईसि अत्तरिया 3 रनमा समेटियो। जवाफी ब्याटिङमा उत्रिएको टिम चौराहाका खेलाडी सोनु तामाङ र भुवन कार्की क्रिजमा उत्रिएका थिए। भुवन कार्कीले दोस्रो बलमा चौका प्रहार गरेर टिमलाई जित दिलाएका थिए। यसैगरी खेलको जितसंगै टिम चौराहाले नगद 3,00,000 र ट्रफी प्राप्त गर्रो भने उप विजेता चित्त बुझाएको सिवाइसि अत्तरियाले नगद 1,50,000 प्राप्त गरेको थियो।

टिमहरू सम्पादन गर्नुहोस्

धनगढी क्रिकेट लिगका सहभागि टिमहरू


टिम स्वामित्व कप्तान हेड कोच
टिम हसनपुर कुवेर शाही विक्रम ठगुन्ना    
टिम क्या्पस रोड दीपक खड्का रोमन बम    
टिम चौराहा राजकुमार श्रेष्ठ सोनु तामाङ    
टिम संतोषी टोल जनकराज जोशी विजय राना   
सीवाइसी अत्तरिया नरबहादुर राई महबुब आलम   

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्