द गुड प्लेस

टेलिभिजन शृङ्खला

द गुड प्लेस माइकल श्यरले बनाएका अमेरिकी हास्य टेलिभिजन शृङ्खला हो । यो शृङ्खला सेप्टेम्बर १९, २०१६ देखि जनवरी ३०, २०२० सम्म एनबीसीमा प्रसारण गरिएको थियो । यो एलेनोर शेलस्ट्रप (क्रिस्टेन बेल) को मृत्युपश्चातको जीवनमा केन्द्रित छ, जहाँ उनलाई माइकल (टेड ड्यानसन) ले उनको धर्तीमा पुण्यकर्मको फलस्वरूप स्वर्गसमान "द गुड प्लेस" मा स्वागत गर्छन् । तर, एलेनोरले आफूलाई त्यहाँ गल्तीले पठाइएको हो भन्ने अनुभूति गरेर आफ्नो अनैतिक कामहरू लुकाउँदै राम्रो र नैतिक बन्न खोज्छिन् । विलियम ज्याक्सन हार्पर, जमिला जमिलम्यानी जसिन्टोले "द गुड प्लेस" का अन्य वासिन्दाहरूको भूमिका खेलेका छन् भने डार्सी कार्डेनले ती वासिन्दाहरूलाई सहयोग गर्ने कृत्रिम बौद्धिकता, ज्यानेटको भूमिका खेलेकी छन् ।

द गुड प्लेस
शैली
सर्जकमाइकल श्यर
कलाकारहरू
रचनाकार(हरू)डेभिड श्वार्ट्ज
निर्माण गर्ने देशसंयुक्त राज्य अमेरिका
भाषा(हरू)अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या५३[६] (भागहरूको सङ्ख्या)
निर्माण
कार्यकारी निर्माता(हरू)
निर्माता(हरू)
सम्पादक(हरू)
प्रसारण अवधि२२ मिनेट
निर्माण कम्पनी(हरु)
वितरकएनबीसी युनिभर्सल टेलिभिजन डिस्ट्रिब्युशन
प्रसारण
मूल च्यानलएनबीसी
तस्वीर ढाँचाहाई देफिनिशन टेलिभिजन
ध्वनी ढाँचाडोल्बी डिजिटल
प्रथम प्रसारण१९ सेप्टेम्बर २०१६ (2016-09-19) – जनवरी ३०, २०२० (2020-01-30)
बाह्य कडीहरू
वेबसाइट

द गुड प्लेसले आफ्नो लेख, अभिनय र मौलिकताको लागि सकारात्मक समीक्षा पाएको छ । यसका साथै यसको प्रथम सत्रको अन्त्यमा आउने मोड तथा यस शृङ्खलामा छोएको नैतिकताको विषयलाई सबैले सकारात्मक रूपमा लिएका छन् । सन् २०१९ मा यस शृङ्खलाले पिबडी पुरस्कार प्राप्त गर्यो । "द ट्रली प्रब्लम" र "ज्यानेट्स" मा राम्रो प्रस्तुतिका लागि यस शृङ्खलाले दुइटा ह्युगो पुरस्कार हासिल गरेको छ ।

सन् २०१८ को डिसेम्बरमा एनबीसीले यस शृङ्खलालाई चौथो र अन्तिम सिजनको लागि नवीकरण गर्यो, जुन सेप्टेम्बर २६, २०१९ मा सुरु भई जनवरी ३०, २०२० मा समाप्त भयो ।[७][८]

परिसर र सारांश सम्पादन गर्नुहोस्

यो शृङ्खला मृत्युपश्चातको जीवनमा आधारित छ, जहाँ सबै मानिसहरूलाई उनीहरूको धर्तीको कर्मको आधारमा एउटा अङ्क दिई स्वर्गसमान "गुड प्लेस" वा नर्कसमान "ब्याड प्लेस" मा पठाइन्छ । उच्च अङ्क प्राप्त गर्ने मान्छेहरूलाई मात्रै "गुड प्लेस" मा पठाइन्छ, जहाँ उनीहरूले ज्यनेट नामक कृत्रिम बौद्धिकताको सहयोगले आफ्नो सम्पूर्ण इच्छा पूरा गर्न सक्छन् । अरूहरूलाई कहिल्यै नसकिने यातना दिन "ब्याड प्लेस" मा पठाइन्छ ।

प्रथम सत्रमा अनैतिक अन्तर्मुखी एलेनोर र तुच्छ अपराध गरेका जेसनले उनीहरूलाई गल्तीले "गुड प्लेस" मा पठाइएको हो भन्ने अनुभूति गर्छन् । एलेनोरको आत्मीयजनको रूपमा तोकिएका नीति शिक्षाका प्राध्यापक चिडीले उनीहरूलाई त्यहाँ स्थान कमाउन सहयोग गर्ने उद्देश्यले निती शिक्षा पढाउँछन् । जेसनको आत्मीयजनको रूपमा तोकिएकी उच्च वर्गीय टहानीले उनीहरूको छिमेकको दयालु योजनाकार माइकललाई एलेनोर र जेसनको उपस्थितिले ल्याएको अराजकतालाई सम्हाल्न सहयोग गर्छिन् । अन्ततः एलेनोरले उनीहरूको छिमेक माइकलले उनीहरूलाई मानसिक र भावनात्मक यातना पुर्याउने उद्देश्यले परीक्षण गर्न बनाएको हो भन्ने कुरा थाहा पाउँछिन् ।

दोस्रो सत्रमा माइकलले ती ४ मानिसहरूको मानसिक यातनालाई फेरि सुरु गर्नका लागि बारम्बार उनीहरूको स्मरण शक्ति मेटाउँछन् तर उनीहरूले हरेक पटक सत्य थाहा पाउँछन् । अन्ततः माइकल उनीहरूको पक्षमा लाग्छन् र उनीहरूलाई वास्तविक "गुड प्लेस" मा पुर्याउनमा लाग्छन् । माइकलले उनीहरूको मुद्दा अनन्त न्यायाधीशकहाँ लग्छन्, जसले ती मानिसहरूको नीतिचेतनामा आएको सुधार जाँच्ने उद्देश्यले उनीहरूलाई मृत्युपश्चातको जीवनको सबै स्मृति हटाई पृथ्वीमा फिर्ता गर्ने निर्णय लिन्छिन् ।

तेस्रो सत्रमा पृथ्वीमा फिर्ता पठाइएका मानिसहरू चिडी र उसको सहकर्मी सिमोनले आयोजना गरेका अनुसन्धानमा भाग लिन्छन् । मृत्युपश्चातको जीवनबारे थाहा पाएपछि उनीहरूले अरूहरूको नैतिकता सुधार्न सहयोग गर्छन् । अन्ततः उनीहरूले केही शताब्दीदेखि "गुड प्लेस" मा कोही पनि नपठाइएको कुरा थाहा पाउँछन् । उनीहरूले वर्तमान अङ्क प्रणालीमा त्रुटी छ भनी मानिसहरूले उचित सहयोग पाए सुध्रिन सक्छन् भन्ने सिद्धान्त प्रमाणित गर्न एउटा प्रयोगात्मक "गुड प्लेस" को निर्माण गर्छन् ।

अन्तिम सत्रनमा उनीहरूको परीक्षणले मानिसहरूले मृत्युपश्चातको जीवनमा पनि नैतिक सुधार देखाउन सक्छन् भन्ने उनीहरूको सिद्धान्त प्रमाणित गर्छ । उनीहरूले मृत्युपश्चातको जीवनमा नयाँ प्रणालीको सुरुवात गर्छन्, जहाँ मृत मानिसहरूले नैतिक सुधार देखाउने परीक्षाहरू पास गरेपछि उनीहरूलाई "गुड प्लेस" मा पठाइन्छ । परम आनन्दको सुस्तीले सुन्न नहुनका लागि मानिसहरू "गुड प्लेस"बाट बाहिरिने प्रावधान बनाइएको छ । शृङ्खलाको अन्तिम भागमा जेसन, चिडी र एलेनोर बाहिरिन्छन् । टहानी मृत्युपश्चातको जीवनको छिमेक बनाउनमा लाग्छिन् । माइकललाई मानिसको रूपमा आफ्नो जीवन बिताउन पृथ्वी पठाइन्छ ।

अभिनेता र पात्रहरू सम्पादन गर्नुहोस्

मुख्य सम्पादन गर्नुहोस्

 
क्रिस्टेन बेलले शृङ्खलाको मुख्य पात्र एलेनोर शेलस्ट्रपको भूमिका खेल्छिन् ।
 
द गुड प्लेसका नायकहरू सन् २०१८ को स्यान डिएगो कमिक कनमा ।
  • क्रिस्टेन बेल एलेनोर शेलस्ट्रपको रूपमा । एलेनोर फिनिक्स, एरिजोनाकी मृत, स्वार्थी बिक्री महिला हुन्, जो गल्तीले "गुड प्लेस" मा पुग्छिन् । आफ्नो स्थान कमाउनका लागि उनले राम्रो व्यक्ति बन्ने आधारभूत शिक्षा लिन चिडीलाई भर्ती गर्छिन् ।[९][१०]
  • विलियम ज्याक्सन हार्पर चिडी आनागोन्येको रूपमा । चिडी सेनेगलका मृत नीति शिक्षाका प्राध्यापक हुन् । माइकलको पहिलो "गुड प्लेस" परीक्षणमा एलेनोरको आत्मीयजनको रूपमा तोकिएका चिडीले एलेनोरलाई राम्रो मान्छे बनाउने उद्देश्यले नीति शिक्षा पढाउँछन् ।[११]
  • जमिला जमिल टहानी अल-जमिलको रूपमा । टहानी मृत, धनी बेलायती परोपकारी हुन्, जसले "गुड प्लेस" मा दृढ विश्वास गर्छिन् । उनी एलेनोरकी असम्भाव्य मैत्री बन्छिन्, जसले पहिले उनको सकारात्मक सोच र आफ्ना प्रख्यात साथीहरूको नाम कुराकानीको बिचमा ल्याउने बानीलाई घृणा गर्छिन् ।[१२]
  • डार्सी कार्डेन ज्यानेटको रूपमा । ज्यानेट एक कृत्रिम बौद्धिकताले निर्मित मार्गदर्शक हुन्, जसले "गुड प्लेस" का मानिसहरूले चाहेका जानकारीहरू प्रदान गर्छिन् । शृङ्खला चल्दै जाँदा ज्यानेटले मानवीय स्वभाव हासिल गर्छिन्, जसले गर्दा उनको व्यवहारमा परिवर्तन आउँछ ।
    • कार्डेनले शृङ्खलाको अन्तरलमा विभिन्न प्रकारका ज्यानेटको भूमिका खेल्छिन् । तीमध्ये "ब्याड प्लेस" का राक्षसहरूले निर्माण गरेका अभद्र "ब्याड ज्यानेट";[१३] लेखापाल कार्यालयको निस्पक्ष र तटस्ठ "न्युट्रल ज्यानेट";[१४] रमणीय "डिस्को ज्यानेट" र एउटा भागको लागि एलेनोर, चिडी, टहानी र जेसनका ज्यानेट संस्करण पनि खेल्छिन् ।[१५]
  • म्यानी जसिन्टो जेसन मेन्डोजाको रूपमा । जेसन ज्याक्सनभिल, फ्लोरिडाका मृत, अव्यावसायिक डिस्क जकी र लागु पदार्थका दलाल हुन्, जो गल्तीले "गुड प्लेस" मा पुग्छन् । उनलाई ताइवाणका मौन धारण गरेका भिक्षु जियान्यु लिका रूपमा चिनाइएको थियो । पछि जेसनलाई अपरिपक्व र बोधो तर दयालु ज्याक्सनभिल ज्याग्वार्सब्लेक बोर्टल्सका प्रशंसकको रूपमा चित्रण गरिन्छ ।[१६]
  • टेड ड्यानसन माइकलको रूपमा । माइकल "ब्याड प्लेस" का योजनाकार हुन् जसले एलेनोर, चिडी, टहानी र जेसन बस्ने "गुड प्लेस" छिमेक चलाउँछन् । माइकललाई कागत बढ्ने क्लिपसँग खेल्ने र गाडीको चाबी खोज्नेजस्ता मानव जीवनका उराठलाग्दा पक्षहरू मन पर्छन् । शृङ्खलाको प्रथम सत्रको अन्तिम भागमा माइकलले मानिसहरूलाई यातना दिन त्यस छिमेकको निर्माण गरेको खुलासा हुन्छ । हिब्रुमा "माइकल" को अर्थ "भगवान जस्तो" हो । माइकलको पात्र देवदूत माइकलमा आधारित छ ।[१७]

पुनरावर्ती सम्पादन गर्नुहोस्

राक्षसहरू सम्पादन गर्नुहोस्

  • टिया सिर्कार विक्कीको रूपमा । विक्की एक "ब्याड प्लेस" की राक्षस हुन् जसले प्रथम सत्रमा "गुड प्लेस" मा हुनुपर्ने "रियल एलेनोर शेलस्ट्रप" को भूमिका खेल्छिन् । दोस्रो सत्रमा माइकलका योजनाहरू बारम्बार असफल भएपछि उनले माइकलको छिमेकलाई आफ्नो अधीनमा ल्याउन खोज्छिन् । शृङ्खलाको अन्त्यतिर माइकलले उनलाई अन्य राक्षसहरूलाई मृत्युपश्चातको जीवनका संसोधित प्रणालीको परिचय गराउने काम दिन्छन् ।
  • एडम स्कट ट्रेभरको रूपमा । ट्रेभर "ब्याड प्लेस" का राक्षस हुन्, जसले मुख्य समूहलाई चिधाउँछन् । तेस्रो सत्रमा उनी चिडीको शैक्षिक समूहको उत्तेजित सदस्यका रूपमा फर्किन्छन्, जसको बारेमा थाहा पाएपछि न्यायाधीशले उनलाई निर्वासित गरिदिन्छन् ।[१८]
  • मार्क इभान ज्याक्सन शनको रूपमा । शन माइकलका दुष्ट हाकिम हुन् । उनले माइकललाई आफ्नो यातना परीक्षण सफल पर्न दुइटा अवसर दिन्छन्, तर माइकलले उनलाई धोका दिएको थाहा पाएपछि उनी माइकलको विपक्षमा पर्छन् ।[१९]
  • लुक गल्डन क्रिस बेकारको रूपमा । उनी "ब्याड प्लेस" का बलिष्ट राक्षस हुन्, जसलाई दोस्रो प्रयासमा एलेनोरको आत्मीयजनको रूपमा नियुक्त गरिएको थियो ।[२०] क्रिसलाई "लिन्डा" को रूपमा भेषमा प्रयोगात्मक राम्रो ठाउँमा पठाइएको थियो ।उ"ब्याड प्लेस" का राक्षसहरूले "गुड ज्यानेट" लाई अपहरण गरी "ब्याड ज्यानेट" सँग प्रतिस्थापन गर्ने क्रममा क्रिसलाई प्रयोगात्मक "गुड प्लेस" मा "लिन्डा" को रूपमा एलेनोर र अरूहरूलाई अल्मलाउन पठाइएको थियो ।
  • जामा विलियमसन भ्यालको रूपमा । उनी "ब्याड प्लेस" का राक्षस र शनका सचिव हुन् ।
  • एमी ओकुडा गेलको रूपमा । उनी "ब्याड प्लेस" का राक्षस हुन्, जसले "गुड प्लेस" मा जेसिकाको भूमिका निर्वाह गर्छिन् । उनले मान्छेहरूप्रति शनले जस्तै लगाव भने देखाउँदैनन् ।
  • स्टिभ बर्ग चकको रूपमा । उनी "ब्याड प्लेस" का राक्षस हुन्, जसले "गुड प्लेस" मा गनरको भूमिका निर्वाह गर्छन् । उनलाई मानिसहरूलाई चपाएर दण्ड दिन मन पर्छ ।
  • बाम्बजान बाम्बा बाम्बजानको रूपमा । उनी "ब्याड प्लेस" का एक चतुर राक्षस हुन्, जसले "गुड प्लेस" मा एउटा वकिलको भूमिका निर्वाह गर्छन् ।
  • जश सिगल ग्लेनको रूपमा । उनी एक "ब्याड प्लेस" राक्षस हुन्, जसले "गुड प्लेस" मा एउटा हँसमुख वासिन्दाको भूमिका निर्वाह गर्छन् । उनी अरू प्राणीहरूको लागि समानुभूति देखाउने राक्षसहरूमध्ये एक हुन् । उनी "टिङ्कर, टेलर, डिमन, स्पाइ" मा विस्फोट हुन्छन् ।
  • जो म्यान्ड टड्रिक "टड" हेम्पलको रूपमा । उनी एक लाभा राक्षस हुन्, जो मानव सुट लगाउन मान्दैनन् ।

मानिसहरू सम्पादन गर्नुहोस्

  • मेरिबेथ मन्रो मिन्डी सेन्ट क्लेरको रूपमा । उनी एक मृत कर्पोरेट वकिल हुन्, जसले लागु पदार्थको प्रयोग गर्दै आयोजना गरेका दान कार्यक्रमहरूको कारणले "गुड प्लेस" र "ब्याड प्लेस" को ठ्याक्क बिचमा पर्ने अङ्क प्राप्त गरिन् । यसको फलस्वरूप न्यायाधीशले उनको लागि "मिडियम प्लेस" को निर्माण गरिन्, जहाँ सबै कुरा मध्यस्थ स्थितिको छ ।
  • कर्बी हावेल-ब्यप्टिस्ट सिमोन गार्नेटको रूपमा । उनी एक अस्ट्रेलियन न्युरोलोजिस्ट हुन् जसले केही समयको लागि चिडीसँग मायाको सम्बन्ध राखेकी थिइन् । उनी प्रयोगात्मक "गुड प्लेस" मा पठाइएको दोस्रो व्यक्ति हुन् ।
  • युजिन कोर्डेरो स्टिभन "पिल्बोइ" पिलिएजको रूपमा । उनी जेसनका सबैभन्दा मिल्ने साथी हुन् ।
  • बेन लसन ल्यारी हेम्सवर्थको रूपमा । उनी हेम्सवर्थ दाजुभाइमध्ये चौथो हुन् र उनले केही समयको लागि टहानीसँग मायाको सम्बन्ध राख्छन् । उनी आकर्षक र सफल भए पनि आफूलाई निरन्तर अपमान गर्छन् ।
  • रेबेका हेजलवूड कमिला अल-जमिलको रूपमा । उनी टहानीकी अत्यन्तै सफल र प्रतिस्पर्धात्मक बहिनी हुन् ।
  • अजय मेहता वकास अल-जमिलको रूपमा । उनी टहानीका बुवा हुन् ।
  • अन्ना खाजा मनिषा अल-जमिलको रूपमा । उनी टहानीकी आमा हुन् ।
  • लेस्ली ग्रोसमान डन्ना शेलस्ट्रपको रूपमा । डन्ना एलेनोरकी स्वार्थी आमा हुन् । तेस्रो सत्रमा उनले नेवाडामा आफ्नी सौतेनी छोरीको पढाइमा चासो राख्ने आमाको रूपमा शान्ति पाएको खुलासा भयो ।
  • एन्जेला ट्रिमबर म्याडिसनको रूपमा । उनी एलेनोरसँगै बस्ने केटी हुन् ।
  • मेरिल ह्याथवे ब्रिट्नीको रूपमा । उनी एलेनोरसँगै बस्ने केटी हुन् ।
  • मिच नरिटो डङ्की डगको रूपमा । उनी जेसनका बोधो बुवा हुन् ।
  • केस्टन जन उजोको रूपमा । उनी चिडीको बाल्यकालका साथी हुन् ।
  • ब्र्यान्डन स्कट जोन्स जन विटनको रूपमा । उनी प्रयोगात्मक "गुड प्लेस" मा पठाइएको पहिलो व्यक्ति हुन् । जीवनमा उनी पत्रपत्रिकामा प्रख्यात व्यक्तिहरूबारे गफ लेख्थे ।
  • बेन कोल्डाइक ब्रेन्ट नोर्वल्कको रूपमा । उनी प्रयोगात्मक "गुड प्लेस" मा पठाइएका चौथो व्यक्ति हुन् । उनी सानैदेखि विशेषाधिकार प्राप्त भएकाले अहंकारी र जातिभेदी छन् ।
  • माइकल मक्कीन र नोआ गार्फिन्कल डग फोर्सेटको रूपमा । मृत्युपश्चातको जीवनको अङ्क प्रणाली झन्डै बुझ्ने मान्छे भनेर माइकलले फोर्सेटको भूमिका खेल्ने गार्फिन्कलका तस्वीर आफ्नो कार्यालयको भित्तामा झुन्दाउछन् । एउटा पछिल्लो भागमा माइकल मक्कीन आफ्नो जीवन राम्ररी बिताउन खोजेको बुढो फोर्सेटको रूपमा आउँछन् । अन्तिम भागमा फोर्सेटको रूपमा गार्फिन्कललाई देख्न सकिन्छ ।

अन्य आकाशीय जीवहरू सम्पादन गर्नुहोस्

  • जेसन मन्ट्जुकस डेरेकको रूपमा । डेरेक ज्यानेटले बनाएका राम्ररी काम नगर्ने कृत्रिम प्रेमी हुन् ।
  • माया रुडल्फ जेनको रूपमा । हाइड्रोजनलाई छोटो गरी जेन बनेको हो । उनी "गुड प्लेस" र "ब्याड प्लेस" बिच पर्ने सबै स्थानहरूको मामिलाहरू हेर्ने न्यायाधीश हुन् ।
  • माइक ओ'म्याली जेफ द डोरम्यानको रूपमा । उनी मृत्युपश्चातको जीवन र पृथ्वीको बिच रहेको धोकाको द्वारपाल हुन् । उनलाई भ्यागुताहरू मन पर्छ ।
  • ब्राड मोरिस म्याटको रूपमा । उनी "गुड प्लेस" र "ब्याड प्लेस" को बिचमा पर्ने लेखापाल कार्यालयमा काम गर्ने आत्मघाती लेखापाल हुन् । उनलाई एलेनोर र माइकलको परीक्षणमा लेखापालको जिम्मेवारी दिइएको थियो । पहिले उनी लेखापाल कार्यालयमा "अनौठो यौनसम्बन्धि कुराहरू" हेर्ने काम गर्थे ।
  • पौल श्यर चकको रूपमा । चक "गुड प्लेस" समितिका प्रमुख हुन् । एलेनोर र उनका साथीहरूलाई सहयोग गर्न चाहे पनि उनले कुनै कार्य गर्दैनन् र सम्झौतामा "ब्याड प्लेस" ले अघि सरेका प्रस्तावहरूलाई पनि सम्मान गर्छन् ।
  • स्टिभन मर्चेन्ट नीलको रूपमा । नील सबै व्यक्तिहरूको जीवनको अङ्क प्रदान गर्ने लेखापाल कार्यालयका प्रबन्धक हुन् । उनले ५०० वर्षदेखि कुनै पनि मान्छेलाई "गुड प्लेस" मा पठाइएको छैन भन्ने खुलासा गर्छन् ।

उत्पादन सम्पादन गर्नुहोस्

कास्टिङ सम्पादन गर्नुहोस्

 
शृङ्खलाका निर्माता माइकल श्यर

अगस्ट १३, २०१५ मा एनबीसीले माइकल श्यरको योजनामा आधारित एक बेनाम १३ भाग भएको टेलिभिजन शृङ्खला बनाउने घोषणा गर्दै प्रेस विज्ञप्ति प्रकाशन गरेको थियो ।[२१] जनवरी १२, २०१६ मा क्रिस्टेन बेल र टेड ड्यानसनले उक्त शृङ्खलाका मुख्य पात्रहरूको भूमिका निर्वाह गर्ने घोषणा गरियो । शृङ्खलाको पहिलो परिसर पनि सार्वजनिकीकरण गरियो, जसमा यो शृङ्खला माइकलको मार्गदर्शनमा एलेनोरको नैतिक सुधारमा केन्द्रित हुन्छ भनियो ।[९] मृत्युपश्चातको जीवनमा यो शृङ्खला केन्द्रित भए पनि पहिलो सत्रको मोडबारे बेलले मुख्य भूमिका खेल्न मानेपछि मात्रै थाहा पाइन् रे ।[२२]

फेब्रुअरी ११, २०१६ मा विलियम ज्याक्सन हार्परलाई क्रिसको भूमिकामा राखिएको थियो, तर पछि उनको पात्रको नामलाई चिडी बनाइयो ।[११] फेब्रुअरी २६, २०१६ मा जमिला जमिललाई टेस्साको भूमिकामा राखिएको थियो, उनको पात्रको नाम टहानी बनाइयो ।[१२] मार्च ३, २०१६ मा म्यानी जसिन्टोलाई "दयालु र राम्रो स्वभाव भएको जेसन" को भूमिका खेल्न ल्याइयो, जसको "दक्षिण फ्लोरिडामा डिस्क जकी बन्ने सपना छ ।"[१६] मार्च १४, २०१६ मा डार्सी कार्डेनले "शंकास्पद विगत भएको बेला बिक्रेता ज्यानेट डेल्ला-डिनन्जियो" को भूमिका खेल्ने भनेर घोषणा गरियो ।[१३] यद्यपि लेखक मेगन अम्रामले पछि यो मजाक भएको कुरा गरिन् ।

विकास सम्पादन गर्नुहोस्

शृङ्खलाको मृत्युपश्चातको जीवनसहितको अन्तिम परिसर मे १५, २०१६ मा घोषणा भएको थियो जब एनबीसीले आफ्नो २०१६-१७ मा आउने शृङ्खलाहरूको घोषणा गर्यो ।[२३]

सुरुमा श्यरले विभिन्न धार्मिक समूह र आस्थाको अनुसन्धान गरेर शृङ्खलामा धार्मिक तत्त्वहरू समावेश गर्ने विचार गरेका थिए तर पछि धर्म निरपेक्ष आस्थाको अवधारणाको छनोट गरे । उनले यस शृङ्खलाको शुटिङ्ग गरेको स्यान म्यरिनो, क्यालिफोर्निया देख्दा पनि सबै समुदायको समावेश देखे, जसले उनको यो निश्चय अझै दृढ हुँदै गयो । उनले धार्मिक उद्धारको साटो नैतिकतामा आधारित गर्दा यस शृङ्खलामा सबै समुदायका मानिसहरू एकअर्कासँग घुलमिल भएको देख्न पाइन्छ ।[२४]

प्रसारण र सार्वजनिकीकरण सम्पादन गर्नुहोस्

यो शृङ्खलाको पहिलो प्रसारण सेप्टेम्बर १९, २०१६ मा भएको थियो ।[२५] जनवरी ३०, २०१७ मा एनबीसीले यसलाई १३ भागको दोस्रो सत्रको लागि नवीकरण गर्यो, जसलाई सेप्टेम्बर २०, २०१७ मा बुधबारको दिन प्रसारण समय सेप्टेम्बर २८, २०१७ मा बिहिबार राति साँढे ८ बजेमा परिणत गर्नु अघि एक घण्टा लामो प्रसारण गरियो ।[२६] डिसेम्बर ४, २०१८ मा एनबीसीले यस शृङ्खलालाई चौथो सत्रको लागि नवीकरण गर्यो ।[२७][२८] डिसेम्बर, २०१८ मा, एनबीसीले चौथो सत्रको लागि शृङ्खला नविकरण गर्‍यो ।[२९] जून ७, २०१९ मा चौथो सत्र अन्तिम हुने घोषणा गरियो ।[७] सेप्टेम्बर २६, २०१९ मा चौथो सत्रको प्रसारण भयो ।[८]

अन्तर्राष्ट्रिय सम्पादन गर्नुहोस्

कयौँ अन्तर्राष्ट्रिय क्षेत्रहरूमा यस शृङ्खलालाई नेटफ्लिक्सद्वारा वितरण गरियो । शृङ्खलाको प्रथम सत्र सेप्टेम्बर २१, २०१७ मा सार्वजनिकीकरण भएको थियो भने अन्य भागहरू अमेरिकामा प्रसारित भएको २४ घण्टा भित्र उपलब्ध भए ।[३०][३१]

घरेलु मिडिया सम्पादन गर्नुहोस्

द गुड प्लेसका सबै डि.भी.डि.हरू शाउट ! फ्याक्ट्रीद्वारा वितरण भएको थियो । अक्टोबर १७, २०१७ मा प्रथम सत्रलाई डि भी डि क्षेत्र १ (अमेरिका, पोर्टो रिको, क्यानाडा र बर्मुडा) मा प्रसारण गरिएको थियो ।[३२] जुलाई १७, २०१८ मा डि.भी.डि.मा दोस्रो सत्रको प्रसारण गरियो ।[३३] जुलाई ३०, २०१९ मा डि.भी.डि.मा तेस्रो सत्रको प्रसारण भयो ।[३४]

सम्पूर्ण शृङ्खलालाई मे १९, २०२० मा ब्लू-रेमा प्रसारण गरियो ।[३५]

आलोचनात्मक प्रतिक्रिया सम्पादन गर्नुहोस्

 
शृङ्खलामा टेड ड्यानसनको प्रदर्शन प्रशंसा प्राप्त भएको छ ।
सत्र आलोचनात्मक प्रतिक्रिया
रटन टमेटोज मेटाक्रिटिक
९२% (७१ समिक्षाहरू) ७८ (३२ समीक्षाहरू)
१००% (५८ समीक्षाहरू) ८७ (१० समीक्षाहरू)
९८% (४७ समीक्षाहरू) ९६ (५ समीक्षाहरू)
१००% (२१ समीक्षाहरू) उपलब्ध/नभएको

रटन टमेटोजमा ७१ समीक्षाहरूमा आधारित भई पहिलो सत्रलाई ९२% र १० मा ७.७४ दिइएको छ । यस साइटको आलोचनात्मक सहमतिमा लेखिएको छ, "क्रिस्टेन बेल र टेड ड्यानसनले मृत्युपश्चातको जीवनको यो हास्य चित्रणमा आफ्ना अत्यन्तै मनोरन्जक प्रदर्शनले सबैको मन जितेका छन् ।"[३६] मेटाक्रिटिकमा ३२ आलोचकहरूको समीक्षानुसार पहिलो सत्रले १०० मा ७८ पाएको छ, जसले "सामान्यतया अनुकूल समीक्षा" जनाउँछ ।[३७]

रटन टमेटोजमा ५८ समीक्षाहरूमा आधारित भई दोस्रो सत्रलाई १००% र १० मा ८.९५ दिइएको छ । यस साइटको आलोचनात्मक सहमतिमा लेखिएको छ, "जानीजानी आफ्नो परिसरको अन्त्यमा मोड ल्याई द गुड प्लेसले पहिलो भन्दा पनि हाँस उठ्ने दोस्रो सत्र बनाउन सफल भएको छ ।"[३८] मेटाक्रिटिकमा १० आलोचकहरूको समिक्षानुसार दोस्रो सत्रले १०० मा ८७ ल्याएको छ, जसले "विश्वव्यापी प्रशंसा" जनाउँछ ।[३९]

रटन टमेटोजमा ४७ समीक्षाहरूमा आधारित भई तेस्रो सत्रलाई ९८% र १० मा ८.३५ दिइएको छ । यस साइटको आलोचनात्मक सहमतिमा लेखिएको छ, "सधैँझैँ जिज्ञासु, द गुड प्लेस अझै अन्तर्दृष्टि खुलाउने एक मात्र शृङ्खला रहन्छ ।"[४०] मेटाक्रिटिकमा ५ आलोचकहरूको समीक्षानुसार तेस्रो सत्रले १०० मा ९६ ल्याएको छ, जसले "विश्वव्यापी प्रशंसा" जनाउँछ ।[४१]

रटन टमेटोजमा २१ समीक्षाहरूमा आधारित भई चौथो सत्रलाई १००% र १० मा ८ ३३ दिइएको छ । यस साइटको आलोचनात्मक सहमतिमा लेखिएको छ, "अन्त्यसम्म नै दार्शनिक सवारीमा लाग्ने द गुड प्लेसले एउटा अत्यन्तै राम्रो अन्तिम सत्र प्रस्तुत गरेको छ ।"[४२]

सन् २०१९ मा द गार्डियनले २१ औँ शताब्दीको सबैभन्दा राम्रो १०० शृङ्खलाहरूको सूचीमा द गुड प्लेसलाई ६९ औँ स्थानमा राखेको छ ।[४३]

द सेलेक्शन सम्पादन गर्नुहोस्

सन् २०१९ को सेप्टेम्बरमा द गुड प्लेसको चौथो सुत्रको सार्वजनिकीकरण अगाडि एनबीसीले आफ्नो वेबसाइट, एप र युट्युब च्यानलमा एरिक किसाकद्वारा निर्देशित द सेलेक्शन नामक ६ भाग भएको वेब शृङ्खला निकालेको थियो । तेस्रो सत्रको "चिडी सिज द टाइम-नाइफ" नामक भागको बिचको समयमा आधारित यस शृङ्खलाले माइकलको पूर्व हाकिम शन र उसका सहायकहरूले माइकलको "गुड प्लेस" मा राख्ने ४ जना मान्छेहरूको छनोट गरेको देखाउँछ । द गुड प्लेसमा शन र उसका सहायकहरूको भूमिका खेल्ने मार्क इभान ज्याक्सन, जश सिगल, बाम्बजान बाम्बा, एमी ओकुडाजामा विलियमसन यस शृङ्खलाका मुख्य पात्रहरू हुन् । यस शृङ्खलाको तेस्रो भागमा जो म्यान्डले टड्रिक "टड" हेम्पलको भूमिका निभाएका छन् ।[४४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Wansbrough, Aleksandr Andreas (नोभेम्बर ८, २०१७), "Kantian comedy: the philosophy of The Good Place", The Conversation, मूलबाट डिसेम्बर २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१७ 
  2. Lombrozo, Tania (अक्टोबर २३, २०१७), "The Good Psychology In 'The Good Place'", NPR, मूलबाट डिसेम्बर २०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१७ 
  3. Brogan, Jacob (अक्टोबर २७, २०१७), "On The Good Place, Thinking Too Much About How to Be Good Can Send You Straight to Hell", Slate, मूलबाट डिसेम्बर १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१७ 
  4. Moore, Trent (जनवरी ३१, २०१७), "NBC renews acclaimed fantasy sitcom The Good Place for Season 2", Syfy, मूलबाट डिसेम्बर २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २२, २०१७ मिति
  5. Menta, Anna (अक्टोबर १९, २०१७), "How Mike Schur's 'The Good Place' Is Revolutionizing the Sitcom", Newsweek, मूलबाट डिसेम्बर २३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१७ 
  6. Goldberg, Lesley (जुन ७, २०१९), "'The Good Place' to End With Season 4 on NBC (Exclusive)", The Hollywood Reporter, मूलबाट अप्रिल ८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १५, २०२०, "We've gotten to do for 53 episodes — because we're doing 14 episodes this season and doing an hourlong series finale." 
  7. ७.० ७.१ Ausiello, Michael (जुन ७, २०१९), "The Good Place to End With Season 4", TVLine, मूलबाट जुन ८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ८, २०१९ 
  8. ८.० ८.१ Pederson, Erik (जुन १७, २०१९), "NBC Fall Premiere Dates: 'The Voice', 'This Is Us', New 'Bluff City Law' & 'Sunnyside', More", Deadline Hollywood, मूलबाट जुन १७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १७, २०१९ 
  9. ९.० ९.१ NBC press release (जनवरी १२, २०१६), "Ted Danson and Kristen Bell Join Cast of Michael Schur's New NBC Comedy "Good Place"", The Futon Critic, अन्तिम पहुँच फेब्रुअरी १२, २०१६ 
  10. Pearce, Tilly (सेप्टेम्बर २९, २०१८), "The Good Place’s Eleanor is ‘super bisexual’ and a romance with Tahani is not off the table", Metro, मूलबाट अप्रिल १९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १९, २०१९ 
  11. ११.० ११.१ Andreeva, Nellie (फेब्रुअरी ११, २०१६), "'Good Place' NBC Comedy Series Casts William Jackson Harper", Deadline Hollywood, मूलबाट फेब्रुअरी १२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १२, २०१६ 
  12. १२.० १२.१ Andreeva, Nellie (फेब्रुअरी २५, २०१६), "'Good Place': British Presenter Jameela Jamil Cast in Mike Schur NBC Series", Deadline Hollywood, मूलबाट मार्च १२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १२, २०१६ 
  13. १३.० १३.१ Andreeva, Nellie (मार्च १४, २०१६), "'Good Place': UCB Performer D'Arcy Carden Cast in Mike Schur NBC Series", Deadline Hollywood, मूलबाट मार्च १५, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १५, २०१६ 
  14. Perkins, Dennis (नोभेम्बर १५, २०१८), "D'Arcy Carden dazzles as The Good Place drops yet another few narrative bombshells", The A.V. Club, मूलबाट डिसेम्बर ७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ७, २०१८ 
  15. Romain, Lindsey (जनवरी ४, २०१९), "Visit Janet’s Void from THE GOOD PLACE Thanks to This Live Stream", Nerdist, मूलबाट जनवरी ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ५, २०१९ 
  16. १६.० १६.१ Petski, Denise (मार्च ३, २०१६), "'Good Place' NBC Comedy Series Casts Manny Jacinto; Julie Goldman Joins ABC's Weeks/Mackay Project", Deadline Hollywood, मूलबाट फेब्रुअरी १, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १२, २०१६ 
  17. Egner, Jeremy (जनवरी २८, २०२०), "‘The Good Place’ Finale Finds the Meaning of Life: ‘Yep, Nailed It’", The New York Times, मूलबाट मार्च २१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २१, २०२० 
  18. Blevins, Joe (अक्टोबर २१, २०१६), "Adam Scott is ascending into The Good Place for multiple episodes", The A.V. Club, मूलबाट मे ११, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २६, २०१७ 
  19. Rogers, Adam (जुलाई २७, २०१८), "The Good Place's Podcasters Are Smart Motherforkers", Wired, मूलबाट मार्च २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ८, २०१९ 
  20. "'The Good Place' Season 2 Finale Teased By Newcomer Luke Guldan", International Business Times, सेप्टेम्बर २८, २०१७, मूलबाट नोभेम्बर १४, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १६, २०१८ 
  21. "Michael Schur Returns to NBC with Series Order for Untitled Comedy", The Futon Critic, अगस्ट १३, २०१५, अन्तिम पहुँच अप्रिल २७, २०१७ 
  22. "Kristen Bell on Twitter", Twitter, जनवरी १९, २०१७, मूलबाट फेब्रुअरी ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०१७ 
  23. "NBC Augments Its Stable Schedule with Ambitious New Dramas, High-Concept Comedies and Unpredictable Unscripted Series", The Futon Critic, मे १५, २०१६, अन्तिम पहुँच जनवरी २४, २०१७ 
  24. Ostrow, Joanne (सेप्टेम्बर १५, २०१६), "How Will NBC's 'The Good Place' Tackle Religion?", The Hollywood Reporter, मूलबाट अक्टोबर १४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ११, २०१७ 
  25. O'Connell, Michael (जुन १५, २०१६), "NBC Sets Fall Premiere Dates, Gives 'Good Place' a Choice Preview Slot", The Hollywood Reporter, मूलबाट नोभेम्बर ९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ११, २०१७ 
  26. Ausiello, Michael (जुलाई ३१, २०१७), "NBC Tweaks Fall Rollout: Good Place Gets Early Talent-Boosted Premiere, The Blacklist Return Moved Up", TVLine, मूलबाट जुलाई ३१, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१७  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३१, २०१७ मिति
  27. Sandberg, Bryn Elise (नोभेम्बर २१, २०१७), "'The Good Place' Renewed for Season 3 at NBC (Exclusive)", The Hollywood Reporter, मूलबाट नोभेम्बर २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २१, २०१७ 
  28. Mitovich, Matt Webb (जुन १९, २०१८), "NBC Fall Premiere Dates: This Is Us, #OneChicago, XL Good Place and More", TVLine, मूलबाट सेप्टेम्बर १३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १९, २०१८ 
  29. Nemetz, Dave (डिसेम्बर ४, २०१८), "The Good Place Renewed for Season 4", TVLine, मूलबाट डिसेम्बर ५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ४, २०१८ 
  30. Munn, Patrick (अगस्ट २३, २०१७), "Netflix Picks Up UK Rights To NBC’s Comedy Series ‘The Good Place’, Sets September Premiere", TV Wise, मूलबाट सेप्टेम्बर २८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१९  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २८, २०१९ मिति
  31. Spencer, Samuel (सेप्टेम्बर २६, २०१९), "'The Good Place' Season 4 Release Date, Cast, Trailer, Plot: When is the NBC Show Back?", Newsweek, मूलबाट डिसेम्बर ५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ५, २०१९ 
  32. Lambert, David (सेप्टेम्बर १२, २०१७), "The Good Place - Official Studio Press Release for 'The Complete 1st Season'", TVShowsOnDVD.com, मूलबाट अक्टोबर ११, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ११, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ११, २०१७ मिति
  33. Prange, Stephanie (जुन ५, २०१८), "Season 2 of 'The Good Place' Due on DVD July 17", Media Player News, मूलबाट जुलाई १५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०१८ 
  34. Latchem, John (जुलाई २४, २०१९), "‘The Good Place’ Season 3 on DVD July 30", Media Player News, मूलबाट जुलाई ३१, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१९ 
  35. "The Good Place: The Complete Series [Collector's Edition]", Shout! Factory, अन्तिम पहुँच फेब्रुअरी १, २०२० 
  36. "The Good Place: Season 1", Rotten Tomatoes, Fandango Media, मूलबाट मे २३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१९ 
  37. "The Good Place - Season 1 Reviews", Metacritic, CBS Interactive, मूलबाट जुलाई २१, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१९ 
  38. "The Good Place: Season 2", Rotten Tomatoes, मूलबाट नोभेम्बर २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१९ 
  39. "The Good Place - Season 2 Reviews", Metacritic, मूलबाट फेब्रुअरी ६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २६, २०१८ 
  40. "The Good Place: Season 3", Rotten Tomatoes, मूलबाट जुन १९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१९ 
  41. "The Good Place - Season 3 Reviews", Metacritic, मूलबाट फेब्रुअरी १०, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २६, २०१८ 
  42. "The Good Place: Season 4", Rotten Tomatoes, मूलबाट अक्टोबर १८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २५, २०१९ 
  43. "The 100 best TV shows of the 21st century", The Guardian, सेप्टेम्बर १३, २०१९, मूलबाट नोभेम्बर १, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २३, २०१९ 
  44. Haring, Bruce (सेप्टेम्बर १३, २०१९), "‘The Good Place’ Preps Viewers For Its Final Season With ‘The Selection’ Digital Series", Deadline, मूलबाट सेप्टेम्बर २५, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २५, २०१९ 

बाह्य कडी सम्पादन गर्नुहोस्