देशभक्त पर्यावरणीय सामाजिक मोर्चा

देशभक्त पर्यावरणीय सामाजिक मोर्चा नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद ढकाल हुन् । देशभक्त पर्यावरणीय सामाजिक मोर्चाको केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह तीनपात थियो।[१] देशभक्त पर्यावरणीय सामाजिक मोर्चाले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २१७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,२९३ मत प्राप्त गरेको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०