दाँतमा किरा लाग्ने
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकण (मुख्यतः गुलियो र स्टार्च) लाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गर्छ। ब्याक्टेरियाका कारण उत्पन्न यो अम्लले मुखको र्यालसँग मिलेर टाँसिने पदार्थ (प्लाक) बनाउँछ। प्लाक दाँतमा टाँसिन्छ। धेरै दिनसम्म दाँतको सफाइ नभए प्लाक कडा भएर टार्टर बन्छ। टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ। प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाएपछि यसैलाई दाँतमा कीरा लाग्नु भनिन्छ।
दाँतमा कीरा लाग्नबाट बच्ने मुख्य उपाय भने बिहान जस्तै राति सुत्ने बेलामा समेत राम्ररी ब्रस गर्नु हो। गुलियो र स्टार्चजस्ता वस्तुको कम सेवन गर्नुको साथै यस्ता खाद्य पदार्थ सेवन गरेपछि अनिवार्य रूपमा कुल्ला वा ब्रस गर्नुपर्छ। तर कीरा लागेमा यसको उपचार केवल फिलिङ मात्र हो। फिलिङ नगराउँदा दाँतमा चिसो, तातो, गुलियो, अमिलो पर्दा चस्का लाग्ने गर्छ। दाँतमा पीडा हुनुका साथै पिप बन्छ। पछि दाँत बिग्रँदै गएर रुट क्यानल टि्रटमेन्टसम्म गराउनुपर्न हुन्छ। दाँतमा गहिरो प्वाल हँुदा यो प्रक्रिया अपनाइन्छ। पछि दुखाइ र संवेदनशीलता नहँुदा स्थायी फिलिङ गरिन्छ। स्थायी फिलिङअन्तर्गत विभिन्न प्रकारको दाँत भर्ने प्रक्रिया अपनाइए पनि मुख्य रूपमा भने सिल्भर फिलिङसमेत एउटा हो।
दाँत भर्न कम्पोजिट फिलिङसमेत गरिन्छ। यसलाई कस्मेटिक र टुथ कलर फिलिङसमेत भनिन्छ। यस्तो फिलिङ गराइएको लगत्तै खाने कुरा लिन सकिन्छ। यस्तो फिलिङ दाँतको रङको हुने भएकाले उपचार गरेको अरूलाई सहजै थाहा हुँदैन। यो बढी टिक्छ पनि। अब नौलो प्रविधिका सामान आउनाले यो फिलिङ अझ बलियो भएको छ। तर यो फिलिङ गराउँदा ताका दाँत सुख्खा हुनुपर्छ। नत्र दाँतमा भर्ने पदार्थ निस्किने डर हुन्छ। बालबालिकामा यो फिलिङ गरिँदैन।
दाँत भर्ने अर्को प्रक्रिया जिआई फिलिङसमेत हो। जिआई फिलिङको पूरा नाम ग्लास इनोमर सिमेन्ट फिलिङ हो। यो प्रायः बालबालिका वा वयस्क व्यक्तिको संवेदनशील दाँतमा गरिन्छ। यसमा सिलिका हुनुको साथै यो हलुको हुन्छ। यसैले चपाउने दाँतमा यो फिलिङ गरिँदैन। फिलिङ गराएको एक घन्टासम्म केही खानु हुन्न। यसमा भएको पmलोराइडले पछि कीरा लाग्नबाट रोक्छ। यसैले यसलाई पि्रजरभेटिभ फिलिङ समेत भनिन्छ। यो सेतो भए पनि दाँतको रंगजस्तै नदेखिने भएकाले राम्रो देखिँदैन। सबै दाँतमा यो फिलिङ गर्न सकिँदैन। चपाउने र अगाडिको दाँतमा यसको उपयोग गरिँदैन, किनभने यो त्यति बलियो हँुदैन। यो फिलिङ अचेल दाँतको रंगमा समेत आउन थालेको छ।