मुख्य सूची खोल्नुहोस्

दम

सास फेर्न समस्या हुन थाल्नु


दम दम (Asthama ) रोगभन्दा पनि रोगहरूको लक्षण हो। यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ। यस कारणले फोक्सोमा हावा जान कठिनाइ हुन्छ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो।

बच्ने उपायसम्पादन

दमको कुनै स्पष्ट कारण हुदैन। बंशाणुगत कारण पनि एक मानिएको छ। अर्थात्, परिवारका अग्रजलाई यो रोग लागेको भए हुने आशंका बढी हुन्छ। दम हुने अर्को कारण पनि छ। वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ। उमेरसँग दमको कुनै सम्बन्ध छैन। यो कुनै पनि उमेरमा हुन सक्छ। ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी जिम्मेवार हुन सक्छ। ३० वर्षभन्दा माथिकालाई वातावरणमा झुन्डि रहने हावाका कणले गर्दा पनि दम हुन सक्छ। बुढापाकालाई भने चुरोट, बिडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ।

खोकी र दममा फरकसम्पादन

खोकी र दम फरक-फरक स्थिति हुन् भन्ने बिषेशज् हरूको राय छ। तापनि दमबाट पीडितहरूलाई सामान्य रूपमा सास फेर्न असजिलो हुन्छ। र, उनीहरू प्रायः धेरै खोकिरहन्छन्।स्थायी खोकी दमको एउटा लक्षण हुन सक्छ। खोकी फोक्सोबाट हानिकारक कण निकाल्न सहयोग गर्ने शरीरको सामान्य क्रिया हो। यो कण सामान्य रूपमा धुलो, ब्याक्टेरिया, भाइरस, सा्राव हुन्छ। यदि निरन्तर बढी नै खोकी लागिरहने गरेको छ भनेचाहिँ यो फोक्सोमा समस्याको संकेत हो।

दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ। दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ। यसले सास फेर्न गार्‍हो हुन्छ। यसले हावाको नलीमा जलनसमेत हुन्छ। कहिलेकाहीँ टाँसिने पदार्थ कफ बन्छ जसले हावाको नलीमा जम्मा भएर सास फेर्नमा समस्या उत्पन्न गर्छ। छातीबाट प्रायः घ्यारघ्यार निस्कन्छ। दममा फोक्सोमा भएको हावाको नली धेरै सम्वेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रै इरिटेन्ट प्रति प्रतिक्रिया गर्छ। यसलाई चिकित्सकीय भाषामा टि्रगर भनिन्छ। जसले दमको स्तिथि पैदा गर्छ |

रोगको लक्षणसम्पादन

१. छिटछिटो सास फेर्नु

२. सास फेर्न असजिलो हुनु

३. खोकीले गर्दा निद्रामा अवरोध हुनु

४. बारम्बार खोकीको अनुभव हुनु

५. खोकी प्रायः राति लाग्नु

६. सासमा घ्यारघ्यार सुनिनु

७. सास फेर्दा सिटी बजेजस्तो हुनु

८. छातीमा पीडा अनुभव हुनु

सावधानीसम्पादन

१. जाडोमा हरेक समय न्यानो लुगा लगाउने

२. कोल्ड डि्रंक, आइस आदि नखाने

३. फ्रिजका खानेकुरा पनि नखाने

४. बालबालिकालाई सिरक ओढाएर सुताउने

५. बिहानबेलुका घरबाहिर ननिस्कने

६. रुखा, खोकी वा सासको समस्या देखिए जँचाउने

७. धुलोबाट बच्ने, धुलीकण घातक हुन सक्छ

८. घरपालुवाबाट टाढा रहने

९. घरपालुवालाई सातैपिच्छे नुहाइदिने

१०. एलर्जीको परीक्षण गराउने

११. धूमपान नगर्ने, भए ठाउँ नजाने

१२. एयरटाइट गद्दा, बक्स स्पि्रङ र सिरान उपयोग नगर्ने

१३. करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने

१४. दमको अटयाक हुनासाथ नहड्बडाउने

१५. कुहिरो र हुस्सुमा नहिँड्ने

१६. भीडभाड भएको ठाउँमा नजाने

१७. राति हलुका खाना खाने

१८. सुत्ने कोठामा हिटरको उपयोग नगर्ने

उपचरको लागि सबै भन्दा पहिले कुन् कुरले गर्द एलर्जि भयेको हो त्यो थाहा पाये रोग सधैको लागि निरमुल् गर्न सकिन्छ।नत्रा साल्बुटामओल् जस्ता आउषधि सधै खनु पर्ने हुन्छ्।ड।को शल्हा लिनु रम्रो हुन्छ। [१]

=उपचारसम्पादन

sj

सन्दर्भसम्पादन

  • [१]:जाडोमा दम -अतुल मिश्र
"https://ne.wikipedia.org/w/index.php?title=दम&oldid=550618" बाट निकालिएको