शान्तिगञ्ज उपजिल्ला

बङ्गलादेशको सिलेट विभागमा पर्ने एक उपजिल्ला

शान्तिगञ्ज (बङ्गाली: শান্তিগঞ্জ) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

शान्तिगञ्ज
শান্তিগঞ্জ
बाङ्लादेशको नक्शामा दक्षिण सुनामगञ्ज उपजिल्लाको अवस्थिति
बाङ्लादेशको नक्शामा दक्षिण सुनामगञ्ज उपजिल्लाको अवस्थिति
देश बङ्गलादेश
विभागसिलेट विभाग
जिल्लासुनामगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा३०३.१७ किमी (११७.०५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा१८३,८८१
 • घनत्व६१०/किमी (१६००/वर्ग माइल)
वासिन्दाशान्तिगञ्जी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटwww.southsunamganj.sunamganj.gov.bd

भूगोल सम्पादन गर्नुहोस्

दक्षिण दिनाजपुर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°४९' देखि २५°१०' उत्तर अक्षांश र ९१°१४' देखि ९१°२७' पूर्वी देशान्तरमा अवस्थित छ। दक्षिण सुनामगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५९.०५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सुनामगञ्ज सदरदोवारागञ्ज उपजिल्लाले उत्तर, जगन्नाथपुरदिराई उपजिल्लाले दक्षिण, दोवाराबाजारछातक उपजिल्लाले पूर्व र जामालगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेका छन्। बडदल बिल, उफा बिल, करचाबडार बिल, बेहाला बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १४७८९२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७५४३४ छ भने महिलाको जनसङ्ख्या ७२४५८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३१६४९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६१५३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ८, र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८२ रहेको छ। यस उपजिल्लामा गरो र मणिपुरी जनजातिहरू बसोबास गर्छन्।[३] यस उपजिल्लामा १५० मस्जिद र २० मन्दिरहरू रहेका छन्। यस उपजिल्लाका ७२.४८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने १३.६४% ले पोखरी, ०.९२% ले टुटी र १२.९६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ११.८३% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[४]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, तोरी, पिठो तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, भूइँकटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, गहुँ लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तिल र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १७५ माछापालन केन्द्र, ६० दुग्ध सङ्कलन केन्द्र तथा ७ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.३९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.६९%, उद्योगमा ०.४९% वाणिज्यमा ७.१५%, सञ्चार र यातायातमा ०.५२%, निर्माण क्षेत्रमा ०.४२%, सुविधामा २.७५%, धार्मिक सेवामा ०.३७%, वैदेशिक रोजगारी तथा भाडामा ३.५४% र अन्यमा १०.६८% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय शान्तिगञ्ज उपजिल्लाको स्थापना सन् २००६ जुन ६ कन दिन गरिएको थियो।[५] यस उपजिल्लामा ८ सङ्घ परिषद्हरू रहेका छन् जुन यस प्रकार छन्; दुर्गापाशा सङ्घ परिषद्, जयकलस सङ्घ परिषद्, पथरिया सङ्घ परिषद्, पश्चिम वीरगाँउ सङ्घ परिषद्, पश्चिम पागला सङ्घ परिषद्, पूर्व वीरगाँउ सङ्घ परिषद्, पर्व पागला सङ्घ परिषद् र शिमुलबाक सङ्घ परिषद्।[६]

शिक्षा सम्पादन गर्नुहोस्

यस जिल्लाको कुल साक्षरता दर ३१.१६% रहेको छ जसमध्ये पुरुषको साक्षरता २८.४५% छ भने महिलाको साक्षरता दर २७.५१%रहेको छ। यस उपजिल्लामा १ क्याम्पस, १३ माध्यमिक विद्यालय, ९५ प्राथमिक विद्यालय र ५ मदरसाहरू रहेका छन्। पागलन उच्च विद्यालय, नोयाखाली सप्तग्राम उच्च विद्यालय, गणिनगर षोलग्राम उच्च विद्यालय, डुङ्रिया उच्च विद्यालय, जयकलस उजानीगाँउ रशिदियन उच्च विद्यालय, सुरमा उच्च विद्यालय, पूर्व पागला उच्च विद्यालय, उजानीगाँउ सरकारी प्राथमिक विद्यालय, सदरपुर सरकारी प्राथमिक विद्यालय, मानिकपुर सरकारी प्राथमिक विद्यालय, पाथारिया सरकारी प्राथमिक विद्यालय, गनीगञ्ज सरकारी प्राथमिक विद्यालय, बीरगाँउ सरकारी प्राथमिक विद्यालय, पागला सरकारी प्राथमिक विद्यालय, रनसी सरकारी प्राथमिक विद्यालय, चिकारकान्दि सरकारी प्राथमिक विद्यालय, जामेया इस हाजी आक्राम आली दाखिल मदरसा, आमरिया इसलामिया आलिम मदरसा आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "আঞ্চলিক পরিচিতি", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। [dead link]
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "दक्षिण सुनामगञ्ज उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "বাংলাদেশ পরিসংখ্যান ব্যুরো", २०१५-११-१३। 
  4. জনসংখ্যা ও আবাসন শুমারি ২০১১ वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-१३ मिति
  5. ইউনিয়ন পরিষদ তালিকা স্থানীয় সরকার প্রকৌশল বিভাগ। বাংলাদেশ সরকার।
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्