थ्री हङकङ (थ्री एचकेको रूपमा पनि चिनिने); (सरलीकृत चिनियाँ: 3香港) हङकङको एक दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक हो। हचिसन दूरसञ्चार हङकङ होल्डिङ्स, सीके हचिसनको एक सहायक यसले विश्वव्यापी रूपमा तीन ब्राण्डको रूपमा सेवा सञ्चालन गर्दै आइरहेको छ। थ्री हङकङ पहिलो पुनर्गठित कम्पनी हो, जसले विभिन्न स्थानहरूमा अन्य सञ्चालन विकासको लागि नेतृत्व गर्दछ।[२]

थ्री हङकङ
पूर्व नाम
हचिसन दूरसञ्चार हङकङ
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगदूरसञ्चार, इन्टरनेट पहुँच
पूर्ववर्तीओरेञ्ज[१]
स्थापित१९८४; ४० वर्ष अघि (१९८४)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
हङकङ
मालिकसिके हचिसन
मूल सङ्गठनहचिसन दूरसञ्चार
हङकङ
वेबसाइटthree.com.hk

यो कम्पनी सन् १९८४ मा स्थापना भएको थियो तर यसको आधिकारिक नाम थ्री हङकङको रूपमा सन् २००२ मा राखिएको थियो।[३] यसले हाल साढे चौथो पुस्ता ४.५ जी, चौथो पुस्ता, विश्वव्यापी मोबाइल सञ्चार प्रणाली दोहोरो ब्याण्ड मोबाइल दूरसञ्चार र वाइ-फाई सेवा पनि यसको आफ्नै सञ्जाल पूर्वाधार मार्फत प्रदान गर्दछ। थ्री हङकङले खेलकुद र गृह मन‍ोरञ्जन सेवाहरूको पनि प्रदान गर्दछ।[४][५]

थ्रीको सेवा केन्द्र, मोङ कोमा
थ्रीको सेवा केन्द्र

इतिहास सम्पादन गर्नुहोस्

यो कम्पनी सन् १९८४ मा हचिसन दूरसञ्चार हङकङको रूपमा सुरुवात भएको थियो। यो दूरसञ्चार कम्पनीले हङकङमा उन्नत मोबाइल फोन सेवा सेलुलर रेडियो दूरभाष सञ्जाल सञ्चालन गर्नको लागि अनुमति पत्र प्राप्त गरेको थियो। त्यसपछि, सन् १९८५ मा थ्रीले हङकङको पहिलो अनुरूप मोबाइल दूरसञ्चार सेवाको थालनी गरेको थियो।

सन् १९९५ मा, थ्रीले आफ्नो विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवात गरेको थियो। सन् १९९८ मा, थ्रीले हङकङ आफ्नो पहिलो दोहोर ब्याण्ड सञ्जाल सुरु गरेको थियो जुन चाहिँ एसियाकै पहिलो दोहोरो ब्याण्ड सञ्जाल हो।

मे २००४ मा, मे २००४ मा, यसको सम्बद्ध दोस्रो पुस्ता सञ्चालक ओरेञ्जले आफ्नो सेवा पुनर्गठन गर्दै विश्वव्यापी मोबाइल सञ्चार प्रणाली उत्पादनको नाम "थ्री डुयलब्याण्ड" मा र सिडिएमए उत्पादनको नाम "३ सिडिएमए"मा परिवर्तन गरेको थियो।

२९ मे २००८ मा, हचिसन दूरसञ्चार (हङकङ) लिमिटेडले एक अमेरिकी प्रविधि कम्पनी एप्पलसँग एक सम्झौतामा हस्ताक्षर गरेको र अर्को वर्ष आईफोनलाई हङकङ र मकाउमा ल्याउने कुराको घोषण गरेको थियो।

सन् २०१२ मा, थ्रीले हङकङमा चौथो पुस्ता सेवाको सुरुवात गरेको थियो। त्यसपश्चात, कम्पनीले हङकङको प्रमुख रेलमार्ग प्रणाली एमटिआरमा सेवाको पूर्ण रूपमा विस्तार गरिने बताएका थिए।

सोही वर्ष, थ्रीले बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनसँग सहकार्य गरेको थियो। थ्री हङकङ कोनेक्सस मोबाइल एलायन्सको पनि सदस्य बनेको थियो।

सन् २०१४ मा, थ्रीले, थ्री स्काइप फोन शृङ्खला र भिओएलटिई सेवा प्रदान गर्ने घोषण गरेको थियो।

सन् २०१६ मा, थ्रीले साढे चौथो पुस्ता सेवाको सुरुवात गरेको थियो।[६]

सन् २०१७ मा, हङकङले रेजरसँग सहकार्य गर्दै कजवे खाडीमा नयाँ रेजर केन्द्रको सुरुवात गरेको थियो।[७][८]

सन् २०१७ मा, थ्री हङकङले पाँचौ पुस्ता प्रदान गर्नका लागि हुवावेसँग साझेदारी गरेको बताएको थियो।[९][१०]

सेवा सम्पादन गर्नुहोस्

जून २०१७ सम्म, थ्री हङकङका ३.०७८ मिलियन ग्राहकहरू छन् जसले गर्दा यो हङकङको तेस्रो ठूलो मोबाइल सञ्जाल सञ्चालनक बनेको छ।

गृह विस्तृत पट्टि सम्पादन गर्नुहोस्

थ्री हङकङले मूल रूपमा थ्री गृह विस्तृत पट्टिको रूपमा गृह विस्तृत पट्टि सेवाहरू प्रदान गरिरहेको छ। सन् २०१७ मा, थ्री गृह विस्तृत पट्टिलाई थ्रीसँग अलग र थ्री ब्राण्ड छोड्दै पुनर्गठित गरिएको थियो। यो सेवा एचजिसी ग्लोबल कम्युनिकेसन्सको प्रमुख सेवाहरू मध्ये एक थियो जुन सीके हचिसनको अर्को सहयोगी कम्पनी हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "澳门移动赌博大获全胜", साउथ चाइना मर्निङ पोष्ट (चिनियाँमा), अन्तिम पहुँच २०१८-०९-०९ 
  2. "公司 | 3香港", थ्री डटकम डट एचके, अन्तिम पहुँच २०१८-०२-१९ 
  3. "和记黄埔确认3G服务的品牌名称——थ्री डटकम डट एचके | 3香港", थ्री डटकम डट एचके, अन्तिम पहुँच २०१८-०२-२१ 
  4. "3香港GASH游戏服务积分团队" (चिनियाँमा), अन्तिम पहुँच २०१८-०२-२० 
  5. "3HK | Launch Google Chromecast in Hong Kong for a new OTT home entertainment experience - थ्री डटकम डटएचके | 3香港", थ्री डटकम डट एचए, अन्तिम पहुँच २०१८-०२-१९ 
  6. "Hutchison Telecom to add new 4G network, ramp up infrastructure in Hong Kong later this year", साउथ चाइना मर्निक पोष्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-१९ 
  7. "Three Group, Razer push forward e-sports expansion in Hong Kong", साउथ चाइना मर्निङ (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०२-१९ 
  8. "RazerStore launches in Hong Kong in partnership with 3HK", जम्पष्टार्ट म्यागजिन (चिनियाँमा), २०१७-०६-२६, अन्तिम पहुँच २०१८-०२-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१९ मिति
  9. पेरेज, बिन (१० अप्रिल २०१७), "Hutchison, Huawei start 5G preparations in Hong Kong", साउथ चाइना मर्निङ पोष्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २० अक्टोबर २०१९ 
  10. "3香港推出900兆赫兹波段的铌物联网网络-移动世界直播", मोबाइल वर्ल्ड लाइभ (चिनियाँमा), २०१७-०९-२२, अन्तिम पहुँच २०१८-०२-१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्