थुन्दर नेपालको परम्परागत बाजा हो । यो देख्दा डमरुजस्तो लाग्छ । यो बाजा लामाहरूको विशेष पूजामा प्रयोग गरिन्छ । घ्याङ तथा गुम्बामा यो बजाइन्छ । सानो काठको टुक्रालाई विशेष तरिकाले खोपेर दुवैतिर छालाले बेरिन्छ । काठको माझमा सानो घाँटी राखिएको हुन्छ । छालाको दुवैपट्टी सानो तुनामा मसिना दाना जडिएको हुन्छ । यही दानाले हिर्काएर यसलाई बजाइन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्