ताजिन आहमेद (बङ्गाली: তাজিন আহমেদ जन्म: ३० जुलाई १९७५ –२२ मे २०१८) एक बङ्गलादेशी पत्रकार, अभिनेत्री, नाटककार तथा निर्देशक थिइन्। सन् २००३ मा आहमेदले उत्कृष्ट अभिनेत्रीको विधामा बाचसास पुरस्कार जित्न सफल भएकी थिइन्।[१]

ताजिन आहमेद
তাজিন আহমেদ
जन्म(१९७५-०७-३०)३० जुलाई १९७५
नोयाखाली, बङ्गलादेश
मृत्यु२२ मे २०१८(2018-05-22) (उमेर ४२)
उत्तरा, ढाका
राष्ट्रियताबङ्गलादेशी
अन्य नामजल
जातीयताबङ्गाली
नागरिकताबङ्गलादेशी
मातृ शिक्षाप्रतिष्ठानइडेन महिला कलेज
पेशा
  • पत्रकार
  • अभिनेत्री
  • नाटककार
  • निर्देशक
कार्यकाल१९९६-२०१८
गृहनगरनोयाखाली
जीवनसाथी
  • एजाज मुन्ना

रुमी रहमान

बाल्यकाल सम्पादन गर्नुहोस्

आहमेदको जन्म ३० जुलाई १९७५ का दिन बङ्गलादेशको नोयाखाली जिल्लामा भएको थियो। उनको आमाको नाम दिलारा जली थियो।[२] आहमेदले सन् १९९२ मा उच्च माध्यमिक विद्यालयको प्रवेशिका परीक्षा उतिर्ण गरेकी थिइन्। उनले ढाका विश्वविद्यालयको जन सञ्चार र पत्रकारिता विभागबाट स्नातक गरेकी थिइन्।[३]

कार्यकाल सम्पादन गर्नुहोस्

पत्रकारिता सम्पादन गर्नुहोस्

सन् १९९४ मा आहमेदले दैनिक भोरेर कागज नामक एक पत्रिकासँग संलग्न भएकी थिइन्। सन् १९९७ मा, उनले प्रथम आलोसँग काम गर्न शुरू गर्दै सन् १९९८ मा समाचारदाता बनेकी थिइन्।[४] उनले पछि अनन्द भुवनको स्तम्भकार र बङ्गला बजार पत्रिकामा स्वतन्त्र योगदानकर्ताको रूपमा पनि काम गरेकी थिइन्। सन् २००२ मा उनले मर्कन्टाइल बैङ्क लिमिटेडमा जनसम्पर्क अधिकारीको रूपमा प्रवेश गरेकी थिइन्।[५]

अभिनय सम्पादन गर्नुहोस्

सन् १९९६ मा आहमेदले शेष देखा शेष नय नामक एक टेलिभिजन श्रृङ्खलामा मार्फत सानो पर्दामा पर्दापण गरेकी थिइन् जुन नाटकलाई शेख नियमत आलीले निर्देशन गरेका थिए। सँगसँगै उनी नाचघर समूह नाट्योजनको साथ आवद्ध भएकी थिइन्। सन् २००० मा उनी पछि अर्को नाट्यसमूहसँग आवद्ध भएकी थिइन्।[६] उनले करिब १२ वटा नाटकहरूको पटकथा र तीमध्ये केही निर्देशित गरेकी थिइन्। उनले सन् १९९१ मा बङ्गलादेश टेलिभिजनका लागि चेतना नामक एक कार्यक्रमबाट आफ्नो टेलिभिजन प्रस्तुतिको सुरुवात गरेकी थिइन्। सन् १९९७ मा उनले नाटक घरमा आधारित थुप्रै नाटकहरूमा अभिनय गरेकी थिइन्। उनले २००३ मा बङ्गलादेशको एक टेलिभिजन च्यानल एनटिभीमा उनले एक कार्यक्रमको कार्यकारीको रूपमा काम गर्न सुरु गरेकी थिइन्। सन् २०१६ देखि उनले एकात्तर च्यानलमा ७१ एर शोकल नामक एक कार्यक्रमको सञ्चालिका रूपमा काम गरेकी थिइन्।[७]

व्यक्तिगत जीवन तथा मृत्यु सम्पादन गर्नुहोस्

आहमेदको पहिलो विवाह टेलिभिजन निर्देशक एजाज मुन्नासँग भएको थियो। उनले पछि सङ्गीतकार रुमि रहमानसँग विवाह गरेकी थिइन्। उनी अभिनेत्री दिलारा जामानकी भतीजी हुन्।[८][९]

आहमेद दम रोगबाट पीडित थिइन्। आहमेदको २२ मे २०१८ का दिन उत्तरा , ढाकाको रेजेन्ट अस्पतालमा हृदयाघातका कारण मृत्यु भएको थियो।[८][९] उनको लाश काशिमपुर महिला केन्द्रीय कारागारमा लगिएको थियो जहाँ उनको आमा दिल्लारा जलीलाई सजाय सुनाइएको थियो र पछि उनलाई बुबाको चिहानमा बनानी चिहानमा गाडिएको थियो।[१०]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "প্রিয়.কম", প্রিয়.কম, २०१८-०५-२२। 
  2. "অভিনয় আমার কাছে স্বপ্ন-সত্য-তাজিন", দ্য ডেইলি স্টার, २००४-१०-१२, अन्तिम पहुँच २०१८-०५-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-२४ मिति
  3. "অভিনেত্রী তাজিন আহমেদ হার্ট অ্যাটাকের কারণে মারা গেছেন", এনটিভি (বাংলাদেশ), २२ मे २०१८, अन्तिम पहुँच मे १८, २०१८ 
  4. "তাজিন আহমেদ আর নেই", প্রথম আলো (बङ्गालीमा), ২২ মে ২০১৮। 
  5. "বাবার কবরেই সমাহিত হবেন তাজিন", প্রথম আলো (बङ्गालीमा), २०१८-०५-२३। 
  6. "আজ রাতে আকাশে যেতে পুতুলের বাড়ির", দ্য ডেইলি স্টার (अङ्ग्रेजीमा), २००९-०७-११, अन्तिम पहुँच २०१८-०५-२३ 
  7. "তাজিন আহমেদ মারা গেছেন", দ্য ডেইলি স্টার (अङ्ग्रेजीमा), २०१८-०५-२३, अन्तिम पहुँच २०१८-०५-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-२३ मिति
  8. ८.० ८.१ "অভিনেত্রী তাজিন আহমেদ আর নেই", বাংলা ট্রিবিউন (बङ्गालीमा), २०१८-०५-२२। 
  9. ९.० ९.१ "চলে গেলেন অভিনেত্রী তাজিন আহমেদ", দ্য ডেইলি স্টার (बङ्गालीमा), २०१८-०५-२३। 
  10. "বাবার কবরেই সমাহিত তাজিন", প্রথম আলো (बङ्गालीमा), ২৩ মে ২০১৮। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्