को सूचना पेन्डिनिष्क्रियताको कारण प्रशासकीय अनुमतिहरू निलम्बन

Information icon सन् २०१५ मार्चमा भएको सामुदायिक छलफल अनुसार हामी कुनै पनि प्रबन्धकलाई ६ महिनामा १०० भन्दा कम र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा सो प्रबन्धकलाई निस्क्रिय ठहर गर्दै प्रबन्धक अधिकारबाट मुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले सफल बनाएका थियौं । सम्बन्धित वार्ताको निर्णयानुसार, आउने महिनामा यदि तपाईं आफ्नो प्रबन्धक अधिकारको प्रयोग गर्नुका साथै सक्रिय सम्पादनमा सहभागी नभएको देखिएमा तपाईंलाई प्रबन्धकीय अधिकारबाट मुक्त गर्न सकिनेछ । यदि तपाई आफ्नो प्रबन्धक अधिकारको प्रयोग गरेर यस विकिपिडियालाई सम्पन्न बनाउन चाहनुहुन्छ भने कृपया यथाशीघ्र, प्रशासक सूचनापाटीमा आफ्नो सक्रियता रहने लिखित प्रतिबद्धता व्यक्त गर्नुहोस् । यस सूचनालाई व्यक्तिगत पूर्वाग्रह नठानी एक सामान्य प्रक्रियाको रूपमा लिन समेत आग्रह गर्दछु । धन्यवाद — नेपाली विकी प्रबन्धक समूह~~~~