ढाँचा:प्रमुख लेख/मे, २०१८
रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्ति परम्पराको धेरै प्रभाव रहेको छ। वेदान्त दर्शनपरम्परामा विशिष्टाद्वैत मतका प्रवर्तक हुन। उपनिषद, भगवदगीता एवं ब्रह्मसूत्रलाई आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैत दर्शनको प्रतिपादन गरेका थिए । उनको समयमा जैन धर्म र बौद्ध धर्मको प्रचारको कारण वैष्णव धर्म संकटग्रस्त थियो। रामानुजले त्यो संकट सफलतापूर्वक प्रतिकार गरे । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए र उनका शिष्य स्वामी नारायण थिए । रामानुजाचार्यले वेदांतका अतिरिक्त सातौं - दशौं शताब्दीका रहस्यवादी एवं भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पंचरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए । रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उनले खण्डन गरि त्यो परम्परा समाप्त गरेका थिए । उनले भनेका थिए मन्त्रले कष्टनाश हुन्छ भने त्यो कुनै एकको लागि होइन त्यो सबैको अधिकार हो । रामानुजाचार्य धेरै परोपकारी सन्त थिए । (पूरा पढ्नुहोस्...)