पादुकास्थान पञ्कोशीका पाँच स्थान मध्यको एक स्थान

पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तिर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तिर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तिर्थ भनेर वर्णन गरिएको छ। यस तिर्थलाई अग्नि तिर्थ भनेर पनि चिनिन्छ। प्राचिन कालका खसमल्ल राजाहरूले यस तिर्थलाई पञ्कोशी भनेर नामांकन गरी तिर्थ यात्राको थालनी गरे यता यस तिर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ । पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले यस क्षेत्रमा देव कर्म, पृती कर्म लगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धी प्राप्त हुने विश्वास गर्दछन्। भौगोलिक विकटताको कारणले उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकिय र आर्थिक महत्व समेत ओगटेको छ। पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो । विसं २०७२ को चैतमा नेपालचिन बीच भएको द्विपक्षिय सम्झौता अनुशार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्वीकृत गरेको थियो । अब नेपालचिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदैछ। (पूरा  पढ्नुहोस्...)