मोहनदास करमचंद गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी सत्याग्रह(व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् । (पूरा  पढ्नुहोस्...)