ड्राकुनकुलियासिस, जसलाई गिनी जुका रोग (GWD) पनि भनिन्छ, गिनी जुकाद्वारा हुने एक संक्रमण हो।[] गिनी जुकाको लार्भा द्वारा संक्रमित वाटर फ्लि (पानीमा हुने एक प्रकारको किरा) भएको पानी पिएमा व्यक्ति योबाट संक्रमित हुन्छ।[] सुरूसुरूमा कुनै लक्षण देखिँदैन।[] लगभग एक वर्षपछि, व्यक्तिलाई एकदमै पीडादायक जलन भइरहेको अनुभूति हुन थाल्छ किनभने पोथी जुकाले छालामा फोका वा घाउ पार्न थाल्छ, सामान्यतया खुट्टामा।[] केही हप्तामा उक्त जुका छालाबाट बाहिर निस्कन्छ।[] यस समय दौरान, हिँड्न वा काम गर्न गाह्रो हुन सक्छ।[] सामान्यतया यो रोगको कारणले गर्दा मृत्यु हुँदैन।[]

ड्राकुनकुलियासिस

मानव जाति एक मात्र ज्ञात प्राणी हो जसलाई गिनी जुकाले संक्रमित गर्छ।[] यो जुका एक देखि दुई मिलिमिटर चौडाइको हुन्छ र एक पूर्ण रूपमा विकसित पोथी 60 देखि 100 सेन्टिमिटर लामो हुन्छ (भालेहरू यो भन्दा धेरै छोटा हुन्छन्)।[][] मानव शरीर बाहिर यसको अण्डा तिन हप्तासम्म जीवित रहन सक्छ।[] योभन्दा अगाडि तिनीहरूलाई पानीको किराले खानुपर्छ।[] पानीको किरा भित्र रहेको लार्भा चार महिनासम्म जीवित रहन सक्छ।[] त्यसकारण कुनै क्षेत्रमा रहनको लागि मानिसहरूलाई यो रोग प्रत्येक वर्ष लाग्नुपर्छ।[] सामान्यतया यो रोगका सङ्केत तथा लक्षणहरूको आधारमा यो लागेको कुरा पत्ता लगाउन सकिन्छ।[]

यो रोगको रोकथामको लागि यो रोग लागेको कुरा प्रारम्भिक चरणमै पत्ता लाग्न र उक्त संक्रमित व्यक्तिलाई आफ्नो घाउ पिउने पानीको सम्पर्कमा ल्याउन नदिन जरूरी हुन्छ।[] रोकथामका अन्य प्रयासहरूमा निम्न पर्दछन्: सफा पानीको पहुँचमा सुधार गर्नु र पानी सफा नभएको अवस्थामा, पानीलाई फिल्टर गर्नु। [] कपडाद्वारा फिल्टर गर्दा प्राय: पर्याप्त हुन्छ।[] लार्भा मार्नको लागि दूषित पिउने पानीमा टेमेफोश (temefos) नामक रसायन मिसाउन सकिन्छ।[] यो रोगको लागि कुनै औषधि वा खोप छैन।[] केही हप्तामा यो जुकालाई एउटा लट्ठीमा बेटारेर बिस्तारै निकाल्न सकिन्छ।[] बाहिर निस्किरहेका जुकाको कारणले गर्दा बनेका घाउहरू जीवाणुद्वारा संक्रमित हुन सक्छन्।[] जुकालाई हटाइसकेपछि पनि दुखाइ महिनौँसम्म रहिरहन पनि सक्छ।[]

सन् 2013 मा यो रोगको 148 मामिला प्रतिवेदित गरिएको थियो।[] सन् 1986 मा 35 लाख मामिलाबाट घटेर यतिमा आइपुगेको हो।[] यो अफ्रिकाको 4 वटा राष्ट्रमा मात्र हुन्छ, जुन सन् 1980 को दशकमा 20 वटा राष्ट्रमा हुने गर्थ्यो।[] यसबाट सबैभन्दा बढि प्रभावित राष्ट्र दक्षिण सुडान हो।[] यो सम्भवत: उन्मूलन हुने पहिलो परजीवी रोग हुनेछ।[] गिनी जुका रोगको बारेमा प्राचीनकाल देखिनै थाहा हुँदै आएको हो।[] यसलाई मिस्र (इजिप्टको) चिकित्सकीय इबर्स पापिरस (Ebers Papyrus)मा उल्लेख भएको पाइन्छ, जुन 1550 बि.सि. को हो।[] ड्राकुनकुलियासिस नाम ल्याटिन "साना ड्र्यागनहरूद्वारा यातना"बाट लिइएको हो,[] र "गिनी जुका" भन्ने नाम तब आयो जब 17औँ शताब्दीमा युरोपेलीहरूले यो रोग पश्चिमी अफ्रिका को गिनी तटमा देखे।[] गिनी जुका जस्तै एक अर्को प्रजातिले अन्य जनावरहरूमा रोग पैदा गर्छ।[१०] यिनीहरूले मानिसहरूलाई संक्रमित गरेको देखिएको छैन।[१०] यसलाई उपेक्षित उष्णदेशीय रोगरूपमा वर्गीकृत गरिएको छ।[११]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ "Dracunculiasis (guinea-worm disease) Fact sheet N°359 (Revised)", World Health Organization, मार्च २०१४, अन्तिम पहुँच १८ मार्च २०१४ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ २.८ Greenaway, C (Feb १७, २००४), "Dracunculiasis (guinea worm disease).", CMAJ : Canadian Medical Association journal = journal de l'Association medicale canadienne 170 (4): 495–500, पिएमआइडी 14970098, पिएमसी 332717 
  3. ३.० ३.१ Cairncross, S; Tayeh, A; Korkor, AS (Jun २०१२), "Why is dracunculiasis eradication taking so long?", Trends in parasitology 28 (6): 225–30, डिओआई:10.1016/j.pt.2012.03.003, पिएमआइडी 22520367 
  4. ४.० ४.१ Junghanss, Jeremy Farrar, Peter J. Hotez, Thomas (२०१३), Manson's tropical diseases. (23rd edition संस्करण), Oxford: Elsevier/Saunders, पृ: e६२, आइएसबिएन 9780702053061 
  5. "Parasites - Dracunculiasis (also known as Guinea Worm Disease) Eradication Program", CDC, नोभेम्बर २२, २०१३, अन्तिम पहुँच १९ मार्च २०१४ 
  6. Cook, Gordon (२००९), Manson's tropical diseases. (22nd ed. संस्करण), [Edinburgh]: Saunders, पृ: १५०६, आइएसबिएन 9781416044703 
  7. "Guinea Worm Eradication Program", The Carter Center, Carter Center, अन्तिम पहुँच २०११-०३-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति
  8. ८.० ८.१ Tropical Medicine Central Resource, "Dracunculiasis", Uniformed Services University of the Health Sciences, अन्तिम पहुँच २००८-०७-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१४ मिति
  9. Barry M (जुन २००७), "The tail end of guinea worm — global eradication without a drug or a vaccine", N. Engl. J. Med. 356 (25): 2561–4, डिओआई:10.1056/NEJMp078089, पिएमआइडी 17582064  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-०६ मिति
  10. १०.० १०.१ Junghanss, Jeremy Farrar, Peter J. Hotez, Thomas (२०१३), Manson's tropical diseases. (23rd edition संस्करण), Oxford: Elsevier/Saunders, पृ: ७६३, आइएसबिएन 9780702053061 
  11. "Neglected Tropical Diseases", cdc.gov, जुन ६, २०११, अन्तिम पहुँच २८ नोभेम्बर २०१४