डेमी मुर
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
डेमी मुरको पूरा नाम डेमी गिनेस कुचर हो। टेलिभिजन शृङ्खला जेनरल हस्पिटलबाट अभिनययात्रा प्रारम्भ गरेकी डेमी से न्ट एल्मोज् फायर -१८८५)बाट हलिउडमा स्थापित नायिकाका रूपमा प्रख्यात भइन्। सन् १९९०मा चलचित्र घोष्टका लागि १ करोड डलर लिएर सबैभन्दा महँगी नायिकाका रूपमा आफूलाई उभ्याइन्। त्यसपछि १ करोड डलर लिएर उनले लगातार अ फ्यु गुड मेन -१९९२), इन्डिसेन्ट प्रपोजल -१ ९९३) एवं डिस्किलोजर -१९९४) जस्ता चलचित्रमा अभिनय गरिन्।
डेमी मुर | |
---|---|
जन्म | Demi Gene Guynes नोभेम्बर ११, १९६२ Roswell, New Mexico, अमेरिका |
पेशा | Actress |
कार्यकाल | 1981–present |
जीवनसाथी | Freddy Moore (1980–1985) Bruce Willis (1987–2000) Ashton Kutcher (2005–2013) |
सन्तान | Rumer Willis, Scout Willis, Tallulah Willis |
बाल्यकाल
सम्पादन गर्नुहोस्न्यू मेक्सिकोको रसवेलमा जन्मिएकी मुरको बाल्यकाल दुःखद थियो। दुई महिनाकी छँदा उनका बुबा उनकी आमालाई छाडेर बेपत्ता भएका थिए। उनकी आमाले ड्यानी गिन्स नामका पुरुषसँग दोस्रो विवाह गरिन् तर ड्यानीले त्यसको एक वर्षमै आत्महत्या गरे। यसले कलिली मुरको मनमा त्रासयुक्त जीवनको बोध गरायो। उनले आफ्नो बाल्यकालमा करिब ४० वटा डेरा सरेको अनुभव सुनाएकी छिन्। आमा र सौतेनि बुवा दुवैमा रक्सीको लत बसेका कारण दुबै बेलाबेलामा मारपिटमा ओर्लन्थे। त्यही पीडामा ड्यानीले आत्महत्या गरेको हुनसक्ने मुरको अनुभव छ।
हलिउड यात्रा
सम्पादन गर्नुहोस्सन् १९८०मा असाध्यै अप्ठ्यारो आर्थिक अवस्थामा मुरले १७ वर्षको उमेरमा प|mेडी मूर नामक युवकसँग विवाह गरेकी थिइन्। जीवनमा प्रगति गर्नका लागि विवाह बाध्यता थियो। मुरसँग विवाह गरेपछि उनले हलिउडको रङ्गीन दुनियामा प्रवेश गरेकी हुनाले उनको नामपछाडि मुर जोडिएको हो। उनका श्रीमान् सामान्य व्यापारी थिए तर उनी यति प्रशिद्ध भइन् कि प|mेडीमुर आफ्नी श्रीमतीको प्रगतिबाट असन्तुष्ट हुन थाले। यो अवस्था कायम राख्नु उचित थिएन। फलस्वरूप मुरले सन् १९८७मा ब्रुस विलिससित विवाह गरिन्। ब्रुसबाट तीन छोरी जन्मिए। उनीहरूको त्यो विवाह सन् २०००मा टुङ्िगयो। त्यसपछि असल श्रीमान्को खोजी गर्दै र तीन छोरी स्याहार्दै उनले ५ वर्ष बिताइन्। अन्ततः उनले चर्चित कलाकार अस्टिन कुचरसँग विवाह गरिन्। मुरभन्दा ५ वर्ष कान्छा अस्टिनसँग दुई वर्षे प्रेमपछि वैवाहिक सम्बन्ध गाँसिएको हो। अहिले अस्टिन हलिउडका सबैभन्दा व्यस्त नायक भएका छन् भने मुर टेलिभिजन कार्यक्रमको निर्माण एवं विभिन्न ब्राण्डकी प्रस्तोता बनेकी छिन्।
फिल्मोग्राफी
सम्पादन गर्नुहोस्वर्ष | फिल्म | भूमिका | नोट | |
---|---|---|---|---|
1973 | चइसेस | कोरी | ||
पैरासाईट | पेट्रीसिया वेलेस | |||
1983 | यंग डाक्टर्स इन लव | न्यू इन्टर्न | अन्क्रेडीटेड | |
1984 | नो स्मल अफेयर | लरा विक्टर | ||
ब्लेम इट अन रियो | निकोल 'निकी' हलिस | |||
1985 | सेंट एल्मोस फायर | जूल्स | ||
1986 | विजडम | केरेन सीमन्स | ||
वन क्रेजी समर | कसांड्रा एल्ड्रिज | |||
अबाउट लास्ट नाईट... | डेबी | |||
1988 | द सेवेंथ साइन | एबी क्विन | ||
द न्यू होमओनर्स गाइड टु हैपीनेस | लघु फिल्म | |||
1989 | वी आर नो एन्जिल्स | मली | ||
1990 | घोस्ट | मली जेन्सेन | सर्वश्रेष्ठ अभिनेत्रीको लागि सैटर्न पुरस्कार नामित - "मोशन पिक्चरमा एक अभिनेत्री द्वारा सर्वश्रेष्ठ प्रदर्शन - हास्य/संगीत" 48 गोल्डन ग्लोब पुरस्कार पर | |
1991 | द बूचर्स वाइफ | मरीना लेम्के | ||
मर्टल थट्स | सिंथिया केलग | |||
नथिंग बट ट्रबल | डीएन लाईटसन | |||
1992 | ए फ्यू गुड मेन | LCDR जोऐन गैलोवे | नामांकित - सर्वश्रेष्ठ महिला प्रदर्शनको लागि MTV मूवी पुरस्कार | |
1993 | इंडीसेंट प्रोपोजल | डायना मर्फी | [[सर्वश्रेष्ठ चुंबनको MTV मूवी पुरस्कार, वुडी हरेल्सन|सर्वश्रेष्ठ चुंबनको MTV मूवी पुरस्कार, वुडी हरेल्सन]] सँग नामांकित - सर्वश्रेष्ठ महिला प्रदर्शनको लागि MTV मूवी पुरस्कार नामांकन - सर्वाधिक वांछनीय स्त्रीको लागि MTV मूवी पुरस्कार. | |
1994 | डिसक्लोजर | मेरेडिथ जनसन | नामांकन - सर्वाधिक वांछनीय स्त्रीको लागि MTV मूवी पुरस्कार | नामांकित - सर्वश्रेष्ठ खलनायकको लागि MTV मूवी पुरस्कार | |
1995 | नाउ एन्ड देन | बूढी सामन्था | ||
द स्कार्लेट लेटर | हेस्टर प्रिन | नामांकन - सर्वाधिक वांछनीय स्त्रीको लागि MTV मूवी पुरस्कार | ||
1996 | बेविस एन्ड बट्ट-हेड डू अमेरिका | डलास ग्रिम्स (स्वर) | ||
स्ट्रिपटीज | एरिन ग्रांट | |||
द हंचबैक अफ नोट्र डम | एस्मेराल्डा (स्वर) | |||
द जूरर | एनी लायर्ड | |||
1997 | डीकंसट्रक्टिंग हैरी | हेलेन/हैरीको किरदार | ||
जी.आई. जेन | LT जर्डन ओ'नील | नामांकन - सर्वश्रेष्ठ लडाईको लागि MTV मूवी पुरस्कार विगो मोर्टनसेन सँग | ||
Destination Anywhere: The Film | जेनी | लघु फिल्म | ||
2000 | पैशन अफ माइंड | मार्था मैरी/'मार्टी' टाल्रिज | ||
2002 | द हंचबैक अफ नोट्र डम | एस्मेराल्डा (स्वर)
स्ट्रेट-टु-DVD | ||
2003 | Charlie's Angels: Full Throttle | मैडिसन ली | नामांकित - सर्वश्रेष्ठ खलनायकको लागि MTV मूवी पुरस्कार नामांकन - "सेक्सिएस्ट शी-विलेन" (Villana mas Sexy) MTV मूवी पुरस्कार मेक्सिको में | |
2006 | हाफ लाई ट | रेचेल कार्लसन | सीमित रूपले जारी, अधिकांश प्रदेशहरूमा स्ट्रेट-टु-DVD | |
बबी | वर्जीनिया फैलन | हलीवुड फिलिम पुरस्कार "वर्षको एनसेंबल"को लागि हलीवुड फिलिम समारोह में नामांकन - "मोशन पिक्चरमा एक किरदार द्वारा उत्कृष्ट प्रदर्शन 13वें स्क्रीन एक्टर्स गिल्ड पुरस्कार में | ||
2007 | फ्ललेस | लरा क्विन | सीमित रिलीज | |
मिस्टर ब्रुक्स | जासूस ट्रेसी एटवुड | |||
2009 | बुनराकू | पोस्ट-प्रोडक्शन | ||
हैपी टिअर्स | लरा | पोस्ट-प्रोडक्शन | ||
जोनेसेस | केट | फिल्मांकन जारी |
टेलीभिजन
सम्पादन गर्नुहोस्वर्ष | शीर्षक | भूमिका | नोट |
---|---|---|---|
1982-83 | जनरल हस्पिटल | जैकी टेंपलटन | |
1984 | द मास्टर | होली ट्रमबुल | 1 कडी |
बेडरूम | नैन्सी | हास्य शृङ्खला | |
मून लाई टिंग (टी.वी. शृङ्खला) | वुमन इन एलीवेटर | अन्क्रेडीटेड | |
टेल्स फ्रम द क्रिप्ट | कैथी मर्नो | 1 कडी, "डेड राईट" | |
1991. | मास्टर निन्जा | होली ट्रमबुल | टी.वी. फिल्म |
1996 | इफ दीज वल्स कुड टक | क्लेयर डोनेली | टी.वी. फिल्म नामांकन - "टेलीभिजनको लागि निर्मित उत्कृष्ट मूवी" 49 प्राइमटाइम एम्मी पुरस्कार में नामांकन - "टीवीको लागि निर्मित लघु शृङ्खला या मोशन पिक्चर में एक अभिनेत्री का सर्वश्रेष्ठ प्रदर्शन" 54वें गोल्डन ग्लोब पुरस्कार पर |
1997 | एल्लेन | द सैम्पल लेडी | 1 कडी "द पप्पी एपिसोड: पार्ट 2" |
2004 | विल एंड ग्रेस | बेबीसिटर | सिट-कम |
2009 | द मैजिक 7 | U-Z-ओनिसा (स्वर) | एनिमेटेड टीवी फिल्म |
डेमी मुरको नेपाल यात्रा
सम्पादन गर्नुहोस्डेमी मुर अप्रिल १ तारिखमा ड्रागन एयरको जहाजबाट काठमाडौँ ओर्लंदा साधारण पहिरनमा थिइन्। मुरसँग विश्वप्रशिद्ध समाचार च्यानल सीएनएनका ९ जना पत्रकारको टोली पनि थियो। सीएनएन टेलिभिजनले डेमी मुर र अनुराधा कोइरालाले गरेका कामका विषयमा एक घण्टा लामो डकुमेन्ट्री बनाउने योजनाका साथ त्यो टोलीलाई पठाएको थियो, जसको नाम ‘फ्रिडम प्रोजेक्ट’ राखिएको छ। सन् २०११ भरी विश्वभरिमा हुने महिला बेचबिखनका समाचारलाई प्राथमिकता दिने नीतिअन्तर्गत डेमी मुरलाई त्यसको ब्रान्ड एम्बेस्डर बनाएका कारण पनि डेमी मुरको पहिलो भ्रमणमा नेपाल परेको थियो। अप्रिल २मा द्वारिकाज होटलबाट सिएनएनको पत्रकार टोली र मुर माइती नेपालको परिसर पुगेका थिए। त्यही दिन मुरको टोली माइती नेपालको गोकर्णस्थित एचआईभी संक्रमित महिला तथा बालबालिका पुन:स्थापना गृह पुगेको थियो। नेपालमा पनि व्यवस्थित रूपमा एचआईभी संक्रमित महिला तथा बालबालिकालाई राखिएको देखेर छक्क पर्दै मुरले माइती नेपालको टिमलाई धन्यवाद दिएकी थिईन्। अप्रिल ३मा मुर फेरी गोकर्णस्थित माइती नेपालको पुनःस्थापना केन्द्र पुगिन्। त्यहाँ उनी बालबालिकासँग ‘वटरफ्लाई वटरफ्लाई बीच कलर डु यु लाई क’ गीतमा नाचिन्। अप्रिल ४मा नेपाल-भारत सिमामा बेचिन लागेका चेलीहरू कसरी पत्ता लाग्छन् ? कसरी उनीहरू नेपाल फर्काइन्छन् भन्ने कुराको जानकारी लिन मुर र पत्रकारको टोली भैरहवाको सुनौली पुग्यो। माइती नेपालको सहयोगमा आफ्नो गाउँ फर्कदै गरेकि एक युवतीको साथ रसुवाको राम्चे सम्म पुगेकि डेमी मुर अप्रिल ७मा नेपालबाट फिर्ता भइन।
सन्दर्भ सामाग्रिहरू:
सम्पादन गर्नुहोस्