डिल्लीबजार कारागार काठमाडौँको डिल्लीबजारमा रहेको नेपालका प्रमुख कारागार मध्य एक हो । हाल कारागार ऐन २०१९ [१] अन्तरगत सञ्चालनमा रहेको यो कारागार १५० वर्ष पुरानो राणाकालीन समयमा निर्मित भवनमा रहेको छ । ४ रोपनि जग्गामा फैलिएको यस कारागारमा पुरुष कैदी तथा थुनुवा मात्रै राख्ने गरिन्छ जसमा विदेशी कैदी पनि पर्दछन । सरकारी न्यायिक तथा अर्ध-न्यायिक कार्यालयहरूबाट निर्णय भएर थुनामा बस्नुपर्ने कैदीको रूपमा वा अनुशन्धानको शिलशिलामा थुनामा राख्नुपर्ने व्यक्तिहरूलाई यस कारागारमा राख्ने गरिन्छ । विदेशी कैदी बन्दी र राजनीतिक व्यक्तित्वहरूलाई यस जेलमा थुनिने गरेकाले यो जेल चर्चामा रहने गर्दछ।

डिल्लीबजार कारागार
डिल्लीबजार कारागार, डिल्लीबजार
अवस्थितिडिल्लीबजार, काठमाडौँ
व्यबस्थापकनेपाल सरकार
शहरकाठमाडौँ
राष्टनेपाल
डिल्लीबजार कारागार

क्षमता र सुविधा सम्पादन गर्नुहोस्

यस कारागारमा विभिन्न अपराध गरी आएका कैदीहरूलाई एकैसाथ राख्ने गरिन्छ। यस कारागारको नियम अनुसार यहाँका कैदीहरूलाई सुविधा दिइन्छ।यहाँ भएका पढ्न चाहाने कैदीहरूले प्राइभेट ट्युसन मार्फत परीक्षा दिन पाउने सुविधा रहेको छ । यसै अनुसार कैदीहरूको औषधि उपचार , खान बस्ने सुविधाको रूपमा दैनिक रु ४५ , ७०० ग्राम चामल प्रधान गरिन्छ। थप सुविधाका रूपमा बार्षिक २ जोर लुगा र २ वर्षको अवदिमा सिरक, डस्ना पनि दिने गरिन्छ। यहाँ भएका कैदीहरु कामको रूपमा मुडा तथा हस्तकलाका सामग्रीहरू बनाउने गर्छन्। यस कारागारमा ६३३ कैदीहरु अटाउन सक्ने क्षमता छ । यस कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दछ । यहाँ कैदीहरूलाई भेट्न आउने आफन्तहरूले पनि सरलैसँग उनिहरूलाई भेट्न पाउछन्। बिदाको दिन वाहेक अरु दिन बिहान १०:३० देखि ३:०० बजे सम्म कैदीहरूलाई भेट्न दिइने गरिन्छ।

कारागारमा कैदीहरू पठाउने निकायहरू सम्पादन गर्नुहोस्

कैदी तथा थुनुवा राख्न आदेश दिने सरकारी कार्यालयहरु :

  1. न्यायिक कार्यालय:
    1. जिल्ला अदालतहरू
    2. पुनरावेदन अदालत
    3. सर्वोच्च अदालत
  1. अर्ध-न्यायिक कार्यालय:
    1. वन कार्यालय
    2. जिल्ला प्रशासन कार्यालय
    3. अध्यागमन विभाग
    4. सम्पत्ती शुदिकरण कार्यालय
    5. सैनिक विशेष अदालत [१]

आलोचना र विवादहरू सम्पादन गर्नुहोस्

यस जेलमा रहेका कैदी बन्दीहरूबाट विभिन्न अबैध कृयाकलाप हुने गरेको आरोप लाग्ने गरेको छ। [२]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ Nepal Law Commission, "Nepal Law Commission"।  লেখা "http://www.lawcommission.gov.np/en/documents/Prevailing-Laws/Statutes---Acts/Nepali/%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%97%E0%A4%BE%E0%A4%B0-%E0%A4%90%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%A7%E0%A5%AF/ कारागार ऐन २०१९" উপেক্ষা করা হয়েছে (सहायता);
  2. डिल्लीबजार खोरमा अवैध धन्दा वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१९ मिति दृष्टी साप्ताहिक, मे ७, २०१३


बाहिरी लिन्क सम्पादन गर्नुहोस्