चुडामणि रेग्मी
चूडामणि रेग्मी चर्चित नाम चूडामणि बन्धु (जन्म वि.सं. १९९३) नेपाली भाषाका समालोचक तथा निवन्धकार हुन्। रेग्मी विगत ४ दशक देखि नेपाली भाषा साहित्य अध्यापन कार्यमा संलग्न छन्।
चूडामणि रेग्मी | |
---|---|
जन्म | पाल्पा जिल्ला | ११ मार्च १९३७
साहित्यिक नाम | चूडामणि बन्धु |
पेशा | साहित्य |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
शिक्षा | एम. ए, पी. एच. डी.(भाषा विज्ञान) |
जीवनी
सम्पादन गर्नुहोस्चूडामणि वि.सं. १९९३ चैत २९ मा बाबु पीताम्बर रेग्मी र आमा खिलेश्वरीदेवीका सुपुत्रका रूपमा पाल्पामा जन्मेका हुन्।[१] नेपालीमा एम्.ए. र भाषाविज्ञानमा विद्यावारिधि गरेका रेग्मीले प्राध्यापन पेशा अँगालेका थिए।
कृतिहरू
सम्पादन गर्नुहोस्रेग्मीका मौलिक कृतिहरूः
- महाकवि लक्ष्मीप्रसाद देवकोटा
- देवकोटा (जीवनी/समालोचना, वि.सं. २०३६)
- नेपाली भाषाको उत्पति (वि.सं. २०२५)
- भाषा विज्ञान-भाषा विषयक (वि.सं. २०३०)
- अनुसन्धान प्रबन्धको रूप र शैली (वि.सं. २०३४)
- कर्णाली लोक संस्कृति खण्ड-४ (वि.सं. २०२८)
- नेपाली व्याकरणका केही पक्ष-व्याकरण
- चकमकको बट्टा र उड्ने बाकस
- यात्राको साथी
उनका सम्पादित, अनूदित र फुटकर कृतिहरूः
- साझा कविता (वि.सं. २०२४)
- साझा एकाङ्की (वि.सं. २०२५)
- लक्ष्मी कवितासङ्ग्रह (वि.सं. २०३३)
- लक्ष्मी कथासङ्ग्रह (वि.सं. २०३४)
- लक्ष्मी गीतिसङ्ग्रह (सम्पादन)
पुरस्कार
सम्पादन गर्नुहोस्उनले कर्णाली लोक संस्कृति भाग ४ नामक ग्रन्थका लागि दर्शन विज्ञानतर्फको मदन पुरस्कार २०२८ संयुक्तरूपमा प्राप्त गरेका हुन्। उनका साथ बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह र प्रदीप रिमाल लाई उक्त पुरस्कार प्रदान गरिएको थियो।
उनले देवकोटाका लागि वि.सं. २०३६को साझा पुरस्कार, वि.सं. २०३७मा गुणराज स्मारक व्याख्यान पुरस्कार, सन् १९७४मा गो.द.बा. चौथो, सन् १९८४मा महेन्द्र विद्याभुषण आदि पाएका थिए।