डब्ल्युडब्ल्युई एनएक्सटी

डब्ल्युडब्ल्युई एनएक्सटी, जसलाई एनएक्सटी २.० वा केवल एनएक्सटी को रूपमा पनि परिचित, एक व्यावसायिक कुस्ती टेलिभिजन कार्यक्रम हो। यसलाई अमेरिकी व्यावसायिक कुस्ती प्रवर्धक डब्ल्युडब्ल्युईले उत्पादन गर्ने गरेको छ। यो एनएक्सटी ब्रान्डमा सम्मिलित कुस्ती खेलाडीहरूले यसमा प्रतिस्पर्धा गर्दछन्। यो कार्यक्रम हाल युएसए नेटवर्कमा मङ्गलबार बिहान ८ बजे पूर्वी समयमा प्रत्यक्ष रूपमा प्रशारण गरिन्छ।

डब्ल्युडब्ल्युई एनएक्सटी
सेप्टेम्बर २०२१ देखि प्रयोगमा रहेको लोगो
शैलीव्यावसायिक कुस्ती
सर्जक
लेखकजो बेलकास्त्रो
प्रस्तुतकर्ता
सुरुवात 'गीत'
  • "डाउन साउथ"
रचनाकार(हरू)वाले
निर्माण गर्ने देशअमेरिका
सत्रहरुको सङ्ख्या१६
भागहरूको सङ्ख्या६६७ ( १५ मार्च २०२२ (2022-03-15)) सम्मको
निर्माण
निर्माता(हरू)
क्यामरा सेटअपबहु क्यामरा जडान
प्रसारण अवधि
  • १२० मिनेट
  • १२०–१८० मिनेट
    (टेकओभर विशेष)
निर्माण कम्पनी(हरु)डब्ल्युडब्ल्युई
प्रसारण
मूल च्यानल
प्रथम प्रसारण२३ फेब्रुअरी २०१० (2010-02-23) – हाल
कालक्रम
यो भन्दाअघिइसिडब्ल्यु (सन् २००६ (सन् 2006)–सन् २०१० (सन् २०१०))
एफसिडब्ल्यु (सन् २००८–२०१२)
सम्बन्धित कार्यक्रमहरू
बाह्य कडीहरू
वेबसाइट
निर्माण वेबसाइट

एनएक्सटीले सुरुमा सन् २०१० मा एक मौसमी कार्यक्रमको रुपमा सुरुवात गरेको थियो जुन डब्ल्युडब्ल्युईको पटकथामा आधारित प्रत्यक्ष कार्यक्रम र वास्तविक टेलिभिजन बीच संयोजकको रुपमा प्रस्तुत गरिएको थियो, जसमा डब्ल्युडब्ल्युईको विकास क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ (एफसिडब्ल्यू) बाट आएका प्रतिभाहरूले डब्ल्युडब्ल्युई रस्म्याकडाउन ब्रान्डका संरक्षकहरूको सहायतामा डब्ल्युडब्ल्युईको प्रमुख कुस्ती खेलाडी बन्नको लागि प्रतिस्पर्धामा भाग लिएका थिए। यस पुनरावृत्तिका पाँच संस्करण प्रसारण भएका थिए र वेड बेरेट, काभाल, केटलिन र जोनी कर्टिस लगायतका कुस्ती खेलाडीहरू विजेता बनेका थिए।

जुन २०१२ मा, डब्ल्युडब्ल्युईले मौसमी प्रतिस्पर्धा ढाँचा समाप्त गरेको थियो र विकासात्मक कुस्ती कार्यक्रमको रूपमा कार्यक्रमलाई पुन: निर्माण गर्ने निर्णय गरेको थियो। डब्ल्युडब्ल्युई एनएक्सटी एनएक्सटी ब्रान्डको प्रमुख टेलिभिजन कार्यक्रम बन्दै यसले सकारात्मक प्रतिक्रिया र उच्च दर्शक प्राप्त गरेको थियो।[१][२] यसको उच्च गुणस्तरको कुस्ती र विशेष गरी सन् २०१४ देखि २०१८ सम्म आकर्षक कथाहरूको प्रशंसा गरिएको छ। धेरैले एनएक्सटीलाई यस समयमा डब्ल्युडब्ल्युईको प्रमुख कार्यक्रम भन्दा उत्कृष्ट ठानेका छन्।[३][४]

यस कार्यक्रमको प्रारम्भिक संस्करणले २३ फेब्रुअरी २०१० मा सिफिमा आफ्नो सुरुवात गरेको थियो। यसले इसीडब्ल्युको सट्टामा आफ्नो व्यवसायीक यात्रा सुरुवात गरेको थियो, तर अक्टोबरमा स्म्याकडाउनद्वारा यसलाई प्रतिस्थापन गरिएको थियो। त्यसपछि यो सन् २०१४ मा डब्ल्युडब्ल्युई सञ्जालको अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार हुनुभन्दा पहिले १३ जुन २०१२ सम्म संयुक्त राज्य अमेरिकामा डब्ल्युडब्ल्युई डटकममा १ घण्टा सम्म सञ्चालन हुने वेबकास्टको रूपमा प्रकाशित भएको थियो। सन् २०१९ मा एनएक्सटीले युएसए नेटवर्कमा दुई घण्टाको प्रत्यक्ष कार्यक्रम विस्तार गरेको थियो। सेप्टेम्बर २०२१ मा यस कार्यक्रमलाई एनएक्सटी २.० को रूपमा पुन: ब्रान्डिङ गरिएको थियो। २०५ लाइभको ठाउँमा २०२२ फेब्रुअरी १८ बाट 'एनएक्सटी लेभल अप' नामक पूरक कार्यक्रम सुरु भएको थियो।

टिप्पणी सम्पादन गर्नुहोस्

  1. सन् २०११ सम्म स्पेनी संस्करण प्रशारण भएको
  2. हुलुमा पूर्वदृश्यहरू निरन्तर रूपमा प्रशारण भइरहेको

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Shoemaker, David (डिसेम्बर १७, २०१४), "The Best Wrestling Show of the Year Wasn't WWE's 'TLC' ... It Was 'NXT Takeover: R Evolution'", grantland.com (Grantland), अन्तिम पहुँच फेब्रुअरी २६, २०१५ 
  2. Beougher, Wyatt (डिसेम्बर १५, २०१४), "NXT Is the Best Weekly Episodic Wrestling Show Today, Period", 411mania.com (411mania), अन्तिम पहुँच फेब्रुअरी २६, २०१५ 
  3. Oster, Aaron (फेब्रुअरी २६, २०१५), "NXT, Where the Women Work", rollingstone.com (Rolling Stone), अन्तिम पहुँच फेब्रुअरी २६, २०१५ 
  4. Chin, Mike, "The Magnificent Seven: The Top 7 WWE Moments of 2015", www.411mania.com, 411MANIA। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:डब्ल्युडब्ल्युई