ठाकुरप्रसाद गुरागाईं

ठाकुरप्रसाद गुरागाईं (वि. स‌ं. २००१ - ) बर्माका नेपाली भाषासेवी हुन्।

जीवनी सम्पादन गर्नुहोस्

ठाकुरप्रसादको जन्म वि. स‌ं. २००१ सालमा सैलुङ, चन्द्रकोटे गाउँ, मोगोक, बर्मामा भएको हो।

कृतिहरू सम्पादन गर्नुहोस्

  • गङ्गा (उपन्यास, वि. स‌ं. २०५४)
  • गुरागाईंका गीत (गीत र भजनहरू, वि. स‌ं. २०६५)
  • जगदम्बा श्री पुरस्कार र मेरो नेपाल यात्रा (यात्रा-संस्मरण, सन् २००९)
  • म्यान्माको नेपाली जनजीवन एक झलक (इतिहास, वि. स‌ं. २०६५)
  • प्रभु-देवा (उपन्यास, वि. स‌ं. २०६५)

पुरस्कार सम्पादन गर्नुहोस्

म्यानमारमा बसोबास गर्ने नेपालीमूलका बर्मेलीहरूका माझमा नेपाली भाषाको प्रचार-प्रसार र संवर्द्धनमा असाधारण योगदान गरी नेपाली भाषालाई जीवित राखेर यसको श्रीवृद्धि गर्नमा समर्पित भएबापत उनलाई वि. स‌ं. २०५३ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्