टेसा थम्प्सन
टेसा लिन थम्प्सन (जन्म अक्टोबर ३, १९८३) एक अमेरिकी अभिनेत्री, निर्माता, गायिका, र गीतकार हुन्। उनले सान्ता मोनिका कलेजमा अध्ययन गर्ने क्रममा लस एन्जलस महिला शेक्सपियर कम्पनीबाट आफ्नो पेसागत अभिनयको सुरुवात गरेकी थिइन्। उनी 'द टेम्पेस्ट' र 'रोमियो र जुलिएट'को प्रस्तुतिकरणहरूमा देखा परेकी थिइन्, जसको उत्तरार्द्धले उनलाई एनएएसिपी रङ्गमञ्च पुरस्कार नामाङ्कन प्राप्त भएको थियो। उनको सफलता टिना मैब्रीको स्वतन्त्र नाटक चलचित्र 'मिसिसिपी डेम्ड' (सन् २००९) र टायलर पेरीको नाटक चलचित्र'फर कलर्ड गर्ल्स' (सन् २०१०) मा मुख्य भूमिकाका साथ आएको थियो।
टेसा थम्प्सन Tessa Thompson | |
---|---|
![]() सन् २०१९ सान डिएगो कमिक-कनमा थम्पसन | |
जन्म | टेसा लिन थम्प्सन ३ अक्टोबर १९८३ लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | सान्ता मोनिका कलेज |
पेशा |
|
कार्यकाल | सन् २००२–वर्तमान |
थम्प्सनले हास्य नाटक 'डियर ह्वाइट पिपल' (सन् २०१४), ऐतिहासिक नाटक 'सेल्मा' (सन् २०१४) मा नागरिक अधिकार कार्यकर्ता डायने न्यास, र खेल नाटक चलचित्रहरू 'क्रिड' (सन् २०१५) र 'क्रिड दोस्रो' (सन् २०१८) मा बियान्का टेलरको रूपमा उनको अभिनयको लागि आलोचनात्मक प्रशंसा प्राप्त गरेकी थिइन्। मार्भल सिनेमेटिक युनिभर्सका सुपरहिरो चलचित्रहरू 'थोर: राग्नारोक' (सन् २०१७) र 'एभेन्जर्स: इन्डगेम' (सन् २०१९) मा भल्करीको रूपमा अभिनयका लागि उनले मुख्य प्रवाहमा मान्यता प्राप्त गरेकी थिइन्।
प्रारम्भिक जीवनसम्पादन
टेसा लिन थम्प्सनको जन्म अक्टोबर ३, १९८३ मा लस एन्जलस, क्यालिफोर्नियामा जन्म भएको थियो।[१] उनी लस एन्जलस र ब्रुकलिन, न्यूयोर्कको बीच हुर्केकी थिइन्।[२] उनको बुबा, गायक-गीतकार मार्क एन्थोनी थम्प्सन अफ्रिकी-पानामियाली मूलका हुन्[३] र साङ्गीतिक सामूहिक चकलेट जिनियस इङ्कका संस्थापक हुन्।[२] उनकी आमा ह्वाइट र मेक्सिकन वंशकी हुन्।[४] उनकी कान्छी सौतेनी बहिनी छिन्, जेला, जो एक गायिका र गीतकार हुन्।[५]
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Tessa Thompson", TV Guide, मूलबाट सेप्टेम्बर ८, २०१६-मा सङ्ग्रहित।
- ↑ २.० २.१ Thompson in Morgan, Kai (मे ५, २०१४), "Exclusive: Tessa Thompson on varied dreams and effecting change", EmbraceYouMagazine.com, मूलबाट मार्च ३१, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २०१५।
- ↑ "Tessa Thompson Shares How Her Mexican Mother Helped Her Take Pride In Her Blackness: 'She Wanted Me To Be Brave'", Essence, मूलबाट मार्च २७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ९, २०१९।
- ↑ Zakarin, Jordan (डिसेम्बर २९, २०१४), "Tessa Thompson on Selma, Dear White People, and Her Breakthrough Year", Yahoo! Movies, मूलबाट सेप्टेम्बर २१, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १०, २०१७, "...a Panamanian father and half Mexican, half white mother."
- ↑ Benor, Dalya (अप्रिल २६, २०१९), "Zsela Sings Moody Ballads for the Fashion and Art Set", The New York Times (New York City), मूलबाट जुलाई २७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २०१९।