टेलकमसेल

इन्डोनेसियाली दूरसञ्चार सेवप्रदायक

पर्सिरोन टर्बटास टेलिकोमुनिकासी सेलुलर, वा व्यापारीरीक नाम टेलकमसेल, एक इन्डोनेसियाली ताररहित सञ्जाल प्रदायक हो जसको स्थापना सन् १९९५ मा भएको थियो र यो टेलकम इन्डोनेसियाको सहायक कम्पनी हो। यसको प्रधान कार्यालय दक्षिण जाकार्तामा अवस्थित छ।

पर्सिरन टर्टटास टेलिकोमुनिकासी सेलुलर
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगदूरसञ्चार
स्थापित(२६ मे १९९५ (1995-05-26))
केन्द्रीय कार्यालयजाकार्ता, रइन्डोनेसिया
मुख्य व्यक्ति
एमा श्री मार्टिनी (कार्यकारी)
उत्पादनहरूकार्तु हलो, सिम पति, कार्तु एएस, फ्ल्यास, र लूप
मालिकहरूटेलकम इन्डोनेसिया (६५.०%)[१]
सिङ्गापुर दूरसञ्चार कम्पनी लिमिटेड (३५.०%)[२][३]
मूल सङ्गठनपिटि टेलकम इन्डोनेसिया
वेबसाइटआधिकारिक वेबसाइट

टेलकमसेल सन् २०१८ का अनुसार, इन्डोनेसियाको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो जसले १७२ मिलियन ग्राहकहरूलाई सेवा प्रदान गर्दछ।[४] कम्पनीले आफ्नो विमोसप्र सञ्जाल ९००–१८०० आवृत्तीको क्षेत्रमा सञ्चालन गरेको थियो। यसका साथै यसले तेस्रो पुस्ता र चौँथो पुस्ता सञ्जाल पनि सञ्चालन गर्दछ। टेलकमसेलले विभिन्न विविधताका सिम कार्ड ब्राण्डहरूको बिक्रीवितरण गर्दै आइरहेको छ जसमा सिम पत्ती र कार्तुहालो पनि समावेश छन्। यी ब्राण्डहरू भुक्तानी , लोकप्रियताका अनुसार फरक छन जसमा अग्रीम भुक्तानी र पछि भुक्तानी समावेश छन्। ३१ मार्च २०१५ सम्म, टेलकमसेलले इन्डोनेसियाली दूरसञ्चारको क्षेत्रमा ४६% बजार साझेदारी गरेको छ।[५] यो कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी ओरिदूको सहायक इन्डोस्याटको प्रतिद्वन्द्वी हो।

इतिहास सम्पादन गर्नुहोस्

टेलकमसेल २६ मे १९९५ मा इन्डोनेसियाको राजधानी जाकार्तामा स्थापना भएको थियो। यसमा टेलकम इन्डोनेसियाको ६५% शेयर रहेको छ भने सिङ्गापुर दूरसञ्चार कम्पनी लिमिटेडको ३५% सेयर रहेको छ।[६] नोभेम्बर १९९७ मा, टेलकमसेल रिचार्ज गर्न मिल्ने विश्वव्यापी मोबाइल सञ्चार प्रणालीमा आधारित अग्रिम भुक्तानी सेवा सञ्चालन गर्ने एसियाकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो। सेप्टेम्बर २००६ मा, टेलकमसेल देशव्यापी रूपमा तेस्रो पुस्ता सञ्जाल सेवा सञ्चालन गर्ने पहिलो दूरसञ्चार कम्पनी पनि बनेको थियो।

२० मार्च २००९ मा, टेलकमसेल र एप्पल दक्षिण एसिया कम्पनीे लिमिटेडल संयुक्त रूपमा इन्डोनेसियामा आइफोन तेस्रो पुस्ताको सुरुवात गरेका थिए जसमा यसले आफ्ना ग्राहकहरूका लागि अनुकूलित रकम योजनाको पनि सार्वजनिक गरेको थियो।[७] त्यसको तीन वर्ष पश्चात्, टेलकमसेलले १०० मिलियन भन्दा बढी सक्रिय ग्राहकहरूलाई आफ्नो सञ्जाल भित्र समावेश गर्न सफल भएको थियो।[८]

अप्रिल २०१७ मा, कम्पनीको वेबसाइट ह्याक गरिएको थियो जसमा ह्याकरले उच्च शुल्क र अनावश्यक अतिरिक्त सेवाहरूको बारेमा एक सन्देश सार्वजनिक गर्दै टेलकमसेलको विरोध गरेका थिए/ गरेकी थिइन्। सामाजिक सञ्जालहरू मार्फत ह्याकरलाई व्यापक समर्थन मिलेको थियो।[९]

नाराहरू सम्पादन गर्नुहोस्

टेलकमसेल, धेरै नजिक, धेरै यथार्थ (बहासा इन्डोनेसिया: बेगितु डिकात, बेगितु न्यात, सन् १९९५–२००५)

सेवामा अग्रणी (सन् २००८, १३अौँ वार्षिकोत्सब)

विस्तारित सञ्जाल, उत्कृष्ट गुणस्तर (बहासा इन्डोनेसिया: जाङकाउन लुवास, क्वालिटस टर्बैक, सन् २००८–हाल)

टेलकमसेल पालिङ इन्डोनेसिया (सन् २०१०–हाल)

जाङकाउन टर्लुवास टर्सेपाट (सन् २०१५–हाल)

ताहुन टेलकमसेल उण्टुक इन्डोनेसिया (सन् २००९, १४अौँ वार्षिकोत्सब,)

१५) टाहुन टेलकमसेल इनोभाषी उण्टुक निजेरी (सन् २०१०, १५अौँ वार्षिकोत्सब: नेपाली - राष्ट्रका लागि नवीनता)

ताहुन टेलकमसेल १०० जुता पेलाङ्गान (सन् २०११, १६अौँ वार्षिकोत्सब, नेपाली: १०० मिलियन ग्राहकहरू प्रति समर्पित)

ताहुन टेलकमसेल मुडा, बेडा, पालिङ इण्डोनेसियन (सन् २०१२, १७अौँ वार्षिकोत्सब)

ताहुन टेलकमसेल मुडन, बर्बागी, पालिङ इन्डोनेसिया (सन् २०१२, १८अौँ वार्षिकोत्सब )

टेलकमसेल सुनौलो भविष्यका लागि (सन् २०१४, १९अौँ वार्षिकोत्सब)

ताहुन टेलकमसेल क्रियसी उण्टुक इन्डोनेसिया (सन् २०१५, २०अौँ वार्षिकोत्सब, नेपाली: इन्डोनेसियाका लागि सृजना)

ताहुन टेलकमसेल बिकिन केरेन इन्डोनेसिया (सन् २०१६, २१अौँ वार्षिकोत्सब)

ताहुन टेलकमसेल मेमाजुकन (सन् २०१७, २२अौँ वार्षिकोत्सब, नेपाली: देशलाई उन्नति तर्फ धकेल्दै)

ताहुन टेलकमसेल उण्टुक इन्डोनेसिया जिमिल्याङ (सन् २०१८, २३अौँ वार्षिकोत्सब)

सेवा तथा उत्पादनहरू सम्पादन गर्नुहोस्

टेलकमसेलका उत्पादनहरू सम्पादन गर्नुहोस्

१) कार्तुहालो

२) सिमपत्ती

३) कार्तु एस

४) कार्तु एस फ्लेक्सी

५) टेलकमसेल फ्ल्यास

६) कार्तु फेसबुक

७) सिमपत्ती लुप

८) कार्तु लुप

पूर्व सेवाहरू सम्पादन गर्नुहोस्

  • एचएसपिए

नोभेम्बर २००९ मा, टेलकमसेलले एचएसपिए + (उच्च गति प्याकेट पहुँच) सेवा थपेको थियो जसमा यसको इण्टरनेट गति २१ मेगाबाइट प्रति सेकेण्ड सम्म पुगेको थियो र सन् २०१० को अन्त्य सम्ममा, यो इन्डोनेसियाको २४ सहरहरूमा लागू हुने जनाइएको थियो।

सञ्जालको पहुँच सम्पादन गर्नुहोस्

सन् २०१८ सम्म, टेलकमसेलसँग १६०.७०५ आधार ट्रान्सकिभर स्टेसन रहेको छ जसमा ६८.७% तेस्रो पुस्ता/चौँथो पुस्ता सञ्जालको क्षमता राख्दछ।[१०] टेलकमसेल इन्डोनेसियाको विस्तारित सञ्जाल मध्ये एक हो जसले इन्डोनेसियामा ९७% भन्दा बढी क्षेत्रहरूमा सेवा सञ्चालन गर्दछ जसले गर्दा यो इन्डोनेसियाको सम्पूर्ण प्रदेश तथा क्षेत्रहरूमा सेवा सञ्चालन गर्ने एक मात्र मोबाइल सञ्जाल सञ्चालक बनेको छ। यसको सञ्जालले विमोसप्र दोहोरो ब्याण्ड (९०० र १८००), जिपिआरएस, तेस्रो पुस्ता र चौँथो पुस्ताको प्रयोग गर्दछ। सेप्टेम्बर २००८ सम्म, यसले संसारका ३२३ भन्दा बढी विभिन्न देशहरूका प्रमुख दूरसञ्चार कम्पनीहरूसँग साझेदारी गरी १७० भन्दा बढी देशहरूमा रोमिङ सेवाको सञ्चालन गरेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Continuing to Win in the Digital Era" (PDF), टेलकमसेल डटकम, अन्तिम पहुँच २०१७-०४-२६ 
  2. "Shareholding Pattern | Bharti Airtel", Airtel.in, मूलबाट २४ मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१२ 
  3. "Shareholding Pattern as of Dec 2011| Bharti Airtel", एयरटेल डटइन, मूलबाट २६ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१२ 
  4. "सन् २०१८ को टेलकमसेलको वार्षिक प्रतिवेदन" 
  5. "वार्षिक प्रतिवेदन २०१४" (PDF), सिङ्टेल डटकम, अन्तिम पहुँच २०१७-०४-२६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-०५ मिति
  6. "विजनेस विकमा टेलकमसेल", इन्भेष्टिङ डट विजनेस विक डटकम, अन्तिम पहुँच २३ जुलाई २०१० 
  7. "Archived copy", मूलबाट १७ डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-१७ मिति
  8. "Telekomunikasi Indonesia – Telkom – Indonesia Investments", इन्डोनेसिया-इन्भेष्टभेण्ट डटकम, अन्तिम पहुँच २६ अप्रिल २०१७ 
  9. Dion Bisara; Herman (१८ अप्रिल २०१७), "Telkomsel Hacked, Customers Vent Frustration Over Internet Price", द जाकार्ता ग्लोब, अन्तिम पहुँच १५ मे २०१७ 
  10. Center, PT. Indonesia News, "Pelanggan Telkomsel Membludak, Jumlah BTS Digenjot", inilahcom (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्