टेलकमटेल्ष्ट्रा
टेलकमटेल्ष्ट्रा इन्डोनेसियाको राजधानी जाकार्तामा आधारित एक दूरसञ्चार कम्पनी हो।[१] यो देशको सबैभन्दा ठूलो निश्चित लाइन सेवा सञ्चालक हो भने यो अष्ट्रेलियाली दूरसञ्चार कम्पनी, टेल्ष्ट्रा र टेलकम इन्डोनेसियाको संयुक्त लगानीको रूपमा गठन भएको थियो। [२][३] टेलकमटेल्ष्ट्राले प्रबन्धित सञ्जाल सेवाहरू जस्तै वादल सेवा, सफ्टवेयरको रूपमा सेवा , सेवाको रूपमा पूर्वाधार, सेवाको रूपमा मञ्च, एकीकृत सञ्चार र सहयोग सेवा, व्यवस्थित सुरक्षा सेवा , र व्यावसायिक सेवाहरूको प्रदान गर्दछ। यस संयुक्त उद्यम अक्टोबर २०१४ मा गठन भएको थियो र यसमा हाल १०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।[४][५] यो कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको सहायक इन्डोस्याटको प्रतिद्वन्द्वी हो।
टेलकमटेल्ष्ट्रा पर्सिरन टर्बटास टेलट्रानेट एप्लिकासी सोलुसी | |
व्यवसाय प्रकार | दूरसञ्चार कम्पनी |
उद्योग | दूरसञ्चार |
स्थापित | २७ अक्टोबर २०१४जाकार्ता, इन्डोनेसिया | in
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | इन्डोनेसिया |
मुख्य व्यक्ति | एरिक मिजर (प्रमुख कार्यकारी अधिकृत) |
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्टेलकमटेल्ष्ट्राको स्थापना, टेलकम इन्डोनेसिया र एक अष्ट्रेलियाली कम्पनी टेल्ष्ट्राको बीच एक प्रारम्भिक बैठक र सम्झौता ज्ञापनपत्रबाट भएको थियो।[६][७] २९ अगष्ट २०१४ मा यी दुई कम्पनीका अभिभावकहरू बीच संयुक्त लगानी सम्झौता अन्तिम रूपमा समापन भएको थियो। एक विशेष नयाँ दूरसञ्चार सेवा प्रदायक बन्न र नयाँ संयुक्त उद्यम सृजना गर्नका लागि, दुई कम्पनीका विशेष स्रोतहरू छान्ने र साझा रूपमा गठन गर्ने अवधारणाका साथ यसलाई स्थापना गरिएको थियो। पर्सिरन टर्बटास टेलट्रानेट एप्लिकासी सोलुसी (टेलकमटेल्ष्ट्रा) जकार्तामा स्थापित भएको थियो।[६][७] स्थापना कार्यलाई सन् २७ अक्टोबर २०१४ मा, गणतन्त्र इन्डोनेसियाका न्यायमन्त्रीले आफ्नो निर्णय पत्रमा अनुमोदन गरेका थिए। स्थापना काल देखि यता यसको विस्तार भएको छ र यसले विभिन्न सेवाहरूको दायरा पनि समावेश गरेको छ।[८] यसलाई आइडिसी द्वारा "सबैभन्दा अभिनव साझेदारी पुरस्कार"बाट सम्मानित गरिएको छ।[९][१०][११]
सेवाहरू
सम्पादन गर्नुहोस्टेलकमटेल्ष्ट्राले देशव्यापी रूपमा सञ्जाल अनुप्रयोग सेवाहरूको प्रदान गर्दछ, र, यसको सम्झौता बमोजिम, देशमा यो दूरसञ्चार सेवाहरूको विशेष प्रदायक हो। हाल सम्म, कम्पनीले प्रदान गरेको सेवाहरू यस प्रकारका छन्:[१२]
व्यवस्थित सञ्जाल सेवाहरू - टेलकमटेल्ष्ट्राले दुबै बहुराष्ट्रिय र घरेलु कम्पनीहरूको सञ्चार सञ्जालहरूको लागि प्रबन्धन सेवाहरूको प्रदान गर्दछ।[१३]
सेवाको रूपमा सफ्टवेयर - यसलाई माग अनुरुपका सफ्टवेयर भनेर पनि चिनिन्छ। टेलकमटेल्ष्ट्राले सदस्यतामा आधारित सफ्टवेयर सेवाहरूको पनि प्रदान गर्दछ। [१४]
एकीकृत सञ्चार र सहयोग - टेलकमटेल्ष्ट्राले कम्पनीहरूमा सबै सञ्चारहरूलाई एक ठाउँमा ल्याएर चुनौतीहरू पार गर्न मद्दत गर्दछ, र कर्मचारीहरूको लागि सञ्चार सेवाहरू प्रदान गर्दछ। [१५]
व्यवस्थित सुरक्षा सेवाहरू - यो सेवा कम्पनीको सुरक्षाको उद्देश्य हो जसले ग्राहकहरूको संवेदनशील जानकारीलाई आक्रमण र चुहावट हुनबाट बचाउँदछ।[१६]
व्यावसायिक सेवाहरू - परामर्श सेवाहरू सहित परियोजना व्यवस्थापन र मूल्याङ्कन।[४][१७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Telstra in joint venture with Telekom Indonesia", द अष्ट्रेलिएन, ३० अगस्ट २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ आदित्य पञ्जी (१३ मे २०१५), "Perusahaan Patungan TelkomTelstra Incar Perbankan", सिएनएन इन्डोनेसिया, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ "PASARKAN NAS, Telkom Gandeng Telstra", Bisnis, २९ अगस्ट २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ ४.० ४.१ "Telstra Forges Network Services Joint Venture in Indonesia", द गर्जिएन।
- ↑ "Telkom, Australia’s Telstra to form JV", द जाकार्ता पोष्ट, २ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ ६.० ६.१ ब्राएन कार्लोभस्की (२९ अगस्ट २०१४), "Telstra strikes Cloud deal with Telkom Indonesia", आर्न नेट, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ ७.० ७.१ "TELKOM & TelkomMetra Embarked on a Joint Venture with Telstra", मित्र, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ रोहन पिएर्स (२९ अगस्ट २०१४), "Telstra finalises joint venture with Telkom Indonesia", कम्प्युटर वर्ल्ड, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६। वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
- ↑ "Telkomtelstra Switches on Gen Next Solutions in Indonesia", मिडिया न्युजलाइन।
- ↑ "Telkom and Telstra Win 'IDC Telecom Service Provider Innovation Award 2014'", जाकार्ता ग्लोब, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ "Telkomtelstra To Bridge Business Relations Between Australia and Indonesia", जकार्ता ग्लोब, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ एण्ड्र्यु सादौसकास (१ सेप्टेम्बर २०१४), "Telstra finalises NAS joint venture deal with Telkom Indonesia", Smartcompany.com.au, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६। वेब्याक मेसिन अभिलेखिकरण ७ मार्च २०१६ मिति
- ↑ "Company Overview of Telkomtelstra", ब्लुमबर्ग, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ इचसान इमरल्ड (१४ नोभेम्बर २०१४), "Telkom Telstra Raih Penghargaan TSPI 2014", रिपब्लिका, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ "Telkomtelstra Launches Network Applications and Services (NAS) for Indonesian Enterprises", ुद फाष्ट मोड, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ बेञ्जामिन चिर (१० फेब्रुअरी २०१६), "Telstra serious about Asia play", डिजिटल न्युज एसिया, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।
- ↑ "Telkom-Telstra JV to Launch Customer Experience Center in Jakarta", जाकार्ता ग्लोब, १६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६।