टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह (सरलीकृत चिनियाँ: 腾讯音乐娱乐集团 ) एक चिनियाँ कम्पनी हो जसले चिनियाँ बजारको लागि सङ्गीत प्रवाह सेवाहरूको विकास गरेको थियो। यो टेन्सेन्ट र स्पोटिफाई बीच एक संयुक्त उद्यम हो। कम्पनीका अनुप्रयोगहरू जस्तै क्युक्यु सङ्गीत , कुगो, र कुवो सहित यसमा ७०० मिलियन भन्दा भन्दा बढी सक्रिय प्रयोगकर्ता र १२० मिलियन भुक्तान ग्राहकहरू रहेका छन्।[२][३][४] जुलाई २०१६ सम्ममा, टेन्सेन्ट सङ्गीतका तीन सेवाहरूले चीनमा सङ्गीत प्रवाह सेवाको अनुमानित ५६% भाग ओगटेको छ।[५]

टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह
पूर्व नाम
चीन सङ्गीत निगम
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी, संयुक्त उद्यम
व्यावसायिक रूपढाँचा:न्युयोर्क सेयर बजार
आइएसआइएनUS88034P1093 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
पूर्ववर्तीचीन सङ्गीत निगम
टेन्सेन्टको क्युक्यु सङ्गीत विभाग
स्थापितजुलाई 2016; ७ वर्ष अघि (२०१६-०७)
केन्द्रीय कार्यालयसेन्झेन, चीन
उत्पादनहरूक्युक्यु सङ्गीत, कुगौ, कुवो
मालिकटेन्सेन्ट
स्पोटिफाई
कर्मचारी सङ्ख्या
२,४००[१] (सन् २०१७)
वेबसाइटwww.tencentmusic.com

इतिहास सम्पादन गर्नुहोस्

टेन्सेन्ट सङ्गीतलाई जुलाई २०१६ मा सृजना गरिएको थियो। [६]परिणाम स्वरूप टेन्सेन्ट यसको सङ्गीत प्रस्तावलाई सुदृढ गर्न चीन सङ्गीत निगमको खरीद गरेको थियो। ४ जुलाई २०१८ मा, सोनी / एटिभी सङ्गीत प्रकाशनले टेन्सेन्ट सङ्गीतमा एक सेयर प्राप्त गरेको थियो।[७] अक्टोबर २०१८ मा, कम्पनीले अमेरिकामा करीव २ अर्ब अमेरिकी डलरको प्रारम्भिक सार्वजनिक प्रस्ताव लागि फाइल दर्ता गरेको थियो।[८][९]

डिसेम्बर २०१८ मा, कम्पनीले लगभग १.२३ अर्ब अमेरिकी डलरको सेयरको कुल मूल्यको साथ प्रारम्भिक सार्वजनिक प्रस्तावको घोषणा गरेको थियो जसमा अमेरिकी विश्वस्त सेयर ८२ मिलियन र नियमित सेयरको मूल्य १३ देखि १५ मिलियन रहेको थियो।[१०] ४६.६% टेन्सेण्ट सङ्गीतको सामान्य सेयर स्पोटिफाईको स्वामित्वमा रहेको छ। [११]

कोशेढुङ्गा सम्पादन गर्नुहोस्

सन् २००३: क्युक्युले अनलाइन सङ्गीत सेवाको सुरु गरेको थियो।

सन् १००४: कुगु सङ्गीतको प्रक्षेपण गरिएको थियो।

सन् २००५: क्युक्यु सङ्गीत र कुवो सङ्गीतको प्रक्षेपण गरिएको थियो।

सन् २०१२: कुगु,प्रत्यक्ष (पूर्व कुगु फ्यानसिङ) को प्रक्षेपण गरिएको थियो।

सन् २०१३: चीन सङ्गीत निगमले कुवोलाई अधिग्रहण गरेको थियो र कुवो प्रत्यक्षको सुरुवात

सन् २०१४: चीन सङ्गीत निगमले कुगोको अधिग्रहण गरेको थियो।

विसिङ्को सुरुवात

सन् २०१६: टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह र चिनियाँ सङ्गीत निगममा टेन्सेण्टको अनलाइन सङ्गीत व्यवसायको संयोजनबाट सृजना गरिएको थियो।

सन् १०१७: टेन्सेन्ट सङ्गीतकार कार्यक्रमको सुरुवात

टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूहले अल्टिमेट सङ्गीतलाई अधिग्रहण गरेको थियो।

सन् १०१८: टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह र सोनी सङ्गीतले संयुक्त रूपमा लिक्क्युड ष्टेट नामक सङ्गीत लेबलको सुरुवात गरेका थिए।

टेन्सेन्ट सङ्गीतले गैर नाफामूलक कार्यक्रमको सुरुवात गरेको थियो।

सोनी सङ्गीत र वार्नर सङ्गीतले टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूहमा रणनीतिक लगानी गरेको थियो।

टेन्सेन्ट सङ्गीत मनोरञ्जन समूह, न्यू योर्क सेयर बजारमा सूचीबद्ध भएको थियो।[१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Tencent Music’s Andy Ng talks China and expansion", म्युजिकल्ली, ६ जुन २०१८, अन्तिम पहुँच ८ जुलाई २०१८ 
  2. "Tencent Music drowns out Spotify and Apple", ब्लुमबर्ग समाचार 
  3. "Revealed: Billboard's 2017 Digital Power Players, Guiding the Future in Music and Tech", बिलबोर्ड 
  4. लि, पर्ल (२७ जुन २०१७), "Why China’s music streaming is leading the world", टेक इन एसिया 
  5. सु, जेन (१५ जुलाई २०१६), "Tencent to merge QQ Music service with China Music Corp to create streaming giant", साउथ चाइना मर्निङ पोष्ट, अन्तिम पहुँच ८ अगस्ट २०१८ 
  6. "Tencent spikes on music arm move", द स्ट्यान्डर्ड 
  7. ह्युग, जेनिफर, "Crunch time for Tencent Music's 2018 $2 billion IPO hopes", युएस (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-२१ 
  8. Sony/ATV Share Tencent IPO Profits with Songwriters वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१२ मिति वानइडिएम, अभिगमन मिति ११ अगष्ट २०१८
  9. Sony/ATV owns a stake in Tencent Music Entertainment म्युजिक बिजनेस वर्ल्डवाइड, अभिगमन मिति ११ अगष्ट २०१८
  10. "Tencent Music moving ahead with its $1.2B U.S. stock market debut", टेक क्रञ्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१२-०४ 
  11. MarketScreener, "SPOTIFY TECHNOLOGY SA : Shareholders Board Members Managers and Company Profile | LU1778762911 | MarketScreener", मार्केट स्क्रिनर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०७-०७ 
  12. "हाम्रो बारेमा", आधिकारिक वेबसाइट 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट