टेकनाथ रिजाल भुटानी नेता हुनुहुन्छ। उहाँको जन्म २००४ फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा भएको हो। भुटान पिपुल्स पार्टीका अध्यक्ष, वहा अहिले नेपालमा शरणार्थी हुनुहुन्छ।

वहाले भुटानमा सक्रिय हुदा, लामीडाँडा क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि भई डेढ दशकसम्म भुटानको सेवा गर्नुभयो। उहाँ भुटानका लोकप्रिय नेता हुनुभयो। उहाँले भारतको बनारसबाट संस्कृतमा आचार्य गर्नुभएको छ। उहाँ भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने मुख्य व्यक्ति हुनुहुन्थ्यो।

भुटानमा भएको जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइ सरेर आएका र गैरभुटानी भनी तीन वर्गमा बाँढ्यो। नेपाली मूलका अधिकांश नागरिकलाई गैरभुटानी समूहमा राखिएकोमा उहाँले राजा समक्ष चित्त नबुझेको बताउनुभयो। तत्कालिन भूटानी राजाले त्यसपछि रिजाल आफ्नो बिरोधि हुनसक्ने शंका गरे। त्यसै बेला संसदको उपसभामुखमा राजाका मान्छेले हारे भने रिजाल समर्थित मान्छेले जिते। राजालाई शंका बढ्यो। भुटानी राजाका मान्छेले उहालाई खेदाए। उहाँलाई भुटानमा मार्न खोजियो। त्यसपछि भारतको आसाम हुँदै २०४५ भदौ अन्तिमतिर नेपाल आउनुभयो।

रिजाललाई सन् १९८९ मा त्यसबेलाको नेपालको पञ्चायती सरकारले झापा जिल्लाबाट पक्राउ गरेर भुटान सरकालाई बुझायो। रिजाललाई तुरुन्तै चेम्गांगको बन्दि गृहमा थुनियो[१]. सन् १९९३ सम्म मुद्धा चलाई रिजाललाई जन्म कैद गर्ने फैसला सुनाइयो। दश वर्षपछि शरणार्थी समस्या भुटान-नेपाल बार्ताबाट गरिने भन्दै राजाको माफी पछि जेलबाट मुक्त गरियो [२][३]। त्यसपछि राजासग भेट्न भनेर उहाँ दुई वर्ष भुटानको राजधानी थिम्पूमा बस्नुभयो तर भेट्न दिइएन। अनि भारतको सिलगुढी जानु भयो। सिलिगुढी, कोलकातादिल्लीमा औषधी-उपचार गर्नुभयो र नयाँ दिल्ली हुँदै २०६० असोज ३० गते काठमाडौँ आउनुभयो।

२०६१ असोज १मा नेपाल सरकारले रिजाललाई संसार-भ्रमण गर्ने अनुमति दियो। पहिले अनुमति नदिएकाले उहाले अनसन बस्नुपरेको थियो। अनुमति दिएपछि उहाले जेनेभामा भएको राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको बैठकमा भाग लिनुभयो। उहाँको आत्मकथाको पुस्तक 'निर्वासन' प्रकाशित छ। उहाँले प्रकाश काफ्ले अन्तर्राष्ट्रिय ऐक्यबद्धता पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार पाउनुभएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Amnesty International, "Amnesty International welcomes release of prisoner of conscience", press release, 1999-12-21, accessed 2009-01-16.
  2. Amnesty International, "Amnesty International welcomes release of prisoner of conscience", press release, 1999-12-21, accessed 2009-01-16
  3. "Tek Nath Rijal", Nepali Times, 2003-05-01, accessed 2009-01-16

यो भुटान सम्बन्धी लेख अहिले अधुरो अवस्थामा छ। यसलाइ तपाइ बढाएर यस लेखलाइ सुधार्न सक्नुहुन्छ।