काइरा रिनी हिनिगेन (जन्म: २२ अक्टोबर १९८३) एक क्यानडेली व्यवसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल अमेरिकी कुस्ती पदोन्नति इम्प्याक्ट रेस्लिङमा टाया भल्किरीको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले इम्प्याक्ट रेस्लिङमा एकपटक नकआउट्स उपाधि र मेखिकोमा आधारित लुचा लिब्रे एएए विश्वव्यापीमा एकपटक महिला उपाधि जित्न सफल भएकी थिइन्। उनी हाल एएए रिनेस रेइना डि रिनासका तात्कालिक महिला उपाधि विजेता हुन्। उनी महिला लुचा क्यापिटलकी पहिलो विजेता पनि हुन्।

टाया भल्किरी
सन् २०१८ मा भल्किरी
वास्तविक नामकाइरा रिनी फोस्टर
जन्म (1983-10-22) अक्टोबर २२, १९८३ (उमेर ४०)
ब्रिटिस कोलम्बिया, क्यानडा
निवासस्थानलस एन्जल्स, क्यालिफोर्निया, अमेरिका[१]
जीवनसाथी(हरू)
जोन मोरिसन
(
वि २०१८)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामकाइरा फोस्टर
टाया[२]
टाया मुण्डो[२]
टाया भल्किरी[२]
उचाई१.७३ मी (५ फिट ८ इन्च)
तौल१४५ पाउन्ड (६६ किग्रा)
उत्पत्तिभिक्टोरिया, ब्रिटिस कोलम्बिया
प्रशिक्षकलेन्स स्टोर्म
पदार्पणसन् २०१०

व्यवसायीक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

प्रशिक्षण तथा सुरुवाती कार्यकाल (सन् २०१०–२०११) सम्पादन गर्नुहोस्

सन् २०१० मा हिनिगेनले लेन्स स्ट‍र्मद्वारा निर्माण गरिएको स्टोर्म रेस्लिङ एकेडेमीमा लेन्स स्टोर्मसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन्। उनी लेन्सको क्यानडेली वास्तविक कार्यक्रम वर्ल्ड अफ हर्ट र रोडी पिपर द्वारा सञ्चालन गरिएको कार्यक्रमहरूमा पनि सामेल भएकी थिइन्। त्यहीँबाट उनले क्यानडा स्थित अन्य कुस्ती पदोन्नतिहरूमा कुस्ती खेल्न सुरु गरेकी थिइन् जहाँबाट उनले आफ्नो रिङ नाम टाया भल्किरीको रूपमन प्रस्तुत हुन थालेकी थिइन् भने उनले प्रायःजस‍ समय इलिट क्यानडियन च्याम्पियनसिप रेस्लिङमा बिताएकी थिइन्।

डब्ल्युडब्ल्युई (सन् २०११) सम्पादन गर्नुहोस्

सन् २०११ को अक्टोबरमा उनले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रहरूमा आधिकारिक रूपमा कुनैपनि कुस्ती नखेलेकी उनी पछि सन् २०११ मा अमेरिकी स्वतन्त्र सर्किट तथा क्यानडेली कुस्ती पदोन्नतिहरूमा कुस्ती खेल्नका लागि गएकी थिइन्।

लुचा लिब्रे एएए विश्वव्यापी (सन् २०१२–२०१७) सम्पादन गर्नुहोस्

सन् २०१२ नोभेम्बर ३ का दिन फोर्स्टरले लुचा लिब्रे एएए विश्वव्यापीमा आफ्नो रिङ नाम टाया भाल्किरीको रूपमा उक्त पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनी छ खेलाडी मिश्रित ट्याग टिम खेलमा पर्दापण गरेकी थिइन् जुन खेलमा उनी ग्रान अपाची र मेरी अपाचीको टोलीमा सामेल भएकी थिइन्। सन् २०१२ देखि सन् २०१३ को अन्त्य तिर उनले उक्त पदोन्नतिमा विभिन्न एकल तथा ट्याग टिम खेलहरू खेलेकी थिइन्।[३] सन् २०१३ मार्च ३ का दिन भल्किरीले जेनिफर ब्लेकलाई पराजित गर्दै एएए रेइना डे रिनास उपाधिको प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गर्न सफल भएकी थिइन्।[४] उक्त खेलको दुई हप्ता पछि आयोजित रे डि रेइजमा भल्किरी फेर वे इलिमिनेस खेलमा फेबी अपाची, लुफिस्टो र मेरी अपाचीसँग खेल खेलेकी थिइन् तर उक्त खेलमा उनले खाली रहेको उपाधि जित्न असमर्थ रहिन्। [५]

सन् २०१४ जुन ४ का दिन भल्किरीले चिन्टिया मोरेनो, ला योरचिटा, ला म्याग्निफीका, मेरी अपाची, सेक्सी लेडी र सेक्सी स्टारलाई एकै खेलमन हारउँदै फेबी अपाचीको रेइना डि रिनास उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन्।[६] उक्त खेलको केही महिना पश्चात् अगष्ट १७ मा भल्किरीले फेबी अपाचीलाई उपाधिका लागि खेलमा पराजित गर्दै पहिलोपटक रेइना दे रिनास उपाधि जित्न सफल भएकी थिइन्।[७] सेप्टेम्बर १२ का दिन उनले उक्त उपाधि स्वतन्त्र टोटल इभेण्टमा कोकोरा फ्लोरेस, फेबी अपाची, करिना डुभाल, मुनिका र प्रिन्सेस मेटालिकाको विरुद्धमा उपाधि रक्षा गर्न सफल भएकी थिइन्।[८] उनले उक्त उपाधि सन् २०१७ मार्च १९ का दिन अयोको हमान्डा विरुद्धको खेलमा गुमाउन पुगेकी थिइन्।[९] उनीहरूको बीको पुनः खेल अप्रिल २१ का दिन आयोजना गरिएको थियो जहाँ उनले हमान्डलाई उपाधिका लागि खेलमा पराजित गर्दै दोस्रोपटक रेइना दे रिनास उपाधि हात पार्न सफल भएकी थिइन्।[१०] १ जुलाई २०१७ का दिन एएए कुस्ती पदोन्नतिका प्रबन्धकले भल्किरीले जितेको रेइना दे रिनास उपाधि खाली रहेक‍ जानकारी गराएका थिए भने उक्त पदोन्नतिमा सेक्सी स्टार पुनः फर्किइन् र उनले उक्त उपाधि पछि जितेकी थिइन्।[११]

इम्प्याक्ट रेस्लिङ सम्पादन गर्नुहोस्

सुरुवाती कार्यकाल (सन् २०१७-२०१९) सम्पादन गर्नुहोस्

सन् २०१७ सेप्टेम्बर ७ का दिन भल्किरीले अमेरिकी एक कुस्ती पदोन्नति संस्था इम्प्याक्ट रेस्लिङमा पर्दापण गरेकी थिइन् भने उनले उक्त पदोन्नति अन्तर्गतको पहिलो उपस्थितिमानै रोज मेरीलाई आक्रमण गरेकी थिइन्। [१२] उक्त घटनाको एक हप्ता पश्चात् आयोजित इम्प्याक्टको एक श्रृङ्खलामा भल्किरीले उनको पहिलो खेलमा एम्बर नोभालाई पराजित गर्न सफल भएकी थिइन्।[१३] सन् २०१७ को सेप्टेम्बर र अक्टोबर महिना भरि रोज मेरी र भल्किरी बीचको द्वन्द्व चलिरहेको थियो जसको फलस्वरूप उनीहरूको बीच पछि खेल आयोजना गरिएको थियो जुन भल्किरीले जित्न सफल भएकी थिइन्।[१४][१५][१६] उनीहरू बीच पुनः खेल बाउन्ड फल ग्लोरी नामक एक कार्यक्रममा आयोजना हुने भनिएक‍ थियो तर उक्त खेल खेल्न भल्किरी असमर्थ रहिन्।[१७] ५ महिनासम्मको अस्थायी अवकाश पश्चात् भल्किरी सन् २०१८ मार्च १ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा पुनः फर्किएकी थिइन् जहाँ उनले फेरी रोज मेरीलाई आक्रमण गरेकी थिइन्।[१८][१९] अप्रिल १२ का दिन आयोजित इम्प्याक्टको एक श्रृङ्खलामा भल्किरी र उनको खेल जारी गरिएको थियो जहाँ भल्किरी मेरीसँग पराजित भएकी थिइन् भने उक्त खेल पश्चात् उनीहरू बीचको द्वन्द्वको पनि अन्त्य भएको थियो।[२०]

भल्किरी पछि ५ महिनाको अवकाश पश्चात् सन् २०१८ को सेप्टेम्बर महिनामा इम्प्याक्टमा फिर्ता भएकी थिइन् तर उनले उक्त पदोन्नतिमा फर्किने बित्तिकै तात्कालिक इम्प्याक्ट नकआउट्स विजेता टेसा ब्लाञ्चर्डलाई उनको उपाधिका लागि चुनौती दिन सुरु गरेकी थिइन्।[२१][२२] जनवरी ६, २०१९ का दिन इम्प्याक्ट रेस्लिङद्वारा आयोजित होमकमिङ नामक एक कार्यक्रममा ब्लाञ्चर्डको सामाना भल्किरीसँग उनको उपाधिका लागि भएको थियो जुन खेलमा अतिथि निर्णायकको रूपमा गेल किम आएकी थिइन्।[२३][२४] उक्त खेलकी अतिथि निर्णयक गेल किमले ब्लाञ्चर्डलाई आक्रमण गरेका कारण (जसलाई ब्लाञ्चर्डले नेपथ्यमा आक्रमण गरेकी थिइन्) भल्किरी ब्लाञ्चर्डलाई पराजित गर्दै नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्।[२५] उनले उक्त उपाधि सन् २०२० जनवरी १८ का दिन ग्रेस विरुद्धको खेलमा गुमाएकी थिइन्।[२०][२६]

सबैभन्दा लामो समयसम्म नकआउट्स विजेता (सन् २०१९–२०२०) सम्पादन गर्नुहोस्

जनवरी ६, २०१९ का दिन इम्प्याक्ट रेस्लिङद्वारा आयोजित होमकमिङ नामक एक कार्यक्रममा ब्लाञ्चर्डको सामाना भल्किरीसँग उनको उपाधिका लागि भएको थियो जुन खेलमा अतिथि निर्णायकको रूपमा गेल किम आएकी थिइन्। उक्त खेलकी अतिथि निर्णयक गेल किमले ब्लाञ्चर्डलाई आक्रमण गरेका कारण (जसलाई ब्लाञ्चर्डले नेपथ्यमा आक्रमण गरेकी थिइन्) भल्किरी ब्लाञ्चर्डलाई पराजित गर्दै नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्। ब्लाञ्चर्डले उनको गुमेको उपाधिका लागि पुनः भल्किरीसँग खेल खेलेकी थिइन् जहाँ उनी उपाधि जित्न असमर्थ रहिन्। उपाधिको जितसँग भल्किरीले उनको उपाधि इम्प्याक्ट र मेखिकोमा आयोजित विभिन्न कुस्ती कार्यक्रमहरूमा अन्य खेलाडीको विरुद्धमा आफूसँगै कायम गर्न सफल भएकी थिइन्। उनले उपाधि लामो समयसम्म आफूसँगै कायम राख्न सफल भएका कारण उनले पहिलाकी सबैभन्दा लामो समयसम्म नकआउट्स उपाधि विजेता टेरन ट्रेललाई पछि पार्दै सबैभन्दा लामो समयसम्म नकआउट्स विजेता बन्न सफल भएकी थिइन्। उनले आफ्नो नकआउट्स उपाधि सन् २०१९ मा इम्प्याक्ट रेस्लिङ द्वारा आयोजित बाउन्ड फर ग्लोरीमा जोर्डेन ग्रेसलाई र हार्ड टु किल नामक एक कुस्ती कार्यक्रममा ओडिबीलाई पराजित गर्न सफल भएकी थिइन्। उनले उक्त उपाधि सन् २०२० जनवरी १८ का दिन ग्रेस विरुद्धको खेलमा गुमाएकी थिइन्।[२७]

एएएमा फिर्ता (सन् २०१८–हाल) सम्पादन गर्नुहोस्

अक्टोबर ३१ का दिन एएएले इम्प्याक्टको प्रतिनिधित्व गर्दै फेसबुक लाइभमा प्रसारित लुचा क्यापिटलमा टाया एएएमा फिर्ता भएको जानकारी गराएको थियो। सन् २०१८ नोभेम्बरमा टाया एएएमा फिर्ता भएकी थिइन् भने उनको पहिलो खेलमा उनी अष्ट्रेलियन सुसाइडसँग पराजित भएकी थिइन्। ५ डिसेम्बरका दिन टायाले ला हिदरालाई एक प्रतिस्पर्धाको सेमिफाइनल खेलमा पराजित गर्ने सफल भएकी थिइन्। १९ डिसेम्बर २०१८ का दिन टायाले कियरा र भनिलालाई एक खेलमा पराजित गर्दै महिला लुचा क्यापिटल प्रतियोगिता जित्न सफल भएकी थिइन् भने सोही दिन उनले एएए रेइना डे रिनास उपाधिका लागि भविष्यमा उपाधि विजेतासँग खेल खेल्न पाउने भएकी थिइन्। १५ सेप्टेम्बर २०१९ का दिन भल्किरीले इम्प्याक्ट रेस्लिङ र एएएको एक कार्यक्रम लुचा इनभिडासमा कुस्ती खेलेकी थिइन् जहाँ उनले तात्कालिक उपाधि विजेता टेसा ब्लाञ्चर्डलाई पराजित गर्दै एएए रेइना दे रिनास उपाधि तेस्रोपटक जित्न सफल भएकी थिइन्।[२८]

उपाधि तथा उपलब्धिहरू सम्पादन गर्नुहोस्

  • डिडिटी प्रो रेस्लिङ
    • आइरनमेन ह्याभिमेटलवेट विजेता (१ पटक)[२९]
  • हेभी अन रेस्लिङ
    • हेभि अन रेस्लिङ महिला विजेता (१ पटक)
  • इम्प्याक्ट रेस्लिङ
    • इम्प्याक्ट नकआउट्स विजेता (१ पटक)
    • इम्प्याक्ट वर्ष समाप्ति पुरस्कार (१ पटक)
      • इम्प्याक्ट वर्ष समाप्ति पुरस्कार (सन् २०१९)[३०]
  • आइरनफिस्ट रेस्लिङ
    • आइरनफिस्ट महिला विजेता (१ पटक)[३१]
  • लुचा लिब्रे एएए विश्वव्यापी
    • एएए रेइना दे रिनास विजेता (३ पटक)[३२]
    • लुचा क्यापिटल (सन् २०१८)
    • वर्षको लुचादोर (सन् २०१४, सन् २०१५)[३३][३४]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • १०० महिला कुस्ती खेलाडी मध्ये शीर्ष १५ मा पर्न सफल (सन् २०१९) [३५]
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • १० महिला खेलाडी मध्ये शीर्ष ५ मा पर्न सफल (सन् २०१९)[३६]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Meltzer, Dave (अगस्ट १, २०१६), "August 1, 2016 Wrestling Observer Newsletter: Brand split week one, Brock Lesnar and the WWE Wellness Policy", रेस्लिङ अब्जर्भर न्युजलेटर (क्यालिफोर्निया): ४५, आइएसएसएन 1083-9593 
  2. २.० २.१ २.२ "टाया भल्किरी", अनलाइन वर्ल्ड अफ रेस्लिङ, अन्तिम पहुँच मार्च २१, २०१६ 
  3. Beltrán, William (मार्च १७, २०१३), "¡Faby Apache vence a @LuFisto y se convierte en la nueva Reina de Reinas AAA! – #ReyDeReyes" (Spanishमा), Super Luchas, अन्तिम पहुँच मार्च १७, २०१३ 
  4. Boutwell, Josh (जुन ७, २०१४), "FEATURE: VIVA LA RAZA! LUCHA WEEKLY FOR 6/7/14", SuperLuchas, अन्तिम पहुँच जुन ७, २०१४ 
  5. Cano Vela, Eduardo (अगस्ट १७, २०१४), "Taya Valkyrie nueva Reina de Reinas", SuperLuchas (Spanishमा), अन्तिम पहुँच अगस्ट १७, २०१४ 
  6. "Title Reigns " AAA Reina de Reinas Championship " Titles Database " CAGEMATCH – The Internet Wrestling Database", cagematch.net, अन्तिम पहुँच नोभेम्बर ९, २०१५ 
  7. Rosales, Jorge (मार्च १९, २०१७), "Ayako Hamada, la nueva Reina de Reinas de AAA", MedioTiempo (Spanishमा), अन्तिम पहुँच मार्च २०, २०१७ 
  8. "Nuevos monarcas AAA en Tijuana", LuchaLibreAAA (Spanishमा), अप्रिल २१, २०१७, अन्तिम पहुँच अप्रिल २१, २०१७ 
  9. "Taya fue desconocida como Reina de Reinas", MedioTiempo (Spanishमा), जुलाई १, २०१७, अन्तिम पहुँच जुलाई १८, २०१७ 
  10. Bergonzi, Ezequiel (जुलाई १६, २०१७), "Sexy Star regresa a AAA… Taya deja la empresa", Superluchas (Spanishमा), अन्तिम पहुँच जुलाई १७, २०१७ 
  11. "Taya, Johnny Mundo, AAA at Odds Over Weird Championship Situation", Fightful, अन्तिम पहुँच जुलाई १९, २०१७ 
  12. "COMPLETE (GFW? TNA? FTO?) IMPACT WRESTLING REPORT: KONNAN ACTUALLY CUTS A PRETTY FUNNY PROMO ON LAX'S NEXT CHALLENGERS, TARYN TERRELL RETURNS TO THE RING, MORE TRIPLEMANIA COVERAGE THAN YOU CAN SHAKE A STICK AT (YES, INCLUDING THAT FOOTAGE), MORE FILLER THAN A BOX OF JELLY DONUTS, SYDAL GETS HIS SHOT AT THE GLOBAL TITLE, AND MORE", Pro Wrestling Insider, सेप्टेम्बर ७, २०१७, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१७ 
  13. "COMPLETE IMPACT WRESTLING REPORT: LAX STAYS CLASSY, UNEXPECTED GOOD NEWS FOR GRADO, ELI DRAKE'S NEXT CHALLENGER IS DETERMINED, LASHLEY MAKES HIS DECISION, AND MORE", Pro Wrestling Insider, सेप्टेम्बर १४, २०१७, अन्तिम पहुँच सेप्टेम्बर १४, २०१७ 
  14. "IMPACT WRESTLING TV REPORT", Pro Wrestling Insider, सेप्टेम्बर २१, २०१७, अन्तिम पहुँच सेप्टेम्बर २१, २०१७ 
  15. "IMPACT WRESTLING VICTORY ROAD REPORT", Pro Wrestling Insider, सेप्टेम्बर २९, २०१७, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१७ 
  16. "COMPLETE IMPACT WRESTLING REPORT: SO MANY PROMOS AND VIDEO PACKAGES THAT THE FIRST MATCH DOESN'T AIR UNTIL AN HOUR AND TEN MINUTES IN, MOOSE GOES BACK TO AMERICAN TOP TEAM WITH A FRIEND AND A COUPLE OF STEEL PIPES, AND...WELL, NOT MUCH ELSE", Pro Wrestling Insider, अक्टोबर १२, २०१७, अन्तिम पहुँच अक्टोबर १२, २०१७ 
  17. "COMPLETE IMPACT WRESTLING REPORT: DAN LAMBERT CUTS ONE OF THE BEST PROMOS IN YEARS, TREVOR LEE THINKS HE'S NEGAN, LOTS AND LOTS OF FOOTAGE FROM MEXICO, NOW I'VE SEEN IT ALL...A JOSEPH PARK HEEL TURN", Pro Wrestling Insider, अक्टोबर १९, २०१७, अन्तिम पहुँच अक्टोबर १९, २०१७ 
  18. "MATCH YANKED FROM BOUND FOR GLORY PPV", Pro Wrestling Insider, नोभेम्बर ४, २०१७, अन्तिम पहुँच नोभेम्बर ४, २०१७ 
  19. "WHY TAYA WILL MISS PPV, NASHVILLE OFFICE UPDATE, TOP EXEC LET GO BY IMPACT AND MORE", Pro Wrestling Insider, नोभेम्बर ४, २०१७, अन्तिम पहुँच नोभेम्बर ४, २०१७ 
  20. २०.० २०.१ "COMPLETE IMPACT WRESTLING REPORT: THE EC3 "DO BUSINESS ON YOUR WAY OUT THE DOOR" TOUR CONTINUES, TAYA VALKYRIE RETURNS TO RENEW HER FEUD WITH ROSEMARY, LAUREL VAN NESS HAS A COMMITMENT CEREMONY WITH THE KNOCKOUTS TITLE, SAMI LEGIT NEARLY KILLS EDDIE EDWARDS WITH A BASEBALL BAT, AND MORE", Pro Wrestling Insider, मार्च १, २०१८, अन्तिम पहुँच मार्च १, २०१८ 
  21. "COMPLETE IMPACT WRESTLING REPORT: SCOTT STEINER RETURNS AND TRADES SNAPS WITH KONNAN, ROSEMARY FACES TAYA VALKYRIE IN A DEMON'S DANCE, THE INNOVATOR OF VIOLENCE RETURNS, AND MORE", Pro Wrestling Insider, अन्तिम पहुँच अप्रिल १२, २०१८ 
  22. Johnson, Mike (अक्टोबर १४, २०१८), "AUSTIN ARIES VS. JOHNNY IMPACT, CONCRETE JUNGLE MATCH AND MORE: COMPLETE IMPACT WRESTLING BOUND FOR GLORY COVERAGE FROM NYC", PWInsider 
  23. Carapola, Stuart (डिसेम्बर १३, २०१८), "COMPLETE IMPACT WRESTLING REPORT: RICH SWANN IS SCARED TO DEATH OF SAMI CALLIHAN, ELI DRAKE VISITS RAVEN IN THE NUT HOUSE (AND TRIES TO CONVINCE HIM TO DOWNLOAD THE GWN APP), EDDIE EDWARDS FINDS HIS WAY BACK TO IMPACT (STILL WEARING HIS HOSPITAL CLOTHES)", PWInsider 
  24. Carapola, Stuart (डिसेम्बर २०, २०१८), "COMPLETE IMPACT WRESTLING REPORT: 2018 YEAR IN REVIEW PART 1", PWInsider 
  25. Johnson, Mike (जनवरी ६, २०१९), "IMPACT VS. CAGE, LAX VS. LUCHA BROTHERS STEALS THE SHOW, NEW CHAMPIONS CROWNED & MORE: COMPLETE IMPACT WRESTLING HOMECOMING PPV COVERAGE", PWInsider 
  26. Dunning, Kyle (मार्च १५, २०१९), "Impact Wrestling Results - March 15th, 2019", EWrestlingNews, अन्तिम पहुँच मार्च १६, २०१९ 
  27. https://www.pwinsider.com/ViewArticle.php?id=133056
  28. "AAA Invading NY live results: Cain Velasquez's US in-ring debut", The Wrestling Observer Newsletter, सेप्टेम्बर १५, २०१९, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१९ 
  29. "Ironman Heavymetalweight Title", Wrestling-Titles.com, अन्तिम पहुँच अगस्ट १२, २०१६ 
  30. "Best of 2019 Part One Recap", इम्प्याक्ट रेस्लिङ 
  31. "Ironfist Women's Championship", Cagematch.net, अन्तिम पहुँच अगस्ट २५, २०१६ 
  32. "Nuevos Monarcas AAA en Tijuana", Lucha Libre AAA Worldwide (स्पेनीमा), अप्रिल २२, २०१७, अन्तिम पहुँच अप्रिल २२, २०१७ 
  33. "Taya: Luchadora del 2014", लुचा लिब्रे एएए विश्वव्यापी (स्पेनीमा), अन्तिम पहुँच जनवरी १३, २०१५  वेब्याक मेसिन अभिलेखिकरण मार्च ३, २०१६ मिति
  34. Meltzer, Dave (जनवरी ११, २०१६), "January 11, 2016 Wrestling Observer Newsletter: Cena out with shoulder injury, New Japan stars to WWE", Wrestling Observer Newsletter (क्यालिफोर्निया): ५९, आइएसएसएन 1083-9593 
  35. "Pro Wrestling Illustrated Top 100 Female Wrestlers Results", Wrestling Travel, अन्तिम पहुँच नोभेम्बर ९, २०१९  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १५, २०१९ मिति
  36. Barrasso, Justin, "The Top 10 Women Wrestlers of 2019", SI.com, अन्तिम पहुँच डिसेम्बर ३१, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्