टम हिडल्स्टन

बेलायती कलाकार

थमस विलियम टम हिडल्स्टन (जन्म ९ फेब्रुअरी १९८१) बेलायती कलाकार हुन् ।[१] उनी मार्बल स्टुडियोको थोर(२०११), द अभेन्जर्स(२०१२) र थोरः द डार्क वर्ल्ड(२०१३) चलचित्रहरुका पात्र लोकीको रूपमा विश्व भर प्रख्यात छन्। उनले खेलेका अरु प्रसिद्ध चलचित्रहरु हुन् : स्टिभन स्पिल्बर्गको प्रथम विश्व युद्ध आधारित चलचित्र वार हर्स(२०११), बेलायति नाटक द डिप ब्लू सि(२०११), वुडि एलेनको भावुक चलचित्र मिड नाइट इन प्यारिस(२०११), र २०१२ का बि बि सि घारावाहिक हेनरी ४हेनरी ५। उनले द अभेन्जर्स चलचित्रका लागि सन् २०१३ सालमा उत्क्रिष्ट लडाइ र उत्क्रिष्ट खलनायकका एम टि भि अवार्ड पाएका थिए ।

टम हिडल्स्टन
हिडल्स्टन थोर: द डार्क वर्ल्ड को प्रथम प्रदर्सनीमा, अक्टोबर २०१३
जन्मथोमस विलियम हिडल्स्टन
(1981-02-09) ९ फेब्रुअरी १९८१ (उमेर ४३)
वेस्टमिन्स्टर, लन्डन, इङ्ल्याण्ड
शिक्षाद ड्रयागन स्कुल
मातृ शिक्षाप्रतिष्ठानइटन कलेज
पेमब्रोक कलेज, क्याम्ब्रिज
रोयल एकेदडेमी अफ ड्रामाटिक आ्रट
पेशाकलाकार
कार्यकाल२००१–वर्तमान
आफन्तएमा हिडल्स्टन (बहिनी)

बाल्यकाल र शिझा सम्पादन गर्नुहोस्

हिडल्स्टनको जन्म वेस्टमिन्स्टर, लन्डनमा भएको थियो।[१] उनको आमाको नाम डियाना प्याट्रिसिया र बुवाको नाम जेम्स नर्मन हिडल्स्टन हो। उनकि आमा सत्राधारको काम गार्थिन् भने बुबा रसायनशास्त्रको बैज्ञानिक थिए र एक औषधिको संस्था संचालकपनि थिए। उनका बुवा ग्रिनोक, स्कट्ल्यान्डबाट र आमा सुफोल्क, बेलायतबाट हुन्। उनको दिदि स्यारा(जन्म १९७९) भारतमा पत्रकारको काम गर्छिन भने बहिनी एमा हिडल्स्टन पनि कलाकार हुन्। [२] उनी आफ्नो आमाको तर्फबाट सर् एड्मन्ड भेस्टिका पनाती हुन्। उनको बाल्यकाल पहिले विम्बल्डनमा र पछि अक्स्फोर्डमा बितेको थियो। उनी १३ वर्षको उमेरमा इटन कलेजमा भर्ना भएका थिए। त्यसै बखत उनका बुवा-आमाको छोडपत्र भइराहेको थियो। उनी भन्छन् "मलाई लाग्छ मैले नाटक सुरु गर्रनुको कारन मेरो बुवा-आमाको छोडपत्र हो।" पछि गएर उनले क्याम्ब्रिज बिश्वबिध्यालयका पेमब्रोक कलेजमा पढेका थिए।[३] सन् २००५ मा उनले आर ए डि एबाट स्नातक उपाधी पाएका थिए। [४]

पेशा सम्पादन गर्नुहोस्

चलचित्र र टिभी सम्पादन गर्नुहोस्

कलेज पढ्दा-पढ्दै उनले बेलायति टिभीमा अभिनय गर्न थालेका थिए। उनले स्टिफन विटाकरकको आइटिभीको लागि बि बि सि र एच बि ओले मिलेर बनाएको कन्स्पिरेसिरान्डल्फ चर्चिलको छोरा विस्टन चर्चिलको रूपमा द ग्यादरीनङ्ग ईस्टोर्म नाटकहरूमा खेलेका थिए। [४] रोयल एकेडेमि अफ आर्टषबाट उत्रीण भएपछि उनको पहिलो चलचित्रको रोल जोएना हग्सको अनरिलेटेडमा ओक्लेको थियो। उनले जोएनाको अर्को चलचित्र आर्किपलेगोमा मुख्य नायकको भुमिका खेलेका थए। उनले टिभीमा माग्नस मार्टिसन भएर बि बि सि को घारावाहिक वालान्डरमा, बिल हेज्लेडाइन भएर सबअर्बन सुटआउटमा, जोन पल्म्प्ट्रए भएर मिस अस्टिन रिर्गेट्समा र विलियम बक्सटन भएर रिर्टन टू क्रयान्फर्डमा भुमाकाहरु निर्बाह गरेका थिए। सन् २००७मा उनले क्याजुअल्टि भन्ने चिकित्सा विज्ञानसम्बन्धी धाराबाहिकमा अभिनय गरेका थिए जसमा केट विन्स्लेटओर्न्याल्डो ब्लुम जस्ता ख्यति प्राप्त कलाकारहरूलेपनि अभिनय गरेका थिए।[४]

 
Hiddleston at a press conference for Thor in April २०११

टम हिडल्स्टन सन् २०११ को थोर चलचित्रमा लोकीको भुमिकाले गर्दा विश्व भर प्रख्यात भएका हुन्। उनलाई थोर चलचित्रको निर्मता केनिथ ब्रानागले (जससँग टमले ईभानोभ र वालान्डरमा काम गरिसकेका थेए) छनौटकालागि बोलाएका थिए। उनी भन्छन् "केनले मेरो जिवननै बदलिदिनु भयो। वहाले अरुलाई भन्नु हुन्थ्यो, "मलाई यसमाविश्वास गर। टमलाई मौका देऊ, उसले गरेर देखाईदिन्छ। यति भनेर उनले मलाई सफलताको नयाँ बाटो दिनु भयो। " उनले पहिले थोरको भुमिकाको लागि प्रयास गरेका थिए। त्यस्को लागि उनले ६ हप्तामा २० पाउन्ड तौल बढाएका थिए। पछि ब्रानागले उनलाई लोकीको भुमिका बढि स्वाउने हुदा लोकीको अभिनय गर्न भने। त्यसका लागि हिडल्स्टनले ब्राजिलको मार्सल आर्ट, क्यापोइरा सिकेका थेए।

सन् २०११ मा उनले वुडि एलेनको मिड नाइट इन प्यारिसचलचित्रमा उपन्यासकार अ्याफ. स्कट फिट्जगेरल्ड , स्टिभन स्पिल्बर्गको वार हर्समा क्याप्टेन निकोल्स र द डिप ब्लू सिमा रेचल विस्जसँग आर ए अ्फको हावाइ चालक फर्रेगी पेजको भुमा निर्वाह गरेका थिए।[४]

सन् २०१२ मा उनले फेरिपनि लोकीको भुमिका द अभेन्जर्स चलचात्रमा निर्वाह गरेका थिए। त्यसै गरी उनले फेरिपनि लोकीको भुमिका थोरः द डार्क वर्ल्डमा खेलेका थिए।[५]

हिडल्स्टनले सन् २०१२ मा बि बि सि २ को शेक्स्पियरकि हेनरी ४ र हेनरी ५ मा आधारित घारावाहिक द होलो कर्आउनमा राजाकुमार हालको अभिनय गरेका थिए।

हिडल्स्टन ईलियट चेजको सन् १९५३को उपन्यास ब्ल्याक विङ्स ह्याज माई अ्यान्जलमा आदधारित चलचित्रमा खेल्ने छन्।

सन् २०१३ मा हिडल्स्टनले टिल्डा स्विन्टनसँग जिम जार्मुस्कको अन्ली लभर्स लेफ्ट अलाईभ भन्ने चलचित्रमा खेलेका थिए। हिडल्स्टन सन् २०१४ मा गुविल्लर्मो डेल टेरोको क्रिमसन पिक चलचरत्रमा खेल्ने छन्।

सन् २०१४ को फेब्रवरीमा घोसणा गरिएको थियो कि हिडल्स्टनले जे जि बल्लार्डको उपन्यास हाई राइजमा आधारित चलचित्रमा रोबर्ट ल्याङ्गको भुमिका खेल्ने छन्।

नाटक सम्पादन गर्नुहोस्

हिडल्स्टनले कलेजमा हुदानै थुप्रै नटकहरूमा अभिनय गरेका थिए। त्यस मध्ये हुन् लोरेन ह्यामिल्टनको अ स्ट्रिटकार नेम्ड दिजायर[४] र डिक्ल्यान डोनेलेनको द चेन्जलिलिङ्ग। उनले अरु थुप्रै प्रदर्शनहरु पनि गरेका छन्।

क्याम्ब्रिजको दोस्रो वर्षमानै हिडल्स्टनले लोरेन ह्यामिल्टनको अ स्ट्रिटकार नेम्ड दिजायरमा अभिनय गरेका थिए। [४]

उनले डिक्ल्यान डोनेलानको चिक बाई जोलको द चेन्ज्लिङ्ग र क्याम्बिलिनमा प्रमुख भुमिकाहरु खेलेका थिए। त्यसै गरी डोन्मर वेरहाउसबाट उनले क्यासियो(सेक्स्पियरको ओथेलो)मा अभिनय गरेका थिए।

स्बर सम्पादन गर्नुहोस्

हिडल्स्टनले स्याली गार्डनरको द रेड नेकलेस किताब, इफ् पोइम्स एन्ड द लभ बुक कबिता, बेलायति सङ्रग्राहलयको द एन्सियन्ट बुक अफ द डेड र बि बि सि को गालापागोस आइलेन्डको लागि श्वर दिएका छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "हिडल्स्टनको बारे", TVGuide.com., अन्तिम पहुँच ५ फेब्रुअरी २०१४ 
  2. "हिडल्स्ट्न- द अभेन्जर्समा", whedon.info, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  3. "हिडल्स्टन- पढाई", mail online, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ "हिडल्स्टन-जिवनी", movies.yahoo.com, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 
  5. "थोर-२ इन्टर्भीउ", cinemablend.com, अन्तिम पहुँच ६ फेब्रुअरी २०१४ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्