झलकारी बाई (२२ नोभेम्बर १८३० - ४ अप्रिल १८५७) झाँसीको रानी लक्ष्मीबाईको नियमित सेनामा, महिला शाखा दुर्गा दलकी सेनापति थिइन्।[१] उनी लक्ष्मीबाईको हमशक्ल (उस्तै रुप भएको) पनि थिइन् यस कारण शत्रुलाई धोखा दिनको लागि उनी रानीको रूपमा युद्ध गर्ने गर्थिन्। आफ्नु अंतिम समयमा पनि उनी रानीको रूपमा युद्ध गर्दा गर्दै उनीलाई अंग्रेजले पकढे र रानीलाई किलाबाट भागेर निक्लिने अवसर प्राप्त भयो। उनले प्रथम स्वाधीनता संग्राममा झाँसीको रानीको साथ ब्रिटिश सेनाको विरुद्ध अद्भुत वीरताले लडेते ब्रिटिश सेनाको धेरै हमलालाई विफल बनाएकी थिइन्। यदि लक्ष्मीबाईको सेनानायकमा एकले उनको साथ विश्वासघात नगरेको भए झांसीको किला ब्रिटिश सेनाको लागि प्राय: अभेद्य थियो। झलकारी बाईको गाथा आज पनि बुंदेलखंडको लोकगाथाहरू र लोकगीतहरूमा सुन्न सकिन्छ। भारत सरकारले २२ जुलाई २००१मा झलकारी बाईको सम्मानमा एक डाक टिकट जारी गरिएको छ,[२] उनको प्रतिमा र एक स्मारक अजमेर, राजस्थानमा निर्माणाधीन छ, उत्तर प्रदेश सरकार द्वारा उनको एक प्रतिमा आगरामा स्थापित गरेको छ, साथै उनको नामले लखनऊमा एक धर्मार्थ चिकित्सालय पनि सुरु गरिएको छ।[१]

झलकारी बाई

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "वीरांगना - झलकारी बाई" (पीएचपी), मधुमती।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१३ मिति
  2. "डेटाबेस ऑफ इंडियन स्टाम्प्स" (एचटीएम), कामत पॉटपुरी।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्