ज्योती मगर
ज्योती मगर नेपाली चलचित्र क्षेत्रको गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्ला[१]को नुवागाउँ गाविसमा भएको थियो । उनी विसं २०६३बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
ज्योती मगर | |
---|---|
जन्म | ज्योती मगर नुवागाउँ, रोल्पा |
वासस्थान | काठमाडौँ, नेपाल |
पेशा | गायिका, मोडल |
जीवनी
सम्पादन गर्नुहोस्प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्ज्योती मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो, पछि उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन्। उनि एकदमै रमाईलो स्वभाव कि छन् र मनमा आएको सबै कुरा नलजाई भन्छिन्। उनले दाङबाट एसएलसी पास गरिन् र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन ।[२]
करियर
सम्पादन गर्नुहोस्प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौँ आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् ।[१] विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको 'ढाडे बिबिरालो'नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लीलता झल्किने खालको अभिनय गरेकी छिन् ।[स्रोत नखुलेको] त्यस यता पनि उनका थुप्रै अश्लीलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन्[स्रोत नखुलेको] तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ । [२]
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ niloaakash.com[स्थायी मृत कडी]
- ↑ २.० २.१ "Jyoti Magar", Wikinepal.org, २०१५-०४-२२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-१६ मिति
बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्- जक्सन डटकममा ज्योतीका तस्बिरहरू
- अनलाइन खबरमा ज्योतीका तस्बिरहरू वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०२ मिति