जोहान क्राइफ
हेन्ड्रीक जोहान्नेस क्राइफ (जन्म २५ अप्रिल १९४७), जोहान क्राइफ नामले चिनिन्छन जो पुर्व डच फुटबलर हुन र केही क्लबमा प्रबन्धकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । १९७१, १९७३ र १९७४ गरी ३ पटक बलोन डी'ओर जितेका क्राइफले यो किर्तिमान फ्रेन्च प्लेमेकर मिचेल प्लाटीनी र डच समकक्षी मार्को भान बास्टेनसँग साझा गरेका छन । राइनस मिचेल्सले थालेको फुटबलको चर्चित शैली टोटल फुटबलका उत्प्रेरक क्राइफलाई नेदरल्यान्डका उत्कृष्ट फुटबलरको रूपमा लिइन्छ भने केहीले उनलाई विश्वकै उत्कृष्ट दावी गर्दछन । उनले नेदरल्यान्डलाई १९७४ फिफा विश्वकपको फाइनलसम्म पुर्याएका थिए भने प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल प्राप्त गरेका थिए । क्लब स्तरमा क्राइफले एज्याक्सबाट आठ डच लिग र ३ युरोपियन कप जिताउन ठुलो भुमिका निभाएका थिए । १९७३ मा किर्तिमानी स्थानान्तरण रकमका साथ एफसी बार्सिलोना प्रवेश गरेका उनले पहिलो सिजनमै ला लिगा जिताए ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | हेन्ड्रिक जोहान्नेस क्राइफ | ||
जन्म स्थान | एम्स्टर्डम,नेदरल्यान्ड | ||
उचाइ | १.८० मी (५ फिट ११ इन्च) | ||
खेल्ने स्थान(हरू) | स्ट्राइकर/एट्याकिंग मिडफिल्डर | ||
युवा करियर | |||
1957–1964 | Ajax | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९६४–१९७३ | Ajax | २४० | (१९०) |
१९७३–१९७८ | Barcelona | १४३ | (४८) |
१९७८–१९७९ | Los Angeles Aztecs | २३ | (१३) |
१९७९–१९८१ | Washington Diplomats | ३० | (१२) |
१९८१ | Levante | १० | (२) |
१९८१–१९८३ | Ajax | ३६ | (१४) |
१९८३–१९८४ | Feyenoord | ३३ | (११) |
जम्मा | ५१४ | (२९०) | |
अन्तर्राष्ट्रिय करियर | |||
१९६६-१९७७ | Netherlands | ४८ | (३३) |
प्रबन्धक करियर | |||
१९८५–१९८८ | Ajax | ||
१९८८–१९९६ | Barcelona | ||
२००९–२०१३ | Catalonia | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |