कम्प्युटिङको संसारमा, जोम्बी भनेको एउटा इन्टरनेटमा जोडिएको कम्प्युटर हो जुन ह्याकर, कम्प्युटर भाइरस वा ट्रोजन हर्स अनुप्रयोगद्वारा प्रयोगमा रहेको हुन्छ। यो सुदूरमा जोडिएर रहेको कम्प्युटरमा उत्पातपूर्ण कार्यहरू गर्न प्रयोग गर्न सकिन्छ। जोम्बी कम्प्युटरको बोटनेटहरू प्राय: इ-मेल स्प्याम फैलाउन र सेवा अवरुद्ध गर्न (डस आक्रमणहरू) प्रयोग गरिन्छ। जोम्बी कम्प्युटरका धेरैजसो प्रयोगकर्ताहरू उनीहरूको प्रणाली यसरी प्रयोग भइरहेको पत्तो पाउँदैन्न्। प्रयोगकर्ताहरू अनभिज्ञ हुने कारणले , यी कम्प्युटरहरूलाई काल्पनिक जोम्बीको तुलनामा रूपात्मक रूपमा गरिन्छ। बहु बोटनेट मेसिनहरूद्वारा गरिने डिडस आक्रमण 'जोम्बी भीड आक्रमण'सँग मिल्दोजुल्दो भएकोले यसलाई काल्पनिक जोम्बी चलचित्रहरूमा चित्रण गरिएको छ।

(१)   स्प्यामरको वेब साइट (२)   स्प्यामर (३)   स्पामवेयर (४))   संक्रमित कम्प्युटरहरू (५))   भाइरस वा ट्रोजन (६))   मेल सर्वरहरू (७))   प्रयोगकर्ताहरू (८))   वेब ट्राफिक

विज्ञापन सम्पादन गर्नुहोस्

जोम्बी कम्प्युटरहरू विस्तृत रूपमा स्प्याम इ-मेल पठाउन प्रयोग गरिएको छ। सन् २००५ अनुसार अनुमानित ५०% देखि ८०% सबै विश्वव्यापी स्प्याम इमेलहरू जोम्बी कम्प्युटरद्वारा पठाइएको थियो। [१] यसले स्प्यामरहरूलाई पहिचानबाट बच्न मद्दत पुर्‍याउँछ र सम्भाव्य रूपमा तिनीहरूको ब्यान्डविथ लागत कम गर्दछ, किनकि जोम्बीको मालिकहरूले आफ्नै ब्यान्डविथको लागि भुक्तान गर्छन्। यस स्प्यामले ट्रोजन हर्स प्रसारलाई निकै बढाउने काम गर्छ, किनकि ट्रोजनहरू स्वयं-प्रतिकृति होइनन्। तिनीहरू बढ्नको लागि इ-मेल वा स्प्यामको आगमनमा भर पर्छन्, जबकि ट्रोजनहरू अन्य माध्यमबाट समेत फैलिन सक्छ। समान कारणहरूले गर्दा जोम्बीलाई विज्ञापन प्रदर्शन गर्ने साइटविरूद्ध क्लिक धोखाधडी गर्न प्रयोग गरिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Tom Spring (जुन २०, २००५), "Spam Slayer: Slaying Spam-Spewing Zombie PCs", PC World, मूलबाट जुलाई १६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्