जोखिम
जोखिम भन्नाले अपेक्षित नतिजा भन्दा फरक परिणाम उत्पन्न हुन सक्ने परिस्थितिलाई बुझिन्छ। अर्को शब्दमा लक्ष भन्दा उपलब्धि भिन्न हुन सक्ने अवस्था वा लक्ष्य भन्दा प्रतिकुल उपलब्धि हुन सक्ने सम्भावनालाई जोखिम भनिन्छ। भविष्यमा कच्चापदार्थको अभाव, मागमा कमी, प्रतिस्पर्धामा वृद्धि, नयाँ प्रविधिको आविष्कार, वस्तु तथा सेवाको मूल्यमा व्यापक परिवर्तन, दुर्घटना, दैवी प्रकोप आदिको कारण जोखिम उत्पन्न हुन्छ। दुर्घटना, चोरी, आगलागी कारणबाट संरक्षण प्राप्त गर्न सम्पत्तिहरूको बीमा गर्ने प्रचलन बढ्दै आएको छ तर धेरै जोखिमहरू यस्ता हुन्छन् जसलाई बीमाद्वारा कम गर्न सकिदैन। जस्तै मूल्य परिवर्तन, ब्याजदर परिवर्तन, विनियम दर परिवर्तन आदीको कारण बाट उत्पन्न हुने जोखिमलाई बीमाद्वारा न्यून गर्न सकिँदैन। तसर्थ वर्तमान व्यवसायिक वातावरणमा विभिन्न प्रकारका जोखिमको सामना गर्नुपर्ने भएकोले त्यस्ता जोखिमहरूबाट व्यवसायलाई बचाउन र लगानीकर्ताले आफ्नो प्रतिफल सुनिश्चित गर्न जोखिमको प्रभावकारी व्यवस्थापन गर्नु पर्ने हुन्छ।
जोखिमको वर्गीकरणसम्पादन
आकस्मिक जोखिमसम्पादन
विशेष परिस्थितिमा मात्र उत्पन्न हुने जोखिमलाई आकस्मिक जोखिम भनिन्छ। भूकम्प आगलागी, दुर्घटना आदीबाट आकस्मिक जोखिम उत्पन्न हुन्छ। आकस्मिक रुअपमा उत्पन्न हुने जोखिमलाई निम्नानुसार प्रस्तुत गरिएको छ।
- सम्पत्ति सम्बन्धी जोखिम
- कर्मचारीसम्बन्धी जोखिम
- दायित्व सम्बन्धी जोखिम
- नियमन सम्बन्धी जोखिम
निरन्तर जोखिमसम्पादन
बारम्बार उत्पन्न भैरहने जोखिमलाई निरन्तर जोखिम भनिन्छ।
- मूल्य जोखिम
- ब्याजदर जोखिम
- विनियमदर जोखिम
- आगत जोखिम
- माग जोखिम
- वित्तीय जोखिम
- प्राविधिक जोखिम